प्रधानमन्त्री प्रचण्डलाइ तेस्रो पटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक संसदबाट विश्वासको मत प्राप्त गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित २६८ सांसदमध्ये उनको पक्षमा १५७ मत परेको थियो । त्यस्तै उनको विपक्षमा १५७ मत र एक जना सांसदले कुनै पनि पक्षमा मतदान गरेका थिएनन् ।

यसअघि २०७९ साल पुस १६ गते प्रधानमन्त्रीले पहिलोपटक विश्वासको मत प्राप्त गरेका थिए । सो क्रममा उनले सर्वाधिक मत प्राप्त गरेका थिए । तर एमालेसँगको सहकार्य टुटेपछि पुनः प्रधानमन्त्री प्रचण्डले गत वर्षको चैत ६ गते विश्वासको मत प्राप्त गरेका हुन् ।
गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग नयाँ सत्ता समीकरणअनुसार अघि बढेसँगै कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको थियो ।

कुनै दलले समर्थन फिर्ता लिएपछि त्यसको एक महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार संविधानको धारा १०० को उपधारा २ बमोजिम आज विश्वासको मत लिएका हुन् ।