सेक्सपछि महिला जुरुक्कै, पुरुष भुसुक्कै, कारण के हो ?

पोखरा । प्रायः स्त्रीहरु आफ्नो पुरुषसँग गुनासो गर्ने गर्छन् । किनभने शारीरिक सम्पर्क गरे लगत्तै प्रायः पुरुषहरु निद्रामा पर्ने गर्दछन् । यस्तो अवस्थामा स्त्रीहरु आफ्नो साथीलाई कुनै रोग लागेको छ भन्ने अनुमान गर्दछन् । तर उनीहरुको उक्त निदाउने बानीमा भने डराउनु पर्ने छैन । किनभने सबै पुरुषहरु शारीरिक सम्पर्क पछि निदाउने गर्दछन् ।

यस्तो किन हुन्छ भनेर तपाइँहरुले सोच्नु भएको होला ? शारीरिक सम्पर्क पछि पुरुषहरुमा आकसीटोसीन हर्माेन्स मात्र ज्यादा हुने गर्दछ । यो बाहेक अन्य धेरै कारणहरु छन्, सो बारेमा समान्य जानकारी लिउँ ।

यसका लागि पुरुष मानिसहरूमा पाइने रसायनिक परिवर्तन जिम्मेवार हुने गर्दछ । सामान्यतया शारीरिक सम्पर्क पछि स्वभाविक रुपमा उनीहरु निदाउँछन् । तथापि, पुरुषहरुले उक्त आफ्नो बानी नियन्त्रण गर्न पनि सक्ने विभिन्न अनुसन्धाबाट पनि पत्ता लागेको छ ।

खासमा भन्ने हो भने शारीरिक सम्पर्क पछि पुरुषमा आकसीटोसीन हारमोन्सको मात्र ज्यादा हुने गर्छ । जसले गर्दा उनीहरु आरामको खोजीमा हुन्छन् । साथै प्रोलोकिटनको प्रभाव उनीहरुको शरीरमा धेरै हुने भएकोले उनीहरु शारीरिक सम्पर्क पछि निदाउन पुग्छन् । वास्तवमा शारीरिक सम्पर्क र निद्रा वीच गहिरो सम्बन्ध हुने गर्छ । राम्रो निद्राका लागि शारीरिक सम्बन्धको आवश्यकता हुने गर्छ ।

तर केटीहरुलाई भने केटा साथीको यस्तो आदत भने राम्रो लाग्दैन । कुनै बखत पति, पत्नी विचमा हुने तनावलाई हटाउन शारीरिक सम्पर्क गर्ने गर्दछन् । पतिलाई शारीरिक सम्पर्क पछि मानसिक सन्तुष्टि पनि मिल्ने गर्छ भने कुनै बखत पत्नीलाई पनि निद्रा आउने गर्छ । वास्तवमा शारीरिक सम्पर्कलाई मानसिक पीडा हटाउने उपयुक्त माध्यम मानिने गरिन्छ ।

धेरै पटक थकान र दवावका कारणले गर्दा पुरुषहरु शारीरिक सम्पर्क पछि निदाउँछन् । त्यसबेला उनीहरुमा धेरै विचारहरु पैदा हुने भएकाले निदाउन बाध्य हुने अध्ययनले देखाएको छ ।-एजेन्सी