0 प्रतिक्रिया
भू.पू. सैनिकहरुको दुई फरक संस्थाको अधिवेशन एकैपल्ट एउटै मञ्चमा सम्पन्न
दीपेन्द्र रेग्मी, असार २७, कावासोती । भूतपूर्व सैनिक कल्याणकारी संस्था नवलपुरको २० औँ साधारण सभा तथा आठौँ अधिवेसन एवं भूतपूर्व सैनिक परिवार कल्याणकारी संस्था नवलपुरको १२ औँ साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रम एउटै मञ्चमा सम्पन्न गरिएको छ ।
भूतपूर्व सैनीक एवं सैनीक परिवारको दुई फरक फरक संस्थाले नवलपुरको कावासोती १ मा रहेको पर्यटकिय स्थल पोखरीतालमा एकैसाथ कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष लेखनाथ तिवारीको अध्यक्षतामा भएको भूतपूर्व सैनिक कल्याणकारी संस्थाको २० औँ साधारण सभामा समाजसेवि पूर्व कर्णेल धन बहादुर मास्कि रानाको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका पूर्व अध्यक्ष वुद्धि ब. गुरुङ् एवं भू.पू. सैनिक परिवार कल्याणकारी संस्थाको संरक्षक लिला मास्कि रानाको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेम ब. रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने, अध्यक्षको प्रतिवेदन तिवारी र संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष टेक ब. थापाले प्रस्तुत गर्नुभएको थियो । संस्थाका सचिव हिरा ब. मिधुनले सहजिकरण गर्नुभएको कार्यक्रममा विभिन्न भू.पू. सैनिक एवं भू.पू. सैनिकका परिवारका सदस्यहरुका साथै विभिन्न सामाजिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।
त्यस्तै अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । भूतपूर्व सैनिक कल्याणकारी संस्था नवलपुरको आठौँ अधिवेशनबाट प्रेम बहादुर रानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमतिमा चयन भएको हो । जसको उपाध्यक्ष पदमा योग प्रसाद रिजाल सचिवमा हिरा बहादुर जिसी, सह–सचिवमा हिमल गुरुङ, कोषाध्यक्षमा टेक बहादुर थापा र सह–कोषाध्यक्षमा हर्क बहादुर राना चयन हुनुभएको छ । त्यस्तै संस्थाको कार्यसमिति सदस्यहरुमा दुर्गा बहादुर राना, वीर बहादुर राना, दल बहादुर कुँवर, मित्र बहादुर थापा र याम बहादुर क्षेत्री चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष प्रेम ब.रानाले जानकारी दिनुभएको हो ।
त्यस्तै संस्थाको आर्थिक पारदर्शिता र नियमनका लागि तीन सदस्यीय लेखा समिति समेत गठन गरिएको उहाँको भनाई छ । जसको संयोजकः नेत्र लाल काफ्ले रहनुभएको छ भने सदस्यहरुमा देव बहादुर थापा र मिन बहादुर सारु रहनुभएको छ । त्यस्तै, भूतपूर्व सैनिक परिवार कल्याणकारी संस्था नवलपुरको चौथो अधिवेसनले धन माया आलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा चन मती राना, सचिवमा निर्मला क्षेत्री, सह–सचिवमा शान्ती बोहरा र कोषाध्यक्षमा आरती राना चयन हुनुभएको छ ।
त्यस्तै संस्थाको कार्यसमिति सदस्यहरूमा कमला ओली, तारा अस्लामी, सरस्वती राना, मिना राना, सुप्रिया गुरुङ र चाद कुमारी गुरुङ चयन हुनुभएको हो ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले संस्थाको उद्देश्य अनुरूप भूतपूर्व सैनिकका परिवारहरूको हकहित र कल्याणकारी कार्यहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छन् । कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका पूर्व अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका समाजसेवि धन ब. मास्कि रानाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले भूतपूर्व सैनिकहरूको हकहित, कल्याण र संस्थाको वृहत्तर विकासका लागि प्रतिवद्ध भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो
त्यस्तै यसै गरी संस्थाको गतिविधिहरूलाई चुस्त दुरुस्त राख्न र सल्लाह सुझाव प्रदान गर्नका लागि एक सल्लाहकार समिति पनि गठन गरिएको छ ।
जसको संयोजकमा नेत्र मान काफ्ले रहनुभएको छ भने सदस्यहरूमा टेक ब. थापा र भिम ब. थापा चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका अतिथिहरू, निवर्तमान पदाधिकारीहरू तथा पूर्व अध्यक्षहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --






