पेटको बासो घटाउन अत्यन्तै प्रभावकारी ५ योगासन ।
काठमाडौं । पेटको बोसो तपाईँको स्वास्थ्यको लागि मात्र नभई तपाईँको आत्मविश्वासको लागि पनि ठुलो चुनौती साबित हुन सक्छ । पेटको बोसो बढ्दा धेरै रोगको जोखिम पनि बढ्न सक्छ । तसर्थ, यदि पेटको बोसो बढेको छ भने यसलाई घटाउन महत्त्वपूर्ण छ । पेटको बोसो घटाउनको लागि केही योग आसनहरूको बारेमा जानौँ। यी योगासनहरू घरमै सजिलै गर्न सक्नुहुन्छ।
नौकासन : नौकासन पेटको बोसो घटाउने सबैभन्दा प्रभावकारी योगासन हो। यो आसनले तपाईँको पेट, तिघ्रा र हिप्सको मांसपेशीलाई बलियो बनाउँछ।
कसरी गर्ने : आफ्नो ढाडमा सुत्नुहोस् र आफ्नो घुँडालाई मोडेर आफ्नो खुट्टा भुइँमा राख्नुहोस्। अब तिघ्रामा हात राखेर …
जाडाेमा ताैल कम गर्न के गर्ने ?
काठमाडौं । कम तौल भएका मानिसहरुका लागि जाडो मौसम राम्रो हुन्छ । तर मोटोपना भएका मानिसका लागि जाडो मौसम समस्या बन्न सक्छ । वास्तवमा जाडोमा दिन छोटो र रात लामो हुन्छ । यो अवस्थामा शारीरिक गतिविधि कम हुन्छ । जाडो मौसममा मानिसहरूले धेरै खानेकुरा खाने गर्छन् जसले गर्दा मोटोपना बढ्न जान्छ ।
मानिसको धेरैजसो समय घरभित्रै बित्छ, जसका कारण तौल बढ्ने समस्या हुन सक्छ । जाडोका अधिकांश खानेकुरामा उच्च कार्बोहाइड्रेट र मीठो चिज पनि प्रशस्त हुन्छ, जसका कारण तौल बढ्ने खतरा हुन्छ । यस्तो अवस्थामा सबैले आजभोलि खानपान र शारीरिक क्रियाकलापमा …
रिससँगै डर र तनाव महसुस गर्नुहुन्छ ? ख्याल गर्नुहाेस, न्युरोसीसको लक्षण हुनसक्छ !
काठमाडौं । आज भोलिको व्यस्त जीवन शैलीमा प्राय मानिसहरु तनाव र समस्याहरूले घेरिएका हुन्छन् । जसले उनीहरुको मानसिक स्वास्थ्यमा निकै नराम्रो प्रभाव पार्ने गर्छ । यस्ता धेरै व्यक्तिहरु छन् जो मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूसँग संघर्ष गरिरहेका छन् ।
जसको प्रभाव उनीहरूको दैनिक व्यवहार र कार्य उत्पादकतामा पनि देखिने गर्छन् । यस्तै एउटा मानसिक स्वास्थ्य समस्या छ जसले मानिसहरु धेरै रिसाउने र डराउने गर्छन् । जसलाई हामी न्युरोसीस भन्ने गछौँ । यो एक प्रकारको मानसिक विकार हो ।
यो मानसिक रोगबाट पीडित व्यक्तिले निराश, चिन्तित, तर्कहीन र एक्लोपन महसुस गर्ने गर्छन् । मनोवैज्ञानिकहरूका अनुसार …
जनावरको मायाले जीवनशैली र जीवनको उद्देश्य नै बदलियो
मायाले मान्छेलाई बदल्छ । यो बैंसालु प्रेममा मात्र होइन, जीवन र जगतका अरू आयाममा पनि लागू हुन्छ ।
जस्तो कल्याण सिलवालको कुरा गरौं । उनी पशु–प्राणीलाई असाध्यै माया गर्छन् । त्यही मायाले उनको जिन्दगी १८० डिग्रीमा बदलियो । बाल्यकालदेखि खाईपाई आएको स्वाद छाडे । बाँच्ने शैली र सोच्ने तरिका बदले ।
आखिर उनलाई के कुराले घोच्यो, जसले एकसुरमा बिताइरहेको जिन्दगी नै मोडिदियो ? यो कथाको सुरुवात कोरोना महाव्याधिबाट हुन्छ ।
सर्वत्र सन्त्रास फैलाएको बेला । लकडाउनले शहर सुनसान थियो । यसको सबैभन्दा ठूलो मारमा थिए, सडकका पशु–प्राणी जो मान्छेमा आश्रित छन् ।
उनीहरू भोकभोकै थिए । खान नपाएर यताउता …
आज न्वागी पर्व मनाउँदै चेपाङ समुदाय, तीन जिल्लामा सार्वजनिक बिदा
भदौ २२, चितवन : आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बाग्मती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी)का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।
हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । प्रदेशका चितवन, मकवानपुर र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
यस वर्ष पनि चेपाङ …
सुदूरपश्चिम र मध्यपश्चिममा गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
भदौ ७, काठमाण्डौ : उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् ।यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो ।
चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो …
धान खेतीमा रोगब्याधि नलागोस् भनि थारु समुदायले हरेरी पूजा गर्दै
रासस
साउन ८, काठमाण्डौ: थारु समुदायका अगुवा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनी’ हरेरी पूजा गर्नमा व्यस्त छन्। रोपिएको धान सप्रियोस् भनेर थारु समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ। अहिले अधिकांस थारुबस्तीमा हरेरी पूजा गर्न थालिएको छ। पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पूजा गर्ने गर्छन्।
हरेरी पूजा असारदेखि भदौ महिनामा सामूहिकरुपमा गर्ने गरिन्छ। विशेष गरी थारु गाउँमा यो पूजा गरेपछि खेतीबारीमा कुनै किसिमका खेतीमा रोग नलाग्ने जनविश्वास रहेको टीकापुरको नुक्लीपुरका बर्का गुरुवा फुलराम थारुले बताए।
‘धान खेती नै मुख्य अन्नबाली रहेकाले हामी उब्जनी बढाउन परम्परागतदेखि …
शरीरमा किन आउँछन् गाँठागुठी ?
शरीरका विभिन्न ठाउँमा साना–ठूला गाँठागुठी आउने समस्याबारे हामीमध्ये धेरै जानकार नै छौं । कतिपयले त यो समस्या आफैं भोगिरहेका पनि हुन्छौं । यस्ता गाँठागुठी सामान्य जस्तो लागे पनि कतिपयले निकै दुःख दिन्छन् ।
सामान्यतया बाथरोगका कारण यस्तो समस्या आउने गर्छ । बाथका थुप्रै प्रकारमध्ये पनि रुमाटोइड र युरिक एसिडको समस्यामा गाँठागुठी आएको देखिन्छ । प्रायः हातखुट्टा जोर्नीहरुमा यस्तो समस्या देखिन्छ ।
युरिक एसिडको समस्याले हातखुट्टाको जोर्नीमा गाँठागुठी आउने गर्छ तर यसको दुखाइ भने हुँदैन । गाँठागुठी आएको केही समयपछि आफैं हराएर जान्छ । मेरुदण्डको बाथले पनि कहिलेकाहीं गाँठागुठी निम्त्याउने गर्छ ।
रुमाटोइड बाथमा …
घाउचोटको खत मेट्ने कुनै उपचार हुन्छ ?
कहिलेकाहीं शरीरमा चोटपटक लाग्छ, आगो वा तातो पानीले पोल्छ । हातहतियारले काट्छ । यस्ता कतिपय चोटको दाग लामो समय वा जीवनभर पनि रहन्छ ।
खासगरी हात–खुट्टा, अनुहारमा खत बस्यो भने असुहाउँदिलो देखिने पनि हुन्छ । यस्तो स्थितिमा कसरी खत मेट्न सकिन्छ भन्ने धेरैलाई लाग्न सक्छ ।
के खत मेट्न सकिन्छ ?
घाउको दाग कस्तो स्थितिमा छ ? कति गहिरो, कति ठूलो, कति पुरानो हो ? यसै कुरालाई आधार बनाएर खत मेट्न सकिने नसकिने टुंगो गर्न सकिन्छ । त्यसैगरी खत कसलाई भएको हो ? वयस्कलाई, बुढापाकालाई, बालबच्चालाई ? किनभने सानो बालबच्चाको शरीरमा कुनै घाउको …
बिहान मुख धुँदा साबुनको सट्टामा प्रयोग गर्नुहोस् यी चिज, मिल्छ प्राकृतिक सुन्दरता
अधिकांश मानिसले आफ्नो अनुहार सफा गर्नका लागि साबुन या फेसवासको प्रयोग गर्ने गरेका छन्
तर यी रसायन मिस्रित फेसवास या साबुनले मुख धूनाले यसले छालामा नकारात्मक असर पुर्याउन सक्छ। जसले त्वचालाई रुखो बनाउछ। यसको अत्यधिक उपयोग गर्नाले उमेर नै नपुगी छाला चाउरिने समस्या देखिन्छ।
साबुन र फेसवासमा अत्यधिक मात्रामा रासायनिक तत्व हुने भएकाले यसले छालाको तेललाई सोस्छ र छालालाई रुखो बनाउछ।त्यसैले अनुहार सफा गर्ने नाममा यस्ता रसायनयुक्त सामग्रीको प्रयोग भन्दा पनि घरेलु उपाय अपनाउनु जरुरी छ।
यी घरेलु उपायले अनुहारमा चमक त ल्याउछ नै यसका अलवा छाला संग सम्बन्धित हरेक समस्याको समाधान गर्ने …
दाँत कीराले खाएमा उखेल्नु उचित कि फ्लोराइडयुक्त सिमेन्ट भर्नु ?
पछिल्लो समय आम नागरिकमा रोगबारे सचेतना बढ्दै गएको छ । तर मुख तथा दन्त स्वास्थ्यमा भने त्यति चासो दिइएको पाइँदैन । सामान्य लाग्ने दन्तरोग प्रायःजसो व्यक्तिमा पाइन्छ । यो जुनसुकै उमेरमा पनि लाग्न सक्छ ।
स्वस्थ छौं भने पनि दाँतको सरसफाइ नहुँदा दाँत कमजोर हुँदै कीरा लाग्नेदेखि विभिन्न मुख तथा दन्त समस्या देखा पर्न सक्छ । जसमध्ये सबैभन्दा बढी देखिने भनेको दाँतमा कीरा लाग्ने समस्या हो । यसको समयमा उपचार नहुँदा दाँत नै काम नलाग्नेसम्मको अवस्था आउँछ ।
दाँतमा कीरा लाग्ने कारण:
दाँतमा कीरा विभिन्न कारणले लाग्छ । खानेकुरा खाएपछि राम्रोसँग सफा नहुँदा …
कपाल झर्ने समस्याको कारक इनर्जी ड्रिक्स : अध्ययन
एजेन्सी । विभिन्न खाले नरम पेय पदार्थ आधुनिक जीवन शैलीका अभिन्न अङ्ग जस्तै बनेका छन् । तर, तिनै पेय पदार्थहरुले मानिसको सुन्दरता खोस्छन् भन्ने थाहा पाउनु चाहिँ दिक्दारीको विषय हुनसक्छ ।
चीनको सिन्ह्वा विश्वविद्यालयको एक अध्ययनले नरम पेय पदार्थहरुको अधिक सेवन कपाल झर्ने समस्याको मूल कारण भएको देखाएको छ । त्यसमा पनि थकान मेट्न पिउने इनर्जी ड्रिंक्स सबैभन्दा जिम्मेवार रहेको विश्वविद्यालयको अध्ययनको निचोड छ ।
तागत बढाउने इनर्जी ड्रिंक्स, स्पोर्टस् ड्रिंक्स र कोक तथा पेप्सी जस्ता फिँजयुक्त पेय पदार्थहरुको सेवनबाट महिला वा पुरुष जोसुकैको कपाल झर्ने सम्भावना उच्च रहने सिन्ह्वा विश्वविद्यालयको अनुसन्धानको …
किन लाग्छ अल्छी ?
काठमाडौं । ‘हत्तेरी कस्तो अल्छी लाग्यो ।’ कुनै पनि काम गर्ने जाँगर नहुँदा हामी ज्यान तन्काउँदै यसै भन्छौं । ‘अल्छी’ हाम्रो दैनिकीको शब्दकोषमा यसरी समेटिएको शब्द हो, जो हामीलाई पटक्कै मन पर्दैन । तर पटक-पटक त्यसैलाई दोहोर्याउन बाध्य हुन्छौं ।
अल्छी हुनु भनेको जाँगर, उत्साह, ऊर्जा सिथिल भएको स्थिति हो । यसले हाम्रो सुखसयल र सफलतामा भाँजो हाल्छ । त्यसैले अल्छीपनबाट हामी सकेसम्म भाग्न खोज्छौं । जबकि यसले हामीलाई पछ्याइरहन्छ । दुःखको कुरा के भने जब अल्छीपनबाट टाढा भाग्दैनौं, तब यो हाम्रो आनीबानी नै बन्न पुग्छ । त्यसपछि भने हाम्रो नामसँगै …
हेलमेटको प्रयोगले कपाल झर्न सक्छ, कसरी सुरक्षित राख्ने ?
कपालको सन्दर्भमा महिलाहरु बढी सचेत हुन्छन्, संवेदनसिल पनि । कपाल पातलो भएमा, झरेमा के गर्ने ? पुरुषका लागि यसका थुप्रै विकल्प भएपनि महिलालाई त्यस्तो सहज सुविधा उपलब्ध छैन । त्यसैले आफ्नो प्राकृतिक कपाललाई जोगाउनैपर्ने चुनौती हुन्छ, उनीहरुसँग ।
जबकि अहिले थुप्रै महिला स्कुटर-मोटरसाइकल प्रयोग गर्छन् । यसका लागि हेलमेट अनिवार्य हुने नै भयो । हेलमेट लगाइरहँदा कपाल झर्ने, टुक्रिने समस्या बढी नै देखिन्छ । यस्तो स्थितीमा के गर्ने त ? हेलमेट प्रयोग गर्दा कसरी कपाललाई जोगाउने त ?
घरबाट निस्किंदा एक खालको हेयरस्टाइल बनाएर गयो, पछि सबै बिग्रिएको हुन्छ । लामो समयसम्म हेल्मेट …
गर्भावस्थाको खानपान : नरिवल पानी पिउँदा सुन्दर बच्चा जन्मिन्छ ?
काठमाडौं । गर्भावस्थामा आफ्नो बच्चाप्रति जति उत्सुकता र उत्साह हुन्छ, उत्तिकै भय पनि । भय यसकारण कि कतै बच्चामा कुनै जन्मजात समस्या त देखिने होइन ?
हरेक आमाबुवा चाहन्छन्, आफ्नो बच्चा सग्लो जन्मियोस्, स्वस्थ होस् । तन्दुरुस्त होस् । सही तौलको होस् । र, सुन्दर पनि ।
गर्भको शिशु कसरी सुन्दर हुन्छ त ?
मान्छेहरु भन्छन्, ‘गर्भावस्थामा नरिवल पानी खाँदा बच्चा सुन्दर जन्मिन्छन् ।’
गर्भावस्थामा आमाले जस्तो खानपान गर्छन्, त्यसको सोझो प्रभाव गर्भको शिशुमा पर्छन् भनेका छन् चिकित्सकहरुले । त्यसैले उनीहरुले यस अवस्थामा के खाने र के नखाने भनी निर्देशिका नै तयार गरेका छन् …
सावित्री थापा : एक प्रेरणादायी समाजसेवीको गुमनाम कथा
ऐतिहासिक गहिराइ
एशियाली सभ्यतामा चीनको सिया राजवंश (ई.पू. २१००–ई.पू. १६००) कालखण्डदेखि नै राजनीतिक मानव सभ्यतासँगै मानव समाजसेवाको सामान्य अवधारणा आइसकेको थियो । उत्तरमा, चिनियाँ स्प्रिङ एण्ड अटम पिरियड (ई.पू. ७७०–ई.पू.४७६) भित्र, यता दक्षिण एशियातिर तत्कालीन नेपालको लुम्बिनीमा विश्व शान्तिका अग्रनायक शाक्यमुनि गौतम बुद्ध (ई.पू. ६२३–ई.पू. ५४३) को शान्तिदीप प्रज्वलित भइरहेको थियो । त्यसले संसारभरि मानव सभ्यताको सामाजिक गन्तव्यलाई नै कल्याणकारी क्रियाकलापतर्फ डो¥याउन सबक सिकायो ।
विश्वव्यवस्थाको कल्याणकारी समुन्नतिका लागि नै सिद्धार्थ गौतम (पछि गौतम बुद्ध) बाट पञ्चशील सिद्धान्त, शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तहरूको बीजारोपण भयो । तिनका मूल स्रोतहरू नै बुद्धका उपदेश हुन्, जसलाई …
योग किन पढ्ने
योग शब्दको अर्थ जोड्नु हुन्छ। आत्माको परमात्मासँगको मेल वा जोडलाई योग भनिन्छ। योगले मानवीय चेतनाको अधिकतम विकास गरी सम्पूर्ण जगतको रहस्य सिकाउँदै आनन्दको उच्चतम अनुभूति गराउँछ।
भगवान शिव, गौतम बुद्ध तथा हजारौं मुनिको साधना भूमिका रूपमा रहेको नेपाल योगको उद्गमस्थल हो। हठयोगका विभिन्न साधना पद्धतिका विकास नेपालमै हुनु तथा योगीलाई राजवैद्यका रूपमा हेर्ने कुराले प्राचीन समयदेखि नै नेपाल योगभूमि हो भन्ने पुष्टि हुन्छ। प्राचीनकालदेखि ऋषिहरूले विकसित गरेको योग साधनाका साथसाथै चिकित्साको रूपमा पनि रहेको छ।
प्राचीन समयमा हठयोग, तन्त्रयोग, मन्त्रयोग, राजयोग, कर्मयोग, ज्ञानयोग जस्ता विभिन्न योग प्रमुख रूपमा रहेका थिए। वर्तमान समयमा …
योग र प्राणायामले उच्च रक्तचापको औषधि छुटाउन सकिन्छ : डा. अधिकारी
उच्च रक्तचाप मूलतः जीवनशैलीसँग सम्बन्धित समस्या हो । त्यसो त वंशाणुगत रुपमा पनि कतिपयलाई उच्च रक्तचाप हुने गर्छ । यद्यपि खराब खानपान, जीवनशैली, मानसिक विकारले नै उच्च रक्तचापको मूल कारक बन्ने गरेको छ । के त्यसो भए जीवनशैली सुधार गरेर रक्तचाप सन्तुलित राख्न सकिएला ?
चिकित्सकले यसको जवाफ ‘सकिन्छ’ भनी दिने गरेका छन् । अतः स्वस्थ्यकर जीवनयापनले उच्च रक्तचापलाई काबुमा राख्न सकिन्छ । यसमा अभिन्न रुपमा जोडिन्छ, योग, प्राणायम र ध्यान पनि ।
यसै विषयमा योगा प्रशिक्षक तथा आहारविद् डा. राजु अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :
उच्च रक्तचाप नियन्त्रणका लागि योग, ध्यान, व्यायामको कुनै …
दिनभर काम गर्नेले पनि व्यायाम गर्नुपर्छ ?
चिकित्सा विज्ञानको एउटा मन्त्र छ, ‘रोग लागेर उपचार खोज्नुभन्दा निरोगी हुनु सर्वोत्तम हो ।’
निरोगी कसरी रहने त ? यसको जवाफ पनि पूर्खाहरुले खोजतलास गरिसकेका छन् । साथै आफ्नो जीवनमा अभ्यास गरेर त्यसको सफल नतिजा देखाइसकेका छन् । यसको तीनवटा सूत्र छन्- सही आहार, विहार र विचार ।
समुचित खानपान, दिनचर्या र सोच-चिन्तनले मान्छेलाई स्वस्थ राख्छ भनिन्छ । यसमा अपरिहार्य मानिएको छ, शारीरिक व्यायाम पनि । स्वस्थ्यका लागि व्यायाम निकै उपयोगी छ भन्ने जान्दाजान्दै पनि धेरैजसो मान्छे व्यायाम गर्न जाँगर देखाउँदैनन् ।
कतिपय भन्छन्, ‘रोग लागेको छैन, तगडा नै छु । किन व्यायाम …
बुढेसकालमा हड्डी भाँचिए जोडिन गाह्रो हुन्छ : डा. दीपेन्द्र पाण्डे
काठमाडौं । बालबच्चाको हातखुट्टा वा हड्डी भाँचिएको छ भने सामान्यतः त्यो चाँडै जोडिन्छ । तर बुढ्यौली उमेरमा हातखुट्टा वा हड्डी भाँचिएमा त्यस्तो अवस्था हुँदैन । चिकित्सकका अनुसार उमेर ढल्किंदै गएपछि हड्डी कमजोर हुँदै जान्छ ।
यस्तो अवस्थामा हातखुट्टा भाँचिए उनीहरुको उपचार कति छिटो गर्नुपर्ने हुन्छ ? हड्डी जोडिन कति समय लाग्छ ? यसै विषयमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. दीपेन्द्र पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश :
बालबालिकाको हातखुट्टा भाँचिए त्यति धेरै समस्या हुँदैन, चाँडै जोडिन्छ पनि । तर बुढाबुढीको हातखुट्टा भाँचिए जोडिन समय लाग्ने हो ?
बुढाबुढी भइसकेपछि बुढ्यौलीपनको परिवर्तन आएजस्तै हड्डीमा पनि परिवर्तन …