+
+
-- Sponsored Ad --

देबिथान देवी भगवती मन्दिर : ऐतिहासिक शक्तिपीठ र धार्मिक पर्यटनको केन्द्र

124 पटक हेरिएको
Clock २०८३ जेष्ठ ११, सोमबार २२:४३
-- Sponsored --

कावासोती नगरपालिका वडा नं. १२ र १३ को दोसाँधमा, पुण्यशलिला नारायणी नदीको रमणीय किनारमा अवस्थित देबिथान देवी भगवती मन्दिर एक प्राचीन तथा ऐतिहासिक शक्तिपीठको रूपमा परिचित रहिआएको छ। धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा रहेको यो शक्तिपीठ स्थानीय भक्तजनहरूको श्रद्धाको केन्द्र बनेको छ।

यस शक्तिपीठको संरक्षण तथा विकासमा विभिन्न कालखण्डमा अनेकौं दानदाता, समाजसेवी तथा स्थानीय साविक पिठौलीबासीहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ। आर्थिक तथा भौतिक सहयोगमार्फत मन्दिर परिसरको संरक्षण, व्यवस्थापन र सौन्दर्य अभिवृद्धिमा निरन्तर प्रयास हुँदै आएको पाइन्छ।

विशेषगरी बडादशैं तथा चैते दशैंका अवसरमा यहाँ वैदिक विधि-विधान अनुसार नियमित रूपमा पूजा-अर्चना, भजन-कीर्तन तथा धार्मिक अनुष्ठान सम्पन्न गरिन्छ। यी पर्वहरूमा हजारौं भक्तजनहरूको उपस्थिति रहने हुँदा मन्दिर क्षेत्र धार्मिक उत्साहले भरिपूर्ण बन्ने गर्दछ।

पछिल्लो समय स्थानीय युवा दाजुभाइ तथा दिदीबहिनीहरूको स्वतःस्फूर्त सक्रियताले यस शक्तिपीठको विकासमा नयाँ ऊर्जा थपिएको छ। धार्मिक आस्थाको धरोहरका रूपमा रहेको यस स्थललाई थप आकर्षक तथा व्यवस्थित बनाउन विभिन्न दाताहरूको सहयोग जुटाइ निर्माण तथा सौन्दर्यीकरणका कार्यहरू सञ्चालन भइरहेका छन्।

प्राकृतिक सौन्दर्य, धार्मिक महत्व तथा सांस्कृतिक विशेषताका कारण देबिथान देवी भगवती मन्दिर आज धार्मिक पर्यटकीय गन्तव्यको रूपमा समेत परिचित हुँदै गएको छ। आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दै जाँदा यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा आर्थिक विकासमा समेत सकारात्मक प्रभाव परेको देखिन्छ।

यस ऐतिहासिक शक्तिपीठको संरक्षण, संवर्द्धन र प्रचारप्रसारमा सम्पूर्ण समुदायको साझा प्रयास आवश्यक रहेको छ, ताकि भावी पुस्ताले पनि यस धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्वलाई आत्मसात् गर्न सकून्।

Image Source: Chintamani Sharma

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
🎡 Spin & Win