अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत पुरानै कानुनी व्यवस्था संशोधन भएका छन् ।
राजपत्रमा प्रकाशित विवरण हेर्दा प्रचलित ऐनमा भएका व्यवस्था विस्थापन हुनेगरी अध्यादेश जारी भएको देखिन्छ । केही ऐनमा मात्रै नयाँ व्यवस्था थपिएका छन् । १४ पुस, २०८१ मा जारी भएको सरकारी अध्यादेशको हिसाव नगर्ने हो भने अरु अध्यादेशको औचित्य पुष्टि गर्न समेत कठिन हुने देखिन्छ ।
१४ पुसको सहकारी अध्यादेशमा संशोधित तीन कानुनसमेत जोड्ने हो भने …

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

काठमाडौं, पुस २४ गते । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।

मृत्यु पर्खिरहेका गिद्ध

सन्जय भट्टराई, कावासोती । मृत्यु सत्य छ । त्यसमा कसैले बहस, विवाद, रोकावट या फिराद गरेर पार पाउन सकिंदैन । मानिसको होस् या पशुपक्षी र जीवजन्तुको, मृत्यु सत्य छ । जन्मसँगै मृत्यु लेखेर ल्याएको हुन्छ हरेक प्राणीले । हो यहि मृत्यु पर्खिरेहका छन कावासोतीको जटायु रेष्टुरेन्टमा रहेका दुई वटा हिमाली र एउटा सानो खेैरो गिद्ध ।
जटायु रेष्टुरेन्ट प्र्रवेश गर्न साथ दाहिने तर्फ रहेको जाली लगाईएको पिजँडा जस्तै ठाउँमा ३ वटा गिद्धहरु बाहिरी वातावरणमा रहेका अन्य गिद्ध भन्दा फरक तरिकाले राखिएको छ, उनीहरुले नियमित आहारा पाउछन, नजिकै पानी राखिएको पानी पिउछन तर …

अनलाइनकाे जन्जालबाट बच्चालाई जोगाउने उपाय ?

आजभोलिका बालबालिका कम उमेरमै इन्टरनेट प्रयोगकर्ता बनिरहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइनमा हुन्छन् । यस्तोमा अनलाइन दुनियाँमा समेत बालबालिकाको बढ्दो पहुँचले खतरा निम्त्याइरहेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
यसै सन्दर्भमा हालै वेस्टर्न सिड्नी विश्वविद्यालयको यंग एण्ड रेजिलिएन्ट सेन्टरले एक अध्ययन गरेको छ । बालबालिकाको पहुँच बढिरहेको मात्र होइन, सुरक्षित ढंगले चलाउन नसकेका कारण उनीहरू जोखिममा रहेको अध्ययनले देखाएको छ ।
उक्त अध्ययनअनुसार सामाजिक सञ्जालमा अपरिचित व्यक्तिबाट आउने अनुचित साथीको प्रस्तावलाई ब्लक गर्नुपर्छ भन्ने जानकारी बालबालिकामा हुँदैन । यस अध्ययनले यस्ता व्यक्तिलाई रिपोर्ट नगर्दा …

बिग्रँदै थिति, एक सन्तान नीति

३२ साउन, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का महापुरुष चौलागाईं र सरस्वती चौलागाईं एक मात्र सन्तान छिन्, खुशी । विवाह गरेको लामो अन्तरालपछि जन्मिएकी उनी अहिले तीन वर्षकी भइन् । ‘छोरा होस् वा छोरी, एउटा भए पुग्छ । हामीलाई अब छोराको अपेक्षा छैन’, महापुरुष भन्छन् ।
यद्यपि घरपरिवार, आफन्तको जोड छ– ‘एउटा छोरा त चाहिन्छ ।’ चाहेजति सुख–सुविधा दिन नसक्ने हुनाले महापुरुष दम्पतीले अर्को सन्तानको चाहना राखेका छैनन् । ‘अर्को सन्तान जन्माउँदा न शिक्षा राम्रो दिन सकिन्छ, न बिरामी पर्दा स्वास्थ्य उपचार नै गर्न सकिन्छ’ उनी भन्छन्, ‘एउटा जसोतसो हुर्काइरहेका छौं, …

राज्य संलग्न मानव तस्करी प्रकरण : २७ वर्षमा ८७६ बालबालिका गायब

२५ जेठ, काठमाडौं । नेदरल्याण्डमा हुर्किएकी शान्ति चालिसेलाई परिवारका अन्य सदस्यभन्दा आफू फरक रङको भएकोमा जिज्ञासा लागिरहन्थ्यो । बुबाआमा र भाइहरू गोरा थिए । आफूचाहिं खैरो हुँदा उनलाई कहिलेकाहीं नराम्रो पनि लाग्थ्यो ।
तर, जब केही वर्षपछि परिवारमा आफ्नो जस्तै वर्णको अर्का बच्चा आइपुगे, त्यसपछि भने उनले नेपालको नाम सुनिन् । ‘त्यसबेला ऊ मभन्दा दुई वर्ष जेठो थियो, पटक–पटक शान्ति हामी नेपालबाट आएको हो भनिरहन्थ्यो’ उनी भन्छिन्, ‘ऊ नेपाल छँदाको फोटो हेर्न पनि भनिरहन्थ्यो ।’
‘बुबाआमाले त मलाई तँ अर्कैको छोरी होस् भनेका थिएनन्, तर एकदिन मैले उहाँहरूलाई हिम्मत गरेर सोधें’ उनले …

कुना कन्दरामा पुग्याे विकास तर रित्तिन छाेडेनन गाँउ वस्तीहरू

विकास गाउँ पस्यो; मानिस शहर। हिमाली र पहाडी क्षेत्रमा विकास र मानिसबीच बेजोडको लुकामारी छ। विकास थिएन; मानिसको चहलपहल गाउँ-बस्तीमा बाक्लो थियो। विगतको तुलनामा सडक-पुलपुलेसा बनेका छन्। बिजुली र सञ्चार सुविधा घर–घरमा पुगेको छ। टोल–टोलमा खानेपानीको पहुँच छ। विद्यालय र स्वास्थ्य चौकीहरू थपिएका छन्। धुले सडकहरू स्तरोन्नति हुँदैछन्।
कच्ची घरहरूलाई जस्तापाता र सिमेन्टका घरहरूले विस्थापन गरे। ठाउँ–ठाउँमा विद्युत्‌का पावर हाउस बने। विकासका सूचकहरू सकारात्मक बन्दैछन्। विगतको ‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने नाराले गाउँ विकासमा एउटा सकारात्मक सन्देश छर्‍यो ।

तीन तहका सरकार बनेपछि विकासले अझ गति लियो। तर विडम्बना गाउँ-बस्तीमा पूर्वाधारहरू थपिंदै …

लघुवित्त पीडित र मिटरव्याज पीडित काठमाडौंमा, प्रदर्शनले सडक अस्तव्यस्त

काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका कारण शुक्रबार दिनभर राजधानीको जनजीवन अस्तव्यस्त बन्यो । सिफलचौरबाट बालुवाटारतर्फ गएका लघुवित्त पीडित र थानकोटबाट सिंहदरबारतिर आएका मिटरव्याज पीडितको मार्चपासका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । तर, सरकार भने रमिते बनिरहेको छ ।
कतिपयले आफ्नो घरायसी आवश्यकता पूर्तिका लागित कतिपय समूह तथा कतिपय अवस्थामा लघुवित्त कम्पनीहरुको कर कापमा परेर ऋणको भारी बोक्न बाध्य भएका लघुवित्त पीडितहरु यही फागुन ९ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनमा छन् । आर्थिक उन्नती होला कि भन्ने आसमा लिएको लघुवित्तको ऋणले उल्टै घरवास नै उठिवास लगाएको व्यथा राज्यलाई सुनाउन विभिन्न …

सहिद दिवस विशेषः सहिद र शहादतको मूल्यन की अवमूल्यन ?

१. शहिदः अहिले विश्व बजार तिर नलागौं, नेपाली बजारमा शहिद हुने र शहादत प्राप्त गर्नेको संख्या अब अगणित नै भइसकेको छ । जंगबहादुरको विरुद्ध आवाज बुलन्द गर्ने लखन थापा (वि.सं. १९३३) देखि राणा शासनकै विरोधी दशरथ चन्द, धर्मभक्त, गंगालाल र शुक्रराज (वि.सं.१९९७) का योगदान र बलिदानी बारे हामीले पढेरै आएका हौं।

देशका लागि आफ्नो ज्यानको बलिदान दिने व्यक्ति सहिद हुन् भन्ने बुझकै हौं ।। वि.सं. २००७ सालको आन्दोलनका अगणित सहिदहरु तथा विद्यार्थी नेता चिनियाँ काजी (वि.सं.२००८) , भिमदत्त पन्त (२०१० वि.सं.) हुँदै वि सं.२०१७ देखि २०४७ विचका दुर्गानन्द झा (२०१८) जनकपुर …

वर्षेनि ५० हजार नेपाली विदेश बसाइँ सर्ने गरेकाे तथ्य सार्वजनिक

३ माघ, काठमाडौं । दाङ घोराही-१४ का २४ वर्षीय नवीन केसी २०७५ साउन १८ मा अध्ययनका लागि अष्ट्रेलिया गए । विद्यार्थी भिसामा पाँच वर्षअघि पुगेका उनी बीचमा घर फर्किए । तर उनको मन यसपालि नेपालमा अडिएन ।
उनी लगत्तै फेरि अष्ट्रेलिया फर्किए । अष्ट्रेलियामै आइटी पढेका उनले पछि जागिर पनि उतै गरे । अनि नेपाली नागरिकता र पासपोर्ट त्यागेर उतैको पीआर लिए । पछि विवाह गरी श्रीमतीलाई समेत उतै लिएर बस्न थाले ।

२०७४ सालमा रुकुमपश्चिम, आठबिसकोटका वीरुबहादुर खत्री ८ महिनाको हण्डर खाँदै हिंडेरै तल्लोमार्ग हुँदै अमेरिका पुगे । आठ महिना डिटेन्सन …

पृथ्वी नारायण शाह र राष्ट्रिय एकता दिवस

जीवन परिचय:
वि.सं. १७७९ मा गोर्खा राज्यको युवराजकुमारको रूपमा जन्मेका पृथ्वीनारायण शाह पिता नरभुपाल शाह तथा माता कौशल्यावतीका ज्येष्ठ सुपुत्र थिए। आफ्नी जेठी आमा चन्द्रप्रभावती देवीबाट युद्धकौशल, घोडचढी, तरबार बाजी, राजनीति, कुटनीति, धर्नुविद्या आदि सिक्न सफल भएका उनी सानैदेखि तिछ्ण बुद्धि भएका चतुर ब्यक्ति थिए ।
वि.सं. १७९९ मा पिताको देहावसान भएपछि राजा बनेका उनी आफ्नो पिताको नुवाकोट आक्रमणको हारबाट टुक्रिएको सपनालाई बिपनामा बदल्ने साहस बटुले तर फेरि हारे विसं १८०० मा । कमजोर सैन्य शक्ति, जिर्ण र पुरातन हातहतियार, कमजोर अभ्यास, कमजोर भौगोलिक अध्ययन, आर्थिक अभाव आदिको कारण हार बेहोरेको …

सुरक्षित वैदेशिक रोजगार

१. परिचय: 
रोजगारीको शाब्दिक अर्थ जीवन निर्वाहको लागि गरिने सेवामूलक काम, जो तलव, भत्ता र ज्यालामा आधारित हुन्छ भनेर बुझिन्छ । रोजगारीका अवसर स्वदेश भित्र मात्र नभई विदेशमा पनि उपलब्ध हुनसक्छन् । यसरी आफ्नो देश भन्दा वाहिर उपलब्ध रोजगारीका अवसरहरुको अवलम्बन गरी अर्थोपार्जन गर्ने कार्य नै वैदेशिक रोजगारी हो।
नेपालीहरु भारत, मलेसिया, खाडी राष्ट्र मात्रै नभई अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूरोप, जापान तथा कोरिया जस्ता देशहरुमा वैदेशिक रोजगारी, अध्ययन भिषा तथा बसाईसराई गरेर जाने प्रवृत्ति बढेको देखिन्छ। स्मरण रहोस्, नेपाल सरकारले श्रम सम्झौता नगरेको देशमा वैदेशिक रोजगारीमा जानु कानुन विपरितको कार्य हो ।
नेपालमा …

एकल अभिभावकले बच्चा हुर्काउँदा के कुरामा ध्यान दिने ?

कुनै कारणले श्रीमान्–श्रीमती छुट्टिएमा सन्तानको जिम्मेवारी आमाबुवामध्ये एकको काँधमा आइपर्छ । एकल अभिभावकत्वको क्रममा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।
अमेरिकामा आमाबुवा दुवैसँग बस्ने बालबालिकाको दर हरेक वर्ष घट्दै गएको छ । त्यहाँ करिब एक चौथाई बालबालिका आफ्नो आमा वा बुबासँग बस्छन् । यो प्रचलन अमेरिकामा मात्र सीमित नभई विश्वभर बढिरहेको छ ।

यसको कारण आमा वा बुवा घरपरिवारबाट टाढा रहेर काम गर्ने भएर, घरझगडा तथा सम्बन्ध विच्छेद भएर हुन सक्छ । विज्ञहरू भन्छन्, ‘एकल अभिभावकत्व सकारात्मक विकास होइन । एक जना आमाबाबुसँग बस्ने बालबालिकालाई व्यवहारसम्बन्धी समस्या हुने सम्भावना बढी हुन्छ ।’

बच्चामा …

किन स्कुल जान मन गर्दैनन् बालबालिका ?

सधैं स्कुल गइरहेको बच्चा कहिलेकाहीं अचानक जान मान्दैनन् । स्कुल जान डराउने, रुने, कराउने, झगडा गर्ने गर्छन् । बालबालिकाको यस्तो जिद्दीको अगाडि अभिभावक पनि लाचार भएर उनीहरुको इच्छाअनुसार स्कुल पठाउँदैनन् । कहिलेकाहीं यस्तो अवस्था आएमा त गम्भीर नहोला ।
तर कतिपय अवस्थामा लामो समयसम्म पनि बालबालिका स्कुल जान मान्दैनन् । बच्चालाई सक्ल पठाउने अभिभावकको प्रयास असफल भइरहेको हुन्छ । कसैलाई बल्ल पठायो, पुन: फर्किएर आउने र अर्को दिन पठाउन कठिन हुने अवस्था हुन्छ ।
यस्तोमा बालबालिकाको यस्तो बानीबाट आजित कतिपय अभिभावक स्कुल नजानुको कारण बुझ्नुको सट्टा बच्चाले नै झुट बोलेको वा बहाना …

जनवरी १ सन्दर्भः टोपी दिवस किन ?

पुस १६ गते (जनवरी १) मा ११ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै छौं । बितेको १० वर्षमा हामीले अनेकौं आरोह, अवरोह र विचार विमर्शहरु गरेर हामीले दश वर्ष पार गर्यौं । तर अझै पनि टोपी दिवसको विषयमा थुप्रै प्रश्न र आलोचनाहरु आइरहेका छन् । जसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ र सहज ढंगले त्यसलाई प्रष्ट पार्दै अघि बढ्नुपर्छ ।
सर्वप्रथमको यसको सुरुआतको विषयमा कुरा गरौं । कुनै बेला नेपालको राष्ट्रिय पोशाकको एउटा महत्वपूर्ण हिस्सा बनेको टोपी ०६८ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाक खारेज गरेसँगै टोपी पनि ओझेलमा पर्ने …

उमेर पुगेपछि बुवाआमासँगै बस्ने कि छुट्टिने ?

हालै इटालीको उत्तरी सहर पेभियामा एक ७५ वर्षीया वृद्धाले आफ्ना दुई छोरालाई घरबाट निकाल्नका लागि अदालतको ढोका ढकढकाएको समाचार सार्वजनिक भयो ।
आफ्नै आमाले घर निकालाका लागि अदालत गुहारेका ती छोराहरुको उमेर उमेर ४० र ४२ वर्ष छ । अदाततमा सुनुवाईका क्रममा ती वृद्धाले आफ्ना पाको उमेरको छोराहरुलाई आफ्नो घर छाडेर अलग्गै बस्नका लागि पटक-पटक आग्रह गरेको तर उनीहरुले सुन्दै नसुनेको बताएकी थिइन् ।

अन्ततः अदालतले आमाको घरमै जरो गाडेका ती दुई छोरालाई डिसेम्बर १८ सम्ममा घरबाट निस्कन आदेश दिएको छ ।

आफ्नो फैसलामा अदालतले सन्तानहरु सानो छउन्जेलसम्म उनीहरुको हेरचाह र पालनपोषण गर्ने …

ओझेलमा पर्दै स्थानीय सीप

२६ असोज, ढोरपाटन । पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् ।
‘पहिले–पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गथ्र्यौँ । महिना दिन लगाएर बुनेका डाला नाङ्ला एकै दिनमा बिक्री हुन्थे । त्यसबाट मनग्ये आम्दानी हुन्थ्यो’, ढोरपाटन–९ का ८३ वर्षीय लिलबहादुर घर्तीमगरले भने । उनले आफ्नो युवा उमेरमा चोयाबाट थुप्रै किसिमका सामग्री बनाएर बिक्री गरेको स्मरण गर्दै अहिले प्लास्टिकका सामग्रीले चोयाका सामान …

साथीहरुले ‘वी आर नेपाली’ भन्दा पनि छाडेनन्

२६ असोज, काठमाडौं । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट उद्धार गरिएका नेपाली विद्यार्थीहरु शुक्रबार बिहान २ः४० बजे काठमाडौं आइपुगेका छन् । उनीहरुमध्ये धेरैले इजरायल-हमासको द्वन्द्वपछिका चार दिन निकै कष्टपूर्ण रुपमा बितेको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनलाइनखबरसँग कुरा गर्दै रामपुर क्याम्पस चितवनका विद्यार्थी रिजवान शाहीले आतंकवादी आउँदा नेपाली नेपाली साथीहरुले ‘वीर आर नेपाल, वी आर नेपाली (हामी नेपाली हौं)’ भनिरहे पनि गोली चलाएको बताए ।

उनका अनुसार पहिले पनि नियमितजसो मिसायल पड्किएको आवाज सुनिरहन्थ्यो, तर यसपटक आतंकवादीहरु छिरेर क्रुर तरिकाले आक्रमण गरेको उनले बताए । ‘हाम्रो क्यापमा बसेको बोसले लगभग ७० वर्षको हुनुभयो, …

हमास निमिट्यान्न पार्ने इजरायली प्रतिबद्धता पूरा होला ?

२५ असोज । १८ वर्षअघि गाजा स्ट्रिपबाट पछि हटेको इजरायलले त्यहाँ दुई पटक हमला गरिसकेको छ । कास्ट लिड नाम दिएर उसले पहिलो हमला गरेको थियो ।
सन् २००९ मा १५ दिन स्थलगत रुपमा इजरायलले युद्ध गरेको थियो । यस्तै सन् २०१४ मा ‘प्रोटेक्टिभ एज’ अपरेशन १९ दिनसम्म चलाएको थियो ।

हमासले इजरायल परिधिमा छिरेर बर्बरतापूर्वक हमला गरेपछि इजरायले अहिले तेस्रो पटक गाजामा हमला गरिरहेको छ । प्यालेस्टाइन सशस्त्र समूह हमास विगतको भन्दा बृहत र बर्बर देखिएको छ ।

आफ्ना नागरिक मरेपछि आक्रोशित इजरायलले हवाइ हमला, मिसाइल तथा जलसेनाबाट गाजामा हमला गरिरहेको छ । विगतमा गाजामा …

के धामि, झाँक्रिले पनि मानिसको उपचार गर्न सक्छन् ? (दुई भिडियो सहित)

एनसञ्चार संवाददाता, भदौ १५, कावासोती :  नेपाली समाज र संस्कृतिका विभिन्न आयामहरुका बारेमा गहकिलो अध्ययन अनुसन्धान गर्ने विदेशी विद्वानहरुमा ग्रेगरी ग्याब्रियल मास्करिनेक अग्रणि थिए । अमेरिकाको हार्वड विश्वविद्यालयका जनस्वास्थ्य विभागका प्राध्यापक रहेका ग्रेगरीले जुन १६, २०२२ मा क्यान्सरका कारण मृत्यु हुनु अगाडि नेपालको जाजरकोटमा रहँदा त्यहाँको परिवेश र अझ धामि झाँक्रिहरुले गर्ने उपचारविधिबाट निक्कै प्रभावित बनेका थिए ।
   : ग्रेगरी ग्याब्रियल मास्करिनेक

धामीझाँक्रीहरुका बारेमा प्रायः सवैजसो विदेशी विद्वानहरुको चासो रहेको देखिन्छ। धामीझाँक्रीकै बारेमा पनि धेरैले अध्ययन गरेका छन्। तर यति गहिराइमा गएर झाँक्रीमन्त्रहरुको अर्थ केलाउने चाहीं मास्करिनेक मात्र हुन्। उनी …

You Missed

  • By
  • २०८२ बैशाख १२, शुक्रबार ११:२९
  • 0 views
मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्‍याली आयोजना हुँदै

आज लोकतन्त्र दिवस ।।

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:४३
  • 0 views
आज लोकतन्त्र दिवस ।।

कश्मिरमा आतंकवाद, नेपालमा शोक

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:३७
  • 0 views
कश्मिरमा आतंकवाद, नेपालमा शोक
समाजसेवी तथा धार्मिक व्यक्तित्व ज्योतिलाल भट्टराई को शालिक अनावरणः
दलदले दुर्घटना : बस, ट्रक र मोटरसाइकल ठोक्किदा ३ घाइते ।।
नेपालकै पहिलो नवग्रह मन्दिरको विशेषता वोकेको भजन गितको म्युजिक भिडियो सार्वजनिकः

Primary Color

Secondary Color

Layout Mode