“क्यामेरा मेन”
दीपेन्द्र रेग्मी, (मनोविष्लेशण)
साथि रहेछ…, दुःख….
(गायक …… पेलाले गाईरहेको )
सुःख पाहुना रहेछन्,……, छुट्नै हतार हुन्छ….।
के….लत् बस्यो मलाई… ।
गित रेडियोमा बजिरहेको थियो, ब्याग्राउण्डमा सहकर्मि बहिनि यामु कुमालले नेताहरुको बाईट ईडिट गर्दै थिईन् …।
अघि, बाईकबाट ओर्लिएर भित्र छिर्नै लाग्दा खेल्दै गरेका ४,५ केटाकेटि मध्य एकजना सानो बाबुले “क्यामेरा मेन” अलिक चर्को स्वरमै मलाई सुनायो…., या बोलायो ?
जे होस्, माथिको गित र तलको त्यो मेरो मौनता विच केहि थियो । जसका कारण धेरैको वेवास्तामा परेको वर्तमानमा एउटा नमिठो लत भने कयौँ हण्डरका बाबजुत छुट्ने तरखर गरिरहेको छैन ।
संघर्ष जारि छ सायद त्यो त शरिर …
“कानुनले न्याय दिलाउँछ, तर स्वास्थ्यले जीवन बचाउँछ” : महतो(भिडियो सहित)
दीपेन्द्र रेग्मी, पुष ४, कावासोती ।
नवलपरासि(वर्दघाट सुस्ता पूर्व) जिल्लाको समथर भुभाग, खेत–खलियान र सानो बस्तीको बीचमा बसेको एउटा सामान्य थारु परिवारमा रातन्त्रात्मक शासन रहेको समयमा ओम महतोको जन्म भयो ।
घरको आर्थिक अवस्था बलियो थिएन, तर बाबुआमाको मनमा एउटा अटुट विश्वास थियो—छोरा पढ्नुपर्छ, पढेर केही बन्नुपर्छ ।
गाउँमै उच्च शिक्षाका लागि राम्रो स्कुल थिएन । प्राथमिक तह त जसोतसो गाउँमै पढे, तर त्यसपछि हरेक वर्ष चुनौती थपिँदै गयो । किताबभन्दा बढी उनी अभावसँग लड्दै हुर्किए । बिहान खेतको काम, दिउँसो पढाइ, बेलुका घरधन्दा—यही चक्रमा उनको बाल्यकाल बित्यो ।
गाउँमा पढाइको …
“जेन्जि आन्दोलनले अरबौँ सम्पत्ति जलाउनु भन्दा अर्को उपलब्धि हुन सकेन” : विष्लेशक(भिडियो सहित)
दीपेन्द्र रेग्मी, पुष ४, कावासोती ।
नेपालको राजनीतिक इतिहासमा एउटा तिखो खड्गझैं उभिएको जेन्जि आन्दोलनले भ्रष्टाचारको कालो बादललाई छिन्ने प्रयास गरेको थियो, तर त्यही आन्दोलनको आडमा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले देशलाई अझ गहिरो घाउ दिएको छ ।
भदौ २३ र २४ गते (सेप्टेम्बर ८–९, २०२५) मा देशव्यापी रूपमा फैलिएको यो युवा विद्रोहमा शान्तिपूर्ण प्रदर्शनको नाममा केही अराजक तत्वहरूले सरकारी कार्यालय, प्रहरी चौकी, निजी सम्पत्ति र सवारीसाधनमा आगो सल्काएर लुटपाट मच्चाए ।
भदौ २४ मा भएको उच्छृङ्खल गतिविधिमा संलग्न आरोपमा देशभरबाट अहिलेसम्म अर्थात मंसिर २६ गते सम्म जम्मा ८७२ जना …
गुलियो चिया पिउनेहरुलाई तितो कफि पिउन सिकाएका मदनको कथा(भिडियो सहित)
दीपेन्द्र रेग्मी, कावासोती ।
शुन्यतामा परिणत हुने तर्खर गरिरहेको गाउँ र वृद्धवृद्धा र ससाना बालबच्चाको बस्ने थलो बनिरहेको घर, छोड्ने मन नहुँदा नहुँदै…., आफ्ना ईच्छ्या, चाहानालाई तिलाञ्जलि दिएर……, जीवनको आवश्यकता पूर्तिकालागि विदेशिनै पर्छ सोँचि फेरी अर्को युवा परदेशि बन्ने निधोमा पुग्यो …….।
देशमा केहि हुँदैन, यहाँ बसेर आफ्नो ज्यान पाल्न पनि सकिँदैनः किशोरअवस्थावाट नै यहि वाक्यांस चारैतिरबाट सुनिरहेको त्यो युवा, परदेशमा पुगेर निक्कै कष्ट र मिहिनेतले एउटा सिप सिक्ने अवसर प्राप्त गरे । आफ्नो भन्ने एक शरिर त्यहि कष्टपूर्ण मिहिनेतको थोरै आर्थिक लाभ बाहेक अरु केहि देख्न र भोग्न नसकेको ति युवा, …
आखिर किन मारे छोराले बाउ(भिडियो सहित)
मंसिर ११, कावासोती ।
हुप्सेकोटमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका–१, जुगेपानीमा छोराको कुटपिटबाट ६० वर्षीय राम बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो । तीस वर्षीय छोरा सन्त कुमार विकले घरायसी विवादको कारण झगडा हुँदा गएराति बुबालाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते बुबाको उपचारको क्रममा राति मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा ज्यान गएको प्रहरी नायव उपरीक्ष नेपालले बताउनुभयो । बुबालाई कुटपिट गर्ने छोरा सन्त कुमार बिक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो । मृतकका छिमिकेलि मदिरा सेवन …
नेपालमा सन्तान संकटको खतराः तीन वर्षमा ५४ प्रतिशतले घट्यो शिशु जन्मदर ।
११ भदौ, काठमाडौं । शिशु जन्मदर कुन गतिमा घटिरहेको छ, बितेको तीन वर्षको तथ्यांकले छर्लङ्ग पार्छ । वर्षेनी शिशु जन्मको घट्दो ग्राफले नेपालमा सन्तान संकटको खतरातर्फ संकेत गरेको छ ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा देशभर ४ लाख १५ हजार २२ जना शिशु जन्मिएका थिए । आव २०७९/८० मा त्यो संख्या घटेर २ लाख ३३ हजार १२६ मा झर्यो ।
आव २०८०/८१ मा शिशु जन्मदर सर्लक्कै घटेर १ लाख ९० हजार ६९२ मा आइपुगेको छ । तीन वर्षको यो अवधिमा झन्डै ५४ प्रतिशत जन्मदर घटेको तथ्यांङ्कले देखाएको छ ।
यी तथ्यांकलाई दैनिक जन्ममा …
गरीबीले धेरै कुरा खोस्यो, तर पढ्ने इच्छा खोस्न सकेनः नवलपुरकी चादनीको संघर्ष र आशाको कथा ।
दिपक भट्टराइ, नवलपुर । कावासोती नगरपालिका–१२ पिठौलीस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको कक्षा १० को कोठामा विद्यार्थीहरू आफ्नो पाठ्यपुस्तक पल्टाउँदै छन्। कोही साथीहरूसँग कुरा गर्दै छन्, कोही नोटबुकमा लेखिरहेका छन्। तर त्यही भीडमा एउटा अनुहारले सबैभन्दा बढी ध्यान खिच्छ- त्यो अनुहार हो १५ वर्षीया चादनी गोसाईको । जसको अनुहारमा पढ्ने जिज्ञासा, आँखामा सपनाको चमक र हृदयमा परिवारको भारी जिम्मेवारी स्पष्ट देखिन्छ।
चादनीको जीवन अभाव र संघर्षको कथा हो। घर सामान्य टहरो मात्र – छानोमा जिर्ण टिन, भित्तामा माटो र बाँस। भित्र छिर्दा चुलोमा धुवाँ मात्र निस्किन्छ, भाँडामा अन्न हुँदैन। घरमा न खानेपानी …
इजरायल-इरान युद्धको छाँयामा नेपाली डायस्पोरा
खेमराज जम्मर कट्टेल: पछिल्लो समय जुनसुकै मिडिया वा सामाजिक संजाल खोल्यो, हेडलाइन नै इजरायल र इरानको युद्ध। जति हेर्यो उति तनाव, उति डर अनि उति सशंकित। के गर्ने असर सिङ्गो संसारमा परेको छ। सानो भूगोलको तातोले सारा पृथ्वी तताएर राखेको छ। मानौं, कुनै भयानक युगको ढोका अब चाँडै खुल्दैछ। युद्ध त देखिन्छ, धेरै देखिएका छन् दुई देशबीचको, तर यति धेरै तह र आयाम छन् कि यस युद्धमा! धर्म, इतिहास, राजनीति, ग्याँस-तेलको ब्यापार, अनि भित्रभित्रै सल्किदै गरेको अमेरिका, चीन, रुसजस्ता महाशक्तिहरूको गजबको शीतयुद्ध ।
यो युद्धले सबैभन्दा पीडादायक कुरा-बीचमा परेका छन् …
नेपालमा अब नेपालकै फलाम, धौवादी फलाम खानी : नागरिकको उत्साह र उर्जाको खानी
बिद्राेही गिरीः २०७३ जेठ ६ गते प्रज्ञा प्रतिष्ठानको हलमा प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह चल्दै थियो । प्रमुख अतिथि हुनुहुथ्यो , नेकपा ( एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली ।
मन्तब्यका क्रममा प्रधानमन्त्री ओलीले सोध्नुभयो, धौवादी फलामखानी क्षेत्रबाट कोही आउनुभएको छ ? सहभागीको बीचबाट मैंले हात उठाएँ ।
प्रधानमन्त्री ओली खुसी हुनुभयो । देशका खानी, उद्योग र आर्थिक समृद्धिका बारेमा उहाँले चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले मेरो जिल्लाको धौवादी फलामखानीको बारेमा चर्चा गर्दा म पनि हर्षबिभोर भएको थिएँ । कति छिट्टै ९ बर्ष बितिसक्यो । तर , …
अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम
७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत पुरानै कानुनी व्यवस्था संशोधन भएका छन् ।
राजपत्रमा प्रकाशित विवरण हेर्दा प्रचलित ऐनमा भएका व्यवस्था विस्थापन हुनेगरी अध्यादेश जारी भएको देखिन्छ । केही ऐनमा मात्रै नयाँ व्यवस्था थपिएका छन् । १४ पुस, २०८१ मा जारी भएको सरकारी अध्यादेशको हिसाव नगर्ने हो भने अरु अध्यादेशको औचित्य पुष्टि गर्न समेत कठिन हुने देखिन्छ ।
१४ पुसको सहकारी अध्यादेशमा संशोधित तीन कानुनसमेत जोड्ने हो भने …
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
काठमाडौं, पुस २४ गते । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।
मृत्यु पर्खिरहेका गिद्ध
सन्जय भट्टराई, कावासोती । मृत्यु सत्य छ । त्यसमा कसैले बहस, विवाद, रोकावट या फिराद गरेर पार पाउन सकिंदैन । मानिसको होस् या पशुपक्षी र जीवजन्तुको, मृत्यु सत्य छ । जन्मसँगै मृत्यु लेखेर ल्याएको हुन्छ हरेक प्राणीले । हो यहि मृत्यु पर्खिरेहका छन कावासोतीको जटायु रेष्टुरेन्टमा रहेका दुई वटा हिमाली र एउटा सानो खेैरो गिद्ध ।
जटायु रेष्टुरेन्ट प्र्रवेश गर्न साथ दाहिने तर्फ रहेको जाली लगाईएको पिजँडा जस्तै ठाउँमा ३ वटा गिद्धहरु बाहिरी वातावरणमा रहेका अन्य गिद्ध भन्दा फरक तरिकाले राखिएको छ, उनीहरुले नियमित आहारा पाउछन, नजिकै पानी राखिएको पानी पिउछन तर …
अनलाइनकाे जन्जालबाट बच्चालाई जोगाउने उपाय ?
आजभोलिका बालबालिका कम उमेरमै इन्टरनेट प्रयोगकर्ता बनिरहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइनमा हुन्छन् । यस्तोमा अनलाइन दुनियाँमा समेत बालबालिकाको बढ्दो पहुँचले खतरा निम्त्याइरहेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
यसै सन्दर्भमा हालै वेस्टर्न सिड्नी विश्वविद्यालयको यंग एण्ड रेजिलिएन्ट सेन्टरले एक अध्ययन गरेको छ । बालबालिकाको पहुँच बढिरहेको मात्र होइन, सुरक्षित ढंगले चलाउन नसकेका कारण उनीहरू जोखिममा रहेको अध्ययनले देखाएको छ ।
उक्त अध्ययनअनुसार सामाजिक सञ्जालमा अपरिचित व्यक्तिबाट आउने अनुचित साथीको प्रस्तावलाई ब्लक गर्नुपर्छ भन्ने जानकारी बालबालिकामा हुँदैन । यस अध्ययनले यस्ता व्यक्तिलाई रिपोर्ट नगर्दा …
बिग्रँदै थिति, एक सन्तान नीति
३२ साउन, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का महापुरुष चौलागाईं र सरस्वती चौलागाईं एक मात्र सन्तान छिन्, खुशी । विवाह गरेको लामो अन्तरालपछि जन्मिएकी उनी अहिले तीन वर्षकी भइन् । ‘छोरा होस् वा छोरी, एउटा भए पुग्छ । हामीलाई अब छोराको अपेक्षा छैन’, महापुरुष भन्छन् ।
यद्यपि घरपरिवार, आफन्तको जोड छ– ‘एउटा छोरा त चाहिन्छ ।’ चाहेजति सुख–सुविधा दिन नसक्ने हुनाले महापुरुष दम्पतीले अर्को सन्तानको चाहना राखेका छैनन् । ‘अर्को सन्तान जन्माउँदा न शिक्षा राम्रो दिन सकिन्छ, न बिरामी पर्दा स्वास्थ्य उपचार नै गर्न सकिन्छ’ उनी भन्छन्, ‘एउटा जसोतसो हुर्काइरहेका छौं, …
राज्य संलग्न मानव तस्करी प्रकरण : २७ वर्षमा ८७६ बालबालिका गायब
२५ जेठ, काठमाडौं । नेदरल्याण्डमा हुर्किएकी शान्ति चालिसेलाई परिवारका अन्य सदस्यभन्दा आफू फरक रङको भएकोमा जिज्ञासा लागिरहन्थ्यो । बुबाआमा र भाइहरू गोरा थिए । आफूचाहिं खैरो हुँदा उनलाई कहिलेकाहीं नराम्रो पनि लाग्थ्यो ।
तर, जब केही वर्षपछि परिवारमा आफ्नो जस्तै वर्णको अर्का बच्चा आइपुगे, त्यसपछि भने उनले नेपालको नाम सुनिन् । ‘त्यसबेला ऊ मभन्दा दुई वर्ष जेठो थियो, पटक–पटक शान्ति हामी नेपालबाट आएको हो भनिरहन्थ्यो’ उनी भन्छिन्, ‘ऊ नेपाल छँदाको फोटो हेर्न पनि भनिरहन्थ्यो ।’
‘बुबाआमाले त मलाई तँ अर्कैको छोरी होस् भनेका थिएनन्, तर एकदिन मैले उहाँहरूलाई हिम्मत गरेर सोधें’ उनले …
कुना कन्दरामा पुग्याे विकास तर रित्तिन छाेडेनन गाँउ वस्तीहरू
विकास गाउँ पस्यो; मानिस शहर। हिमाली र पहाडी क्षेत्रमा विकास र मानिसबीच बेजोडको लुकामारी छ। विकास थिएन; मानिसको चहलपहल गाउँ-बस्तीमा बाक्लो थियो। विगतको तुलनामा सडक-पुलपुलेसा बनेका छन्। बिजुली र सञ्चार सुविधा घर–घरमा पुगेको छ। टोल–टोलमा खानेपानीको पहुँच छ। विद्यालय र स्वास्थ्य चौकीहरू थपिएका छन्। धुले सडकहरू स्तरोन्नति हुँदैछन्।
कच्ची घरहरूलाई जस्तापाता र सिमेन्टका घरहरूले विस्थापन गरे। ठाउँ–ठाउँमा विद्युत्का पावर हाउस बने। विकासका सूचकहरू सकारात्मक बन्दैछन्। विगतको ‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने नाराले गाउँ विकासमा एउटा सकारात्मक सन्देश छर्यो ।
तीन तहका सरकार बनेपछि विकासले अझ गति लियो। तर विडम्बना गाउँ-बस्तीमा पूर्वाधारहरू थपिंदै …
लघुवित्त पीडित र मिटरव्याज पीडित काठमाडौंमा, प्रदर्शनले सडक अस्तव्यस्त
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका कारण शुक्रबार दिनभर राजधानीको जनजीवन अस्तव्यस्त बन्यो । सिफलचौरबाट बालुवाटारतर्फ गएका लघुवित्त पीडित र थानकोटबाट सिंहदरबारतिर आएका मिटरव्याज पीडितको मार्चपासका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । तर, सरकार भने रमिते बनिरहेको छ ।
कतिपयले आफ्नो घरायसी आवश्यकता पूर्तिका लागित कतिपय समूह तथा कतिपय अवस्थामा लघुवित्त कम्पनीहरुको कर कापमा परेर ऋणको भारी बोक्न बाध्य भएका लघुवित्त पीडितहरु यही फागुन ९ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनमा छन् । आर्थिक उन्नती होला कि भन्ने आसमा लिएको लघुवित्तको ऋणले उल्टै घरवास नै उठिवास लगाएको व्यथा राज्यलाई सुनाउन विभिन्न …
सहिद दिवस विशेषः सहिद र शहादतको मूल्यन की अवमूल्यन ?
१. शहिदः अहिले विश्व बजार तिर नलागौं, नेपाली बजारमा शहिद हुने र शहादत प्राप्त गर्नेको संख्या अब अगणित नै भइसकेको छ । जंगबहादुरको विरुद्ध आवाज बुलन्द गर्ने लखन थापा (वि.सं. १९३३) देखि राणा शासनकै विरोधी दशरथ चन्द, धर्मभक्त, गंगालाल र शुक्रराज (वि.सं.१९९७) का योगदान र बलिदानी बारे हामीले पढेरै आएका हौं।
देशका लागि आफ्नो ज्यानको बलिदान दिने व्यक्ति सहिद हुन् भन्ने बुझकै हौं ।। वि.सं. २००७ सालको आन्दोलनका अगणित सहिदहरु तथा विद्यार्थी नेता चिनियाँ काजी (वि.सं.२००८) , भिमदत्त पन्त (२०१० वि.सं.) हुँदै वि सं.२०१७ देखि २०४७ विचका दुर्गानन्द झा (२०१८) जनकपुर …
वर्षेनि ५० हजार नेपाली विदेश बसाइँ सर्ने गरेकाे तथ्य सार्वजनिक
३ माघ, काठमाडौं । दाङ घोराही-१४ का २४ वर्षीय नवीन केसी २०७५ साउन १८ मा अध्ययनका लागि अष्ट्रेलिया गए । विद्यार्थी भिसामा पाँच वर्षअघि पुगेका उनी बीचमा घर फर्किए । तर उनको मन यसपालि नेपालमा अडिएन ।
उनी लगत्तै फेरि अष्ट्रेलिया फर्किए । अष्ट्रेलियामै आइटी पढेका उनले पछि जागिर पनि उतै गरे । अनि नेपाली नागरिकता र पासपोर्ट त्यागेर उतैको पीआर लिए । पछि विवाह गरी श्रीमतीलाई समेत उतै लिएर बस्न थाले ।
२०७४ सालमा रुकुमपश्चिम, आठबिसकोटका वीरुबहादुर खत्री ८ महिनाको हण्डर खाँदै हिंडेरै तल्लोमार्ग हुँदै अमेरिका पुगे । आठ महिना डिटेन्सन …
पृथ्वी नारायण शाह र राष्ट्रिय एकता दिवस
जीवन परिचय:
वि.सं. १७७९ मा गोर्खा राज्यको युवराजकुमारको रूपमा जन्मेका पृथ्वीनारायण शाह पिता नरभुपाल शाह तथा माता कौशल्यावतीका ज्येष्ठ सुपुत्र थिए। आफ्नी जेठी आमा चन्द्रप्रभावती देवीबाट युद्धकौशल, घोडचढी, तरबार बाजी, राजनीति, कुटनीति, धर्नुविद्या आदि सिक्न सफल भएका उनी सानैदेखि तिछ्ण बुद्धि भएका चतुर ब्यक्ति थिए ।
वि.सं. १७९९ मा पिताको देहावसान भएपछि राजा बनेका उनी आफ्नो पिताको नुवाकोट आक्रमणको हारबाट टुक्रिएको सपनालाई बिपनामा बदल्ने साहस बटुले तर फेरि हारे विसं १८०० मा । कमजोर सैन्य शक्ति, जिर्ण र पुरातन हातहतियार, कमजोर अभ्यास, कमजोर भौगोलिक अध्ययन, आर्थिक अभाव आदिको कारण हार बेहोरेको …
