नेपालकै पहिलो नवग्रह मन्दिरको विशेषता वोकेको भजन गितको म्युजिक भिडियो सार्वजनिकः
एन. सन्चार, कावासोतीः नेपालकै पहिलो र विश्वमा दोश्रो दावी गरिएको नवग्रह मन्दिर अर्जुनचौपारी गाउपालिका १ केटीचौरमा निर्माण भएर अनुष्ठान समेत सम्पन्न भएको तमाम नेपालीजनमा सर्वविदितै छ ।
हिन्दु धर्ममा आस्था राख्ने जो कोहीले पनि कुनै पनि धर्म कार्य सम्पन्न गर्नुपर्दा नवग्रहको प्रतिमा स्थापना गरि पुजा आजा गर्न मान्यता रहि आएपनि अव भने नवग्रह पुजा विधिवत रुपमा नवग्रह मन्दिरमै गएर सम्पन्न गर्न पाइने भएपछि यस स्थानमा दैनिक जसो श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गरेको छ ।
१४४ वर्षपछी आउने महाकुम्भ मेला तथा महाशिवरात्रीको अवसर पारी अनुष्ठान सम्पन्न गरिएको सो नवग्रह मन्दिरमा करिव ५० हजार …
नवलपुरका १७ हजार किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने ।
सञ्जय भट्टराइ, माघ १७। नवलपुरमा १७ हजार किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने भएको छ ।
प्रदेश स्वास्थ्य कार्यालय नवलपुरले बिहिबार आयोजना गरेको कार्यक्रममा जिल्लाभर २ सय ३० विद्यालयका सहित कुल ३ सय २० खोप केन्द्रमा खोप अभियान सन्चालन गरिने प्रदेश स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिंहले जानकारी दिए । कक्षा ६ देखि १० सन्चालन भएका २ सय ३० विद्यालय र ९० वटा स्वास्थ्य संस्थामा दुई चरणमा गरेर खोप अभियान सन्चालन गरिने प्रमुख सिंहले जानकारी दिए ।
अभियानमा सबैभन्दा धेरै गैँडाकोट नगरपालिकामा ३ हजार ९ सय ४९ र सबैभन्दा …
विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।
माघ ११, कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ ।
क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको मालबाहक ट्रक पुल पार गर्ने क्रम्मा पुल एक्कासी भाँचिएको थियो ।
त्रिवेणी गाउँपालिका दुम्कीवासमा रहेको विनयी खोलाको पुल भाँचिएपछि तत्काल डाईर्भसन यातायात सुचारु गरिएकोमा अहिलेसम्म पुल मर्मतको काम नहुँदा यहाँ भएर यात्रा गर्नेहरुले सास्ती खेप्न बाध्य छन् ।
२ सय ४६ मिटर लम्बाईको पुलको भारवहन क्षमता एक एक्सल १० टन भएकोमा बढीमा ६० टन सम्म क्षमता रहेकोमा एक सय १० टन भार बोकेको …
एचपीभी खोप लगाउन किन जरुरी छ?
कावासोती । पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ। यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ। यसकै कारण हरेक वर्ष तीन लाख महिलाको ज्यान जाने गरेको छ।
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) यौन सञ्चारित रोगको सूचीमा पर्ने सबैभन्दा सामान्य समस्या हो। एचपीभी संक्रमण सङ्क्रमित व्यक्ति (पुरुष वा महिला)को सम्पर्कमा आउँदा हुन्छ । जसकारण शरीरका केही विशेष अङ्ग खासगरी यौनाङ्गमा मुसा बन्न थाल्छ । यदि यो भाइरस लामो समयसम्म शरीरमा रह्यो भने यसले क्यान्सर निम्त्याउन सक्छ। तर यस क्यान्सरबाट बच्न एचपीभी खोप लगाउन सकिन्छ ।
नेपालमा यही …
पेटको बासो घटाउन अत्यन्तै प्रभावकारी ५ योगासन ।
काठमाडौं । पेटको बोसो तपाईँको स्वास्थ्यको लागि मात्र नभई तपाईँको आत्मविश्वासको लागि पनि ठुलो चुनौती साबित हुन सक्छ । पेटको बोसो बढ्दा धेरै रोगको जोखिम पनि बढ्न सक्छ । तसर्थ, यदि पेटको बोसो बढेको छ भने यसलाई घटाउन महत्त्वपूर्ण छ । पेटको बोसो घटाउनको लागि केही योग आसनहरूको बारेमा जानौँ। यी योगासनहरू घरमै सजिलै गर्न सक्नुहुन्छ।
नौकासन : नौकासन पेटको बोसो घटाउने सबैभन्दा प्रभावकारी योगासन हो। यो आसनले तपाईँको पेट, तिघ्रा र हिप्सको मांसपेशीलाई बलियो बनाउँछ।
कसरी गर्ने : आफ्नो ढाडमा सुत्नुहोस् र आफ्नो घुँडालाई मोडेर आफ्नो खुट्टा भुइँमा राख्नुहोस्। अब तिघ्रामा हात राखेर …
छाला चिलाउने समस्या कुन भिटामिनको कमीले हुन्छ ?
काठमाडौं । छाला चिलाउँदा हामीलाई धेरै असहज महसुस हुन सक्छ । यो समस्या फंगल संक्रमणसहित धेरै कारणले हुने गर्छन् । छाला चिलाउने समस्या एक भागबाट सुरु भएर सम्पूर्ण भागमा फैलिन सक्छ । यस्तो अवस्थामा समयमै उपचार गर्नु निकै आवश्यक हुन्छ । छाला चिलाउने समस्या धेरै कारणले गर्दा हुन सक्छ । जस्तै कुनै खानाको एलर्जी, कुनै वस्तुको एलर्जी र कुनै औषधीको रियाक्सनले गर्दा पनि हुने गर्छ । यस बाहेक यदि हाम्रो शरीरमा केही भिटामिनको कमी भएमा पनि यो समस्या देखिने गर्छ । हाम्रो शरीरमा कुन भिटामिनको कमीले छाला चिलाउने समस्या आउने गर्छ । …
राती फुल्ने बिहानै झर्ने, औषधीय गुणले भरिपूर्ण पारिजात ।
काठमाडौं । राती फुल्ने र बिहानै झर्ने बिरुवा पारिजातको फूल औषधीय गुणले भरिपूर्ण हुन्छ भन्दा तपाईंलाई पत्यार नलाग्ला । तर, जसलाई पवित्र फूलको रुपमा घरघरमा रोपिन्छ यसमा औषधीय गुण भरिपूर्ण हुन्छ ।
पारिजातलाई चमेली फूलसँग तुलना गरिने पारिजात सुन्दरता र सुगन्धका लागि पनि प्रसिद्ध छ । रातमा फूल्ने र बिहानै झर्ने विशेषताका कारण यसलाई ‘क्वीन आफ दी नाइट’ पनि भनिन्छ ।
यो बिरुवाले घर र बगैंचाको सौन्दर्य मात्र बढाउने काम गर्दैन । यसको मिठो सुगन्धले सम्पूर्ण वातावरणलाई ताजगी बनाउन मद्दत गर्छ । नेपालीहरुको घरघरमा रोपिने सुगन्धित पारिजातको औषधीय गुणबारे अनभिग्य हुँदा यतिकै खेर …
जाडाेमा ताैल कम गर्न के गर्ने ?
काठमाडौं । कम तौल भएका मानिसहरुका लागि जाडो मौसम राम्रो हुन्छ । तर मोटोपना भएका मानिसका लागि जाडो मौसम समस्या बन्न सक्छ । वास्तवमा जाडोमा दिन छोटो र रात लामो हुन्छ । यो अवस्थामा शारीरिक गतिविधि कम हुन्छ । जाडो मौसममा मानिसहरूले धेरै खानेकुरा खाने गर्छन् जसले गर्दा मोटोपना बढ्न जान्छ ।
मानिसको धेरैजसो समय घरभित्रै बित्छ, जसका कारण तौल बढ्ने समस्या हुन सक्छ । जाडोका अधिकांश खानेकुरामा उच्च कार्बोहाइड्रेट र मीठो चिज पनि प्रशस्त हुन्छ, जसका कारण तौल बढ्ने खतरा हुन्छ । यस्तो अवस्थामा सबैले आजभोलि खानपान र शारीरिक क्रियाकलापमा …
रिससँगै डर र तनाव महसुस गर्नुहुन्छ ? ख्याल गर्नुहाेस, न्युरोसीसको लक्षण हुनसक्छ !
काठमाडौं । आज भोलिको व्यस्त जीवन शैलीमा प्राय मानिसहरु तनाव र समस्याहरूले घेरिएका हुन्छन् । जसले उनीहरुको मानसिक स्वास्थ्यमा निकै नराम्रो प्रभाव पार्ने गर्छ । यस्ता धेरै व्यक्तिहरु छन् जो मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूसँग संघर्ष गरिरहेका छन् ।
जसको प्रभाव उनीहरूको दैनिक व्यवहार र कार्य उत्पादकतामा पनि देखिने गर्छन् । यस्तै एउटा मानसिक स्वास्थ्य समस्या छ जसले मानिसहरु धेरै रिसाउने र डराउने गर्छन् । जसलाई हामी न्युरोसीस भन्ने गछौँ । यो एक प्रकारको मानसिक विकार हो ।
यो मानसिक रोगबाट पीडित व्यक्तिले निराश, चिन्तित, तर्कहीन र एक्लोपन महसुस गर्ने गर्छन् । मनोवैज्ञानिकहरूका अनुसार …
जिल्ला स्वास्थ कार्यालय तनँहुको आयोजनामा सर्पदंश सम्वन्धी आधारभुत तालिम सम्पन्न ।
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश उपचार केन्द्रमा कार्यरत कर्मचारीका लागी आधारभुत तालिम कार्यक्रम सम्पन्न भएको छ ।
मंसिर २३ गते बाट देवचुली नगरपालिका स्थित दलदलेमा रहेको सहारा पार्टिै प्यालेसमा आयोजना गरिएको सो तालिम मंसिर २५ गते मंगलवार सम्पन्न भएको हो ।
जिल्ला स्वास्थ कार्यालय तनहुको आयोजना तथा व्यवस्थापनमा सन्चालित सो तालिम कार्यक्रममा सिनियर टक्सिनोलोजिष्ट डा. छविलाल थापा, मध्यविन्दु जिल्ला अस्पतालका मे.सु डा. रमेश अधिकारी, वायोलोजिष्ट कमल देवकोटा, एनपिआइ कालिगण्डकी अस्पताल कावासोतीका एनेस्थेसियोलोजिष्ट डा. तृप्ति देवकोटा, डा. विक्रम तिवारी लगायतले तालिममा सर्पदंश सम्वन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
सर्पदंश उपचारमा संलग्न …
चिसोबाट ओठलाई जोगाउन यसो गर्नुहोस्
काठमाडौं । जाडो मौसम सुरु भइसकेको छ । यो मौसममा धेरै मानिसहरुलाई ओठ फुट्ने समस्याले सताउने गर्छ । जाडो याममा चिसो हावाका कारण छाला सुख्खा हुने भएकाले ओठ फुट्न थाल्छ । यस समस्याबाट बच्नका लागि धेरै घरेलु तथा आयुर्वेदिक उपायहरू उपलब्ध छन् । यी उपाय अपनाएर ओठलाई नरम राख्न सकिन्छ ।
घिउ वा मक्खन लगाउने : घिउ र मक्खन दुवै छालाको लागि धेरै राम्रो हुन्छ । जाडोमा राती सुत्नुअघि ओठमा घिउ वा बटर लगाउनुहोस् । यसले प्राकृतिक मोस्टराइजरको रूपमा काम गर्छ ।ओठलाई नरम बनाउन मदत गर्छ ।
मह : मह सिधै ओठमा लगाउनुहोस् र केही समय पछि …
नवलपुरको अग्यौली खानेपानी सस्था प्रदेशकै उत्कृष्ट घोषित
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती वडा नं. १६ डण्डामा रहेको अयौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गण्डकी प्रदेशकै उत्कृष्ट घोषित भएको छ ।
खानपानी तथा ढल व्यवस्थापन विभागले आफ्नो ५३औं स्थापना दिवसका अवसर पारेर मंगलबार प्रमाण पत्रले सम्मान गरेको संस्थाले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
सरकारले राखेका सबै मापदण्ड पूरा गरेकाले उत्कृष्ट बन्न सफल भएको संस्थाका कार्यवाहक अध्यक्ष गोपाल श्रीपाइलीले जानकारी दिए । २४सै घण्टा डबल फिल्टर गरिएको पानी वितरण गरेको, पाँच युनिटभन्दा कम पानी उपभोग गर्ने ६ सय घरधुरीका उपभोक्तालाई न्यूनतम महसुल निशुल्क गरेको, महिलाको …
तनावजन्य रोगबाट मुक्तिका लागी याेगा ।
नयाँ नयाँ प्रविधिको माध्यमबाट दैनिक जीवन सहज भए पनि वा आधुनिक उपचारको माध्यमबाट रोगहरुका कारण हुने अकाल मृत्युबाट जोगिए पनि मानिसहरु तनावबाट भने मुक्त हुन सकेका छैनन् । बरु व्यक्तिगत शारीरीक, सामाजिक कारणले तनावमा रहेकाहरुको संख्यामा वृद्धि भइरहेको छ ।
उपभोक्तावाद एवं भौतिकवादले निम्त्याएका असीमित चाहना र सामाजिक अन्तर सबन्धहरुका कारण पनि तनावहरु पनि थपिने क्रम बढ्दो छ ।
तनाव भनेको खासगरी व्यक्तिको चेतन मस्तिष्कले अनुभूत गरिने अवस्था हो, जसलाई मानसिक अस्वस्थता या सन्तुलनमा विचलन पनि मान्न सकिन्छ । चित्तमा पैदा हुने क्लेषहरुका कारण मनमा तनाव पैदा हुन्छ भने कुनै शारीरिक, आर्थिक, …
गर्भावस्थामा ग्यास्ट्रिकले सतायो, के गर्ने ?
गर्भावस्था संवेदनशील र महत्वपूर्ण अवस्था हो । यो समयमा हर्मोनको गडबडले स्वास्थ्यमा विभिन्न समस्या देखिन्छ । स्वास्थ्य समस्या देखिएमा कुनै पनि औषधि खाँदा विशेष सावधानी अपनाउनुपर्छ ।
‘ओभर द काउन्टर’ मनलाग्दी औषधि त खानै हुँदैन । किनकि औषधिको डोजले यो समयमा अन्यबेला बढी समस्यामा पार्न सक्छ । आमालाई मात्र होइन, गर्भमा रहेको बच्चालाई समेत नकारात्मक असर पार्ने हुँदा सजग हुनैपर्छ ।
गर्भावस्थामा सबैभन्दा बढी सताउने समस्या ग्यास्ट्रिक पनि हो । ग्यास्ट्रिकले सताएपछि गर्भवती महिलालाई अब के गर्ने ? औषधि खान मिल्ने हो कि होइन, के ग्यास्ट्रिकले नै असहज गराइरहेको हो त ? …
वर्षामा हुनसक्छ यस्तो संक्रमण, के छ घरेलु उपचार विधी
अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये पनि खुट्टाको औंलाको कापमा संक्रमण हुन्छ । यसलाई चलनचल्तीको भाषामा, हिलोले खाएको पनि भनिन्छ ।
फोहोर पानी, हिलोको कारण मात्र नभई, खुट्टा पानीमा भिजेर ओसिलो हुँदा पनि यस्तो समस्या देखिन सक्छ । खुट्टाको औंलाको कापमा हुने संक्रमणले चिलाउने, सुन्निने हुन्छ । यसलाई वेवास्ता गर्दा हिँड्नै गाह्रो हुने वा जुत्ता लगाउनै नसकिने गरी समस्या ल्याउँछ । त्यसले यस्तो संक्रमणबाट बच्न सावधानी अपनाउनु पर्छ ।
खुट्टाको औंलाको कापमा हुने फंगल इन्फेक्सनबाट बच्न अस्पताल धाइरहनु पर्दैन, घरेलु विधीबाट पनि उपचार गर्न सकिन्छ ।
– यसबाट बच्नका लागि खुट्टालाई …
नवलपुरमा डेंगु संक्रमण बढदो, सबै भन्दा धेरै गैँडाकोटमा
कावासोती । नवलपुरमा डेंगुको संक्रमण दिनदिनै बढ्दो छ । हालसम्म जिल्लामा डेंगुबाट एकसय ५८ जना संक्रमित भएका र एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयले दिएको तथ्यांकअनुसार ७४ जना महिला र ८४ जना पुरुषमा डेंगु संक्रमण देखिएको हो । संक्रमितमध्ये सबैभन्दा धेरै गैंडाकोट नगरपालिकामा ४३ जना रहेका छन् ।
त्यस्तै, देवचुली नगरपालिकामा ३२, जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा २९ जना, मध्यविन्दु नगरपालिकामा २०, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा १६–१६ जना र बुलिङटार गाउँपालिकामा २ जनामा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो …
डेंगुका बिरामीले भरिन थाले अस्पतालहरू ।
७ असोज, काठमाडौं । पछिल्लो एक हप्तादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा डेंगुका बिरामीको चाप बढ्दो छ ।
आइतबार मात्रै आकस्मिक कक्षमा १७ जना डेंगुका बिरामी भर्ना भए । ‘हिजो बेलुका आकस्मिक कक्षको सबै बेड भरियो । प्यासेजमा राखेर उपचार गनुपर्यो’, आकस्मिक कक्षका इन्चार्ज भालेश्वर यादवले अनलाइनखबरसँग भने ।
पछिल्लो १० दिनयता डेंगु संक्रमितको संख्या ह्वातै बढेको छ । टेकु अस्पतालको तथ्यांक अनुसार असोज १ गते– ११, २ गते –३ , ३ गते –२३, ४ गते –२८, ५ गते – १९ र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना …
के हाे मिसोफोनिया ? यस्ताे छ उपचार विधि ।
ढोका खोल्दा वा बन्द गर्दा, चर्को स्वरमा कुरा गर्दा, सवारीसाधन गुड्दा वा सुतेको बेला कसैले घुर्दा आउने आवाज धेरैका लागि सामान्य लाग्छ । तर हामीमध्ये केहीलाई यी आवाजले तनाव दिन्छ । झर्को लगाउँछ, रिस उठ्छ । एकछिन पागल झैं बनाउँछ । न प्रभावित व्यक्तिलाई किन यस्तो भएको थाहा हुन्छ न त उसको समस्या अन्य कसैलाई पत्तो हुन्छ ।
यस्तो समस्यालाई विज्ञले मिसोफोनिया वा सेलेक्टिभ साउन्ड सेन्सिभिटी सिन्ड्रोम नाम दिएका छन् ।
मिसोफोनिया कस्तो समस्या ?
यो एक मनोरोग हो । जुन भावनात्मक कारणले गर्दा कुनै आवाजलाई सहन कठिन हुन जान्छ । यो समस्या हुँदा …
यसरी गर्न सकिन्छ नवजात शिशुको उचित हेरचाह ।
काठमाडौं । नवजात शिशुको उचित हेरचाह गर्न नजान्दा समस्या निम्तिन सक्छ । नवजात शिशुको उचित हेरचाह कसरी गर्ने भनेर पहिलोपटक आमाबाबु बनेका र उनीहरुका परिवार इन्टरनेटको सहारा पनि लिन खोज्छन् । तर इन्टरनेटमा पाइने थरिथरिका सुझावले झन् अलमलमा पर्छन् । के सही र के गलतबीचको भिन्नता नै बुझ्दैनन् । यस्तो अवस्थामा नवजात शिशुको हेरचाहको सन्दर्भमा कुन कुरामा ध्यान दिन आवश्यक हुन्छ रु यहाँ हामी केही कुरा भन्न गइरहेका छौं ।
दूध खुवाउनेः
अपरिपक्व शिशुले अरु सामान्य शिशुले जस्तै सजिलै आमाको दूध खान सक्दैन । त्यसैले अपरिपक्व अवस्थामा जन्मिएको शिशुले आमाको दूध थोरै मात्र …
झुक्कियर पनि नखानुस यस्ता परिकार मृत्युको मुखमा पुर्याउन सक्छ ।
काठमाडौं । संसारमा धेरै ठाउँहरू छन् । सबै ठाउँको आ–आफ्नै खानपान र रहनसहन हुन्छन् । ठाउँ अनुसारको आ–आफ्नै विशेष परिकार पनि हुन्छन्, जसलाई मानिसहरूले स्वादका लागि खाने गर्छन् ।
तर केही परिकार यस्ता पनि हुन्छन् जुन स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ । यस्तै एउटा अनौठो परिकार दक्षिण एसियाका मानिसहरुले खाने गरेका छन् । यो परिकार स्वादमा मिठो भए पनि स्वास्थ्यको लागि एकदमै हानिकारक मानिन्छ, जसको सेवनले वर्षेनि हजारौं मानिसको ज्यान जाने गरेको छ ।
ओडिटी सेन्ट्रल वेबसाइटको रिपोर्टका अनुसार यो थाइल्यान्डको विशेष परिकार हो, थाइल्यान्डको खोन केन नामक प्रान्तका मानिसहरूले यो परिकारलाई खाने …