अरु पार्टीका उम्मेद्वार भोट माग्न हिँडिरहेको बाटो पनि नेकपा एमालेकै जनप्रतिनिधिहरुले बनाएको एमाले नेता महतको दावि
माघ १७, कावासोती ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं नवलपुर इन्चार्ज तिलक महतले अरु पार्टीका उम्मेद्वारहरु जुन बाटोमा हिँडेर भोट माग्दै हुनुहुन्छ, त्यो सडक एमालेका जनप्रतिनिधिहरुले नै बनाएको बताउनुभएको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १ का स्वर्गिय वडाध्यक्ष तवारक अहमद मियाको स्मृति सभालाई सम्बोधन गर्दै महतले नयाँ भनिनेहरुले पनि पूरानाहरुले नै बनाएका भौतिक संरचनाहरुकै विचमा भोट माग्न पुगिरहेको दावि गर्दै स्वर्गिय मियाले देखेको सपना पूरा गर्नकालागि पनि नेकपा एमालेकै सरकार बन्नुपर्ने बताउनुभएको हो ।
नवलपुरको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेद्वार समेत रहनुभएका महतले स्वर्गिय मियाले कावासोती …
आज सहिद दिवस/सिद्धार्थ आवासीय मावि कावासोतीमा सहिद दिवस विषेश कार्यक्रम सम्पन्न
माघ १६, कावासोती ।
प्रजातन्त्रका लागि प्राण आहुित दिने शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै यो वर्ष पनि शुक्रबार(आज) शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन शहीद दिवस मनाइन्छ । कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन शुरु गरिएको हो । विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ …
हुप्सेकोट गाउँपालिकामा उत्कृष्ट १० उद्यमलाई रु एक लाख नगद सहित सम्मान
माघ १५, कावासोती ।
हुप्सेकोट गाउँपालिकाका हजारौँ उद्यम मध्य उत्कृष्ट १० उद्यमलाई रु एक लाख नगद सहित सम्मान गरिएको छ । विभिन्न विधाका उत्कृष्ट ९८ उद्यम मध्यबाट पनि सर्वोत्कृष्ट बन्न सफल उद्यमहरुलाई नवलपुरको हुप्सेकोट गाउँपालिकामा बुधबार भएको “उत्कृष्ट १० उद्यम घोषणा कार्यक्रम” मार्फत सम्मान गरिएको हो । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, हुप्सेकोट गाउँपालिका र दायित्व संस्था विच त्रिपक्षिय साझेदारिमा सञ्चालन भैरहेको वृद्धिमुखि उद्यमशिलता तथा रोजगारि प्रवर्धन अन्तर्गत “उत्कृष्ट १० उद्यम घोषणा कार्यक्रम” गरिएको दायित्व संस्थाका फिल्ड अधिकृत लक्ष्मण ठाडाले जानकारी बताउनुभयो ।
गाउँपालिकामा आँफुलाई उत्कृष्ट दावि गर्दै परेका फरक फरक …
नवलपुरका दुई निर्वाचन क्षेत्रमा ३७ जनाको उम्मेद्वारी/कस्को पल्ला कति भारी ? के भन्छन् उम्मेद्वारहरु ? (भिडियो सहित)
माघ ७, कावासोती ।
आउँदो फाल्गुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनकालागि नवलपुरका दुई वटा निर्वाचन क्षेत्रमा जम्मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा जम्मा १९ जना र क्षेत्र नम्बर २ मा १८ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयको निर्वाचन अधिकृत सिता अधिकारीले बताउनुभएको हो । निर्वाचन क्षेत्र नम्बर १ मा १९ जना र क्षेत्र नम्बर २ मा १८ जनाले मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नम्बर १ मा ४ जना स्वतन्त्र उमेदवार सहित १४ राजनीतिक दल मध्ये नेपाली कांग्रेसबाट यस क्षेत्रमा २ जनाको …
भद्रपुर विमानस्थलमा बुद्ध एयर दुर्घटनाका सबै यात्रु सुरक्षित
१८ पुस, काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट दुर्घटनामा परेको एयरको विमानमा सवार सबै सकुशल रहेका छन् ।
९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए ।
उनीहरू सबै सकुशल रहेको र विमानबाट उद्धार भइसकेको छ ।
बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार, अवतरणका क्रममा धावनमार्गबाट जहाज चिप्लिएको हो । प्राविधिकसहितको टोली अहिले काठमाडौंबाट भद्रपुरतर्फ आजै पठाउन लागेको पनि उनले जानकारी दिए ।
समानुपातिक उम्मेदवार सुचिमा नवलपुर : कांग्रेसबाट १, एमालेको ४० आकांक्षि अन्यौलमै, रास्वपाबाट शुन्य
दीपेन्द्र रेग्मी, पुष १६, कावासोती ।
आगामी २१ फागुनमा हुने निर्वाचनमा ६४ वटा दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगका अनुसार ५४ दलले आ–आफ्नो निर्वाचन चिह्नमा र १० दलले चारवटा एकल निर्वाचन चिह्नमा निर्वाचनमा भाग लिने भएका छन् । समग्रमा ६४ दलले ५८ वटा निर्वाचन चिह्नमा समानुपातिकतर्फ प्रतिस्पर्धा गर्ने भएका हुन् । नेपालको संविधानअनुसार पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिकतर्फ ११० जना निर्वाचन हुने व्यवस्था छ । आयोगले निर्वाचनको तयारी स्वरुप सात वटै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने निर्वाचन कार्यालय पनि खोलिसकेको छ । …
“कानुनले न्याय दिलाउँछ, तर स्वास्थ्यले जीवन बचाउँछ” : महतो(भिडियो सहित)
दीपेन्द्र रेग्मी, पुष ४, कावासोती ।
नवलपरासि(वर्दघाट सुस्ता पूर्व) जिल्लाको समथर भुभाग, खेत–खलियान र सानो बस्तीको बीचमा बसेको एउटा सामान्य थारु परिवारमा रातन्त्रात्मक शासन रहेको समयमा ओम महतोको जन्म भयो ।
घरको आर्थिक अवस्था बलियो थिएन, तर बाबुआमाको मनमा एउटा अटुट विश्वास थियो—छोरा पढ्नुपर्छ, पढेर केही बन्नुपर्छ ।
गाउँमै उच्च शिक्षाका लागि राम्रो स्कुल थिएन । प्राथमिक तह त जसोतसो गाउँमै पढे, तर त्यसपछि हरेक वर्ष चुनौती थपिँदै गयो । किताबभन्दा बढी उनी अभावसँग लड्दै हुर्किए । बिहान खेतको काम, दिउँसो पढाइ, बेलुका घरधन्दा—यही चक्रमा उनको बाल्यकाल बित्यो ।
गाउँमा पढाइको …
आखिर किन मारे छोराले बाउ(भिडियो सहित)
मंसिर ११, कावासोती ।
हुप्सेकोटमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका–१, जुगेपानीमा छोराको कुटपिटबाट ६० वर्षीय राम बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो । तीस वर्षीय छोरा सन्त कुमार विकले घरायसी विवादको कारण झगडा हुँदा गएराति बुबालाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते बुबाको उपचारको क्रममा राति मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा ज्यान गएको प्रहरी नायव उपरीक्ष नेपालले बताउनुभयो । बुबालाई कुटपिट गर्ने छोरा सन्त कुमार बिक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो । मृतकका छिमिकेलि मदिरा सेवन …
११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागी एमाले नवलपुरमा १५ सदस्यकालागि ७५ जनाको उम्मेद्वारि
दीपेन्द्र रेग्मी, मंसिर ११, कावासोती ।
नेकपा एमालेको ११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागी नवलपुरमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । यहि आउँदो मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि प्रतिनिधि चयनमा एमालेले यस पटक स्पष्ट मापदण्ड लागू गरेको छ । पार्टीले बनाएको नियमअनुसार, सदस्य संख्या अनुसार क्लस्टर छुट्याइको र सोही आधारमा जिल्लाबाट जाने प्रतिनिधिको संख्या निर्धारण गरिएको छ । क्लस्टर अनुसार चयन गरिएको प्रतिनिधिले महाधिवेशनमा मताधिकार प्रयोग गर्न पाउने नियम रहेको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं. १, २ र दलित मुक्ति समाजबाट समेत गरि भूगोल …
चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत
कात्तिक २५, कावासोती । चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत भएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले ‘केबल–स्टेड’ डिजाइनमा निर्माण हुने उक्त पुलको डिजाइनलाई स्वीकृति दिएको छ । २०० वर्षसम्म टिक्ने र ठुलो बाढी तथा पानीजहाज सञ्चालनलाई समेत ध्यानमा राखेर डिजाइन गरिएको यो पुलको निर्माण मंसिरदेखि सुरु हुनेछ ।
महाशाखाका इन्जिनियर अमितकुमार बर्माका अनुसार असोज अन्त्यतिर पुलको डिजाइन स्वीकृत भएको थियो । डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य अघि बढाउने तयारी भइरहेको छ ।
२०८० जेठ १९ गते तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड ७६ …
कावासोतीमा स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते
नवलपुर , कात्तिक १७ – कावासोती नगरपालिका–३ सभापतीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज साँझ स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते भएका छन्।
दुम्किबासबाट नारायणगढतर्फ जाँदै गरेको ना ४३ प १०१७ नम्बरको स्कुटर र बाटो क्रस गर्दै गरेको ग.प्र.०४–००१ ह ०१७७ नम्बरको अटो एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक सरकार क्षेत्री (३३ वर्ष), चितवन महानगरपालिका–१३ र पछाडि सवार निता थापा बरुवाल (३२ वर्ष), माडी नगरपालिका–५ घाइते भएका छन्। दुवैजनाको दाहिने हात, खुट्टा, औंला, घुँडा तथा छातीमा चोट लागेको र उनीहरूलाई उपचारका लागि कालिगण्डकी अस्पताल कावासोतीमा भर्ना गरिएको …
पिठौलिको ऐतिहासिक हरिबोधनी मेलामा चर्चित कलाकारहरुको प्रस्तुती रहने ।
विजय ढकाल, कावासोती : पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १२ पिठौलीको नारायणी नदी किनारमा अवस्थित पिठौली चौरमा यो वर्ष पनि ऐतिहासिक हरिबोधनी एकादशी मेला तथा विविध सांस्कृतिक कार्यक्रमहरू भव्य रूपमा आयोजना हुँदैछ।
बर्सेनि लाग्ने यो मेलाले स्थानीय तथा आसपासका जिल्लाबाट हजारौं भक्तजन र पर्यटकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ।
पिठौली हरिबोधनी एकादशी मेला लामो समयदेखिको धार्मिक–सांस्कृतिक परम्परा हो। नारायणी नदीको पवित्र किनारमा दशकौंदेखि मनाइने यो मेला भगवान विष्णुको चार महिनाको योगनिद्राबाट जागरणको प्रतीक हो।
स्थानीय विश्वासअनुसार, नारायणी स्नानले पापमोचन र मोक्ष प्राप्त हुन्छ। विगतका वर्षहरूमा पनि यो मेलामा नारायणी घाटहरू (पिठौली, शिख्रौली, घुमारी, गुन्द्रही …
नवलपुर प्रहरीको पेट्रोल पम्प सञ्चालनमा
कात्तिक २ गते । नेपाल प्रहरीले नवलपुरको कावासोतीमा निर्माण गरेको अत्याधुनिक सुविधा युक्त प्रहरी कल्याण कोष नमुना पेट्रोल पम्प आजदेखि सञ्चालनमा आएको छ ।
आज एक कार्यक्रमका बिच प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पेट्रोल पम्प उद्घाटन गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्गले शिलालेख अनावरण तथा रिबन काटेर उद्घाटन गरे लगत्तै उपभोक्ताले पम्पमा सेवा लिएका छन् ।
कावासोती –२ स्थित जिल्ला प्रहरी कार्यालयको नाममा रहेको खूल्ला मैदानका नामले परिचित ठाउँमा एक बिगाहा २ कठ्ठा १७ धुर जग्गामा पेट्रोल पम्प निर्माण गरिएको हो ।
उद्घाटनपछि सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरीले प्रहरीले सञ्चालन गर्ने पेट्रोल …
“भविष्यलाई दिशा दिने तालिम” सम्पन्न
एन. सन्चार । कावासाेतीकाे वाइज भिजन विद्यालयमा “करिअर परामर्श तथा व्यक्तित्व विकास तालिम” सम्पन्न भएकाे छ । सरल नेपाल नवलपुरद्वारा आयोजित कार्यक्रम समिर लामिछानेको अध्यक्षतामा तथा कावासोती नगरपालिका–११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
कावासाेती १२ पिठाैलीमा सन्चालित वाईज भिजन वाेर्डङ्ग स्कुलमा पिठौलीका विद्यार्थीहरूका लागि आयोजना गरिएको उक्त तालिमले विद्यार्थीहरूमा जीवन मूल्य, करिअर योजना तथा व्यक्तित्व विकासप्रतिको चेतना अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा वडा कार्यसमिति सदस्य केवल चौधरी, विद्यालयका प्रधानाध्यापक तिलक चन सापकोटा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सागर गुरुङ लगाएत सहभागी थिए । प्रमुख प्रशिक्षकको …
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
१९ असोज, काठमाडौं। असोज १७ र १८ गते आएको बाढीले विभिन्न स्थानमा नदी नियन्त्रणका लागि बनाइएको १ हजार ५०० मिटर तटबन्ध कटान भएको छ । यसबाट करिब १० करोड क्षति भएको प्रारम्भिक अनुमान छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार कन्काई नदीले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरेको छ ।
यसबाट होकलबारी गाउँको करिब १ सय १४ घरबारी डुबानमा परेको छ भने ५०० हेक्टर धान खेतमा क्षति भएको छ ।
साथै झापा गाउँपालिका– २ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ …
बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना,७ जना बेपत्ता
१९ असोज, काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।
नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ ।
जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । प्रहरीका अनुसार, इलाममा १ …
जेनजी आन्दोलनमा तोडफोड गर्नेलाई कारवाही नगरे प्रहरी प्रशासनलाई असहयोग गर्ने नवलपुरका जनप्रतिनिधिको चेतावनी
बोमलाल गिरी : नवलपुर, असोज ११ गते । नवलपुरका सम्पूर्ण जनप्रतिनिधिले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा व्यक्तिका नीजि घर तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कारवाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले शनिवार प्रजिअ भविश्वर पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै तत्काल दोषीलाई पक्राउ गरी कारवाही नगरे सम्पूर्ण जनप्रतिनिधिले प्रहरी प्रशासनलाई असहयोग गर्ने चेतावनी पनि दिएका छन् ।
गण्डकी प्रदेशका मन्त्री, पूर्व मुख्यमन्त्री, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, विभिन्न पालिका प्रमुखहरु, उपप्रमुखहरु र वडाध्यक्षसहित जिल्ला प्रशास कार्यालय पुगेर उनीहरुले जेनजी आन्दोलनका नाममा आतंककारी …
कावासाेतीमा चक्कु प्रहार गरी श्रीमतीकाे हत्या
कावासाेती। नवलपुरको कावासोतीमा आज साँझ श्रीमानले आफ्नी श्रीमतीको चक्कु प्रहार गरी हत्या गरेका छन्।
कावासोती–८ बस्ने ४५ वर्षीय सूर्य पाण्डेले आफ्नी श्रीमती ३८ वर्षीया सगींता पाण्डेमाथि घरायसी बिबादका कारण धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्या गरेलगत्तै अभियुक्त पाण्डे जिल्ला प्रहरी कार्यालय नवलपुरमै पुगेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियाे ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्याङ्गजा अर्जुनचौपारी नवलपुर सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा चौथो बार्षिक साधारण सभा सम्पन्न
एन. सन्चार, कावासाेती । स्याङ्गजा अर्जुनचौपारी नवलपुर सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा चौथो बार्षिक साधारण सभा सम्पन्न भयको छ । कावासोती २ मा अवस्थित नर्मद्देश्वर शिवालय मन्दिरको जेष्ठ नागरिक सभाहल मा सो कार्यक्रम सम्पन्न भयको हो ।
सस्थाका अध्यक्ष आत्माराम चापागाइको अध्यक्षतामा आयोजित कार्यक्रम मा सस्थाका जेस्ठ नागरिक ९८ बर्शिय टिकाराम गोतामे प्रमुख अतिथि रहनुभयको थियो ।
विशिष्ठ अतिथीकाे रूपमा रहनुभएका कावासाेती १२ का निवर्तमान वडाध्यक्ष खेम प्रसाद काफ्लेले व्यानर बाचन गरि कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे थियाे । वरिष्ठ उपाध्यक्ष शसिधर चापागाइकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे सन्चालन सचिव वेद प्रकास काफ्लेले गर्नुभएकाे थियाे …
नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा
कावासोती । नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, सेती, हेमवती वा शैलपुत्री नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन शैलपुत्रीको पूजा तथा आराधना गर्ने प्रचलन छ ।
कथाअनुसार दक्ष प्रजापतिले आयोजना गरेको विशाल यज्ञमा भगवान् शंकर र शतिदेवीलाई निमन्त्रणा दिइएन । बाबुले गरेको यज्ञमा सहभागी हुन चाहनुभएकी शतिदेवीलाई श्रीमहादेवले रोके पनि उनी आफ्ना आमा र बहिनीहरूसँग भेट गर्न भन्दै यज्ञस्थल पुगेकी थिइन् । त्यहाँ उनलाई अपमान गरिएको र …
