सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन प्रक्रिया सुरू गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि बजेट लेखन समिति गठन गरेर औपचारिक रुपमा प्रक्रिया अघि बढाएको हो । 

 

आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्ने र बजेटका सिद्धान्त एवं प्राथमिकता निर्धारण गर्ने गरी समिति गठन गरेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेय बताउँछन् ।
‘मन्त्रालयले बजेट लेखन समिति गठन गरेसँगै प्रक्रिया सुरू भएको छ । बजेट समितिलाई निश्चित टीओआर समेत दिएको छ । अब उक्त समितिले बजेट लेखनको काम सुरू गर्छ,’ उनले भने । उनले …

नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ

काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको एक साताभित्रै गृह प्रशासनले आक्रामक कदम चालेको छ । नवनियुक्त गृहमन्त्री सुदन गुरुङले कार्यभार सम्हालेको सात दिनभित्रै पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र सांसदसहित आठ जना प्रभावशाली व्यक्तिहरू पक्राउ परेका छन् ।

गत चैत १३ गते गृहमन्त्रीको शपथ लिएका गुरुङले पदभार सम्हालेको २४ घण्टा नबित्दै ठुला राजनीतिक व्यक्तित्वहरूमाथि कारबाही अघि बढाएका हुन् ।

गृहमन्त्रीले शपथ लिएको भोलिपल्टै अर्थात् चैत १४ गते जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए । सोही दिन बलात्कार सम्बन्धी कसुरमा नेकपा …

कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए

काठमाडौँ । कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा रहँदै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी हुन् ।  पीडित युवतीले एक वर्ष अगाडी कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी छिन् । 

घटनाबारे प्रस्ट पार्दै उनले भनेकी छिन्– ‘कुराकानी हुँदै जाँदा सागर लम्सालले “तिमी बसेको ठाउँ हेरौँ न त” भन्नुभयो। मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने, दाइ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ। अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको कुरा निस्कियो। मैले आफ्नो संघर्ष सबै साझा गरेँ—रोएँ, भनेँ, कति गाह्रो भइरहेको छ भनेर। मलाई …

आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

२० चैत, काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि खसेको अवशेष लागेर ७ नेपाली नागरिक घाइते भएका छन् ।
आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ नेपालीको अवस्था सामान्यदेखि मध्यम खालको छ । एक नेपाली भने गम्भीर घाइते भएको गल्फ न्युज डटकमले जनाएको छ । सो घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन् ।
घाइतेहरुको नामावली भने सार्वजनिक भएको छैन ।
संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको जनाएको छ । ती अवरोधका क्रममा खसेका …

२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा

१८ चैत, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डको अनुसार बिहीबार (भोलि) देखि सुरु हुने परीक्षाको तयारी पूरा भएको हो ।
शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता परीक्षा हुनुपर्ने हो । तर २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा धकेलिएको हो ।

‘तयारी सकिएको छ । भोलि परीक्षा हुन्छ । प्रदेश र जिल्लासँग हिजो भर्चुअल बैठक पनि भयो । सबै तयारी पूरा भएको ७७ वटै जिल्लाबाट जानकारी आएको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने ।

उनका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । केन्द्राध्यक्षहरू पनि …

निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।

१८ चैत, काठमाडौं । बालेन्द्र साह नेतृत्वमा गत शुक्रबार करिब दुई तिहाइ बहुमतको सरकार बनेपछि लगानीकर्ता उत्साहित बनेका थिए भने आइतबारदेखि सेयर बजारमा थप उत्साह आउने अपेक्षा पनि गरेका थिए ।
तर, सरकार बनेलगत्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि एमालेले सडक आन्दोलन सुरु गर्‍यो । जसबाट मुठभेड हुने डरले सेयर बजारमा उल्टो प्रभाव पर्‍यो । आइतबार र सोमबार बजार उच्च अंकले घट्न पुग्यो । मंगलबार सामान्य बढेको सेयर बजारमा बुधबार झन् ठूलो पहिरो गयो ।

एकातिर राजनीतिक मुठभेडको डर छँदै थियो, त्यसमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुप्रै …

पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

१८ चैत, काठमाडौं । बन्द अवस्थामा रहेको सार्वजनिक संस्थान गोरखकाली रबर उद्योग पुन: सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छ ।
अर्थ मन्त्रालयले गत वर्षदेखि सात रुग्ण तथा बन्द अवस्थामा रहेका सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्ने प्रक्रिया थालेको थियो ।

सोही क्रममा एसियाली विकास बैंक (एडीबी) मार्फत गोरखकाली रबर उद्योगको डीडीए तयार गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष बुझाएको छ ।

प्रतिवेदनले गोरखकाली रबर उद्योगमा अहिले रहेको प्लान्टबाटै पुन: टायर उत्पादन गर्न सम्भव रहेको देखाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले एडीबीले प्रतिवेदन मंगलबार अर्थ मन्त्रीसमक्ष बुझाएको जानकारी दिए । गोरखकाली …

टोकन प्रणालीको अन्त्य, अब आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टोकन प्रणालीको अन्त्य गरेर आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने काम सुरु गरेको छ।
मन्त्रालयमा आज बसेको बैठकले आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान गर्ने काम सुरु गर्ने निर्णय गरेको हो। श्रममन्त्री दीपक कुमार साहको उपस्थितिमा बसेको बैठकमा शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरूमाथि छलफल गरेको थियो।
बैठकले थप ५ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने, श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने, उत्पादन र उद्यमशीलता प्रवर्द्धन गरी आन्तरिक रोजगारी सिर्जना गर्ने लगायतका १० वटा निर्णय समेत गरेको छ।
अन्नपूर्ण पोस्टबाट…….

भद्रपुर विमानस्थलमा बुद्ध एयर दुर्घटनाका सबै यात्रु सुरक्षित

१८ पुस, काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट दुर्घटनामा परेको एयरको विमानमा सवार सबै सकुशल रहेका छन् ।
९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए ।
उनीहरू सबै सकुशल रहेको र विमानबाट उद्धार भइसकेको छ ।
बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार, अवतरणका क्रममा धावनमार्गबाट जहाज चिप्लिएको हो । प्राविधिकसहितको टोली अहिले काठमाडौंबाट भद्रपुरतर्फ आजै पठाउन लागेको पनि उनले जानकारी दिए ।

पछिल्लाे समय जेनजी पुस्तामा लोकप्रिय ‘प्रिन्सेस ट्रिटमेन्ट’ के हो ?

सामाजिक सञ्जालमा अनेकन् कुराहरूको ट्रेन्ड आइरहन्छ । ती मध्येले ठूलो जनसंख्यालाई प्रभाव पार्छ । यसमध्ये कति केही बेरमै हराएर जान्छ । त्यस्तै ट्रेन्डहरूमध्ये हालै चर्चा रहेको ट्रेन्ड हो-प्रिन्सेस ट्रिटमेन्ट ।
यो प्रेम सम्बन्धसँग सम्बन्धित छ । जोडीहरूसँग सम्बन्धित छ ।
सामान्यतया: यो नाम महिलाहरूसँग सम्बन्धित छ । उनीहरूलाई सामान्य भन्दा बढी प्राथमिकता दिइनु, हेरचाह गर्नु प्रिन्सेस ट्रिटमेन्टको आधारभूत कुरा हुन् । खासमा यो एउटा रोमान्टिक सम्बन्धलाई बुझाउने शब्द हो । एउटा पक्षलाई अर्को पक्ष (खासमा पुरुषले महिलालाई)ले राजपरिवारको सदस्य जसरी व्यवहार गर्नु नै प्रिन्सेस ट्रिटमेन्ट हो ।
अर्को शब्दमा भन्नुपर्दा, पार्टनरले सम्बन्ध टिकाउन …

मुखको ब्याक्टेरियाले अल्जाइमरबाट बचाउन सक्छ ?

मुखको ब्याक्टेरियाले मस्तिष्कमा हुने समस्या अल्जाइमरबाट बचाउन सक्छन् । यस्तै, दावी गर्छन, विज्ञ ।
अल्जाइमर रोग एक  ‘न्यूरोडिजेनेरेटिभ’अवस्था हो।  जसमा मस्तिष्कका कोषिकाहरुमा ह्रास हुन थाल्छन् । यसले स्मृति, सोच्ने क्षमता र दैनिक क्रियाकलापहरूमा कठिनाइ ल्याउँछ।
एक्सेस्टर विश्वविद्यालयका विज्ञका अनुसार मानिसको मुखमा यस्ता केही ब्याक्टेरिया छन् जो बढ्दो उमेरसँगै मस्तिष्कमा भईरहेको परिवर्तनको कारक बन्न सक्छन् ।
अध्ययनकर्ता डा.  जोआना एल ह्युरेक्स भन्छिन्, ‘एक्सेस्टर विश्वविद्यालयले गरेको एक शोधका क्रममा यस्तो प्रकारका ब्याक्टेरिया पत्ता लागेका छन्, जसको सम्बन्ध उत्कृष्ट स्मरणशक्ति र चेतनासँग रहन्छ, जबकि धेरै अरु ब्याक्टेरियाहरु कमजोर मस्तिष्क तथा अल्जाइमर रोगसँग सम्बन्धित हुन्छन् । अल्जाइमर जिनका …

मस्तिष्कको कार्य-क्षमता बढाउने पाँच कुरा

कुनै कुरा स्मरण गर्न गाह्रो हुनु, जरुरी कुराहरु पनि छिटै बिर्सनु जस्ता कुरा सामान्य लाग्छ । तर, यो क्रम जति बढ्दै जान्छ हाम्रो दिनचर्या नै प्रभावित हुन थाल्छ । मस्तिष्कले आफ्नो कार्यक्षमता गुमाउँदै गएपछि यस्तो समस्या हुनसक्छ । जब हामी बुढ्यौलीतर्फ ढल्कन थाल्छौं, मस्तिष्कको अवस्था उस्तै रहँदैन ।
जबकि यो समस्या बालबालिका, किशोर वा युवा उमेरमा पनि देखिन सक्छ । र, यो उमेर चरणमा मस्तिष्कको कार्य क्षमता कमजोर भएमा त्यसले उनीहरुको काम, पढाई, करियर जस्ता धेरै कुरामा प्रत्यक्ष असर गर्न थाल्छ ।
यसबाट कसरी जोगिने त ? वा कसरी मस्तिष्कको कार्य क्षमता …

चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत

कात्तिक २५, कावासोती । चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत भएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले ‘केबल–स्टेड’ डिजाइनमा निर्माण हुने उक्त पुलको डिजाइनलाई स्वीकृति दिएको छ । २०० वर्षसम्म टिक्ने र ठुलो बाढी तथा पानीजहाज सञ्चालनलाई समेत ध्यानमा राखेर डिजाइन गरिएको यो पुलको निर्माण मंसिरदेखि सुरु हुनेछ ।
महाशाखाका इन्जिनियर अमितकुमार बर्माका अनुसार असोज अन्त्यतिर पुलको डिजाइन स्वीकृत भएको थियो । डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य अघि बढाउने तयारी भइरहेको छ ।
२०८० जेठ १९ गते तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड ७६ …

कावासोतीमा स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते

नवलपुर , कात्तिक १७ – कावासोती नगरपालिका–३ सभापतीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज साँझ स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते भएका छन्।
दुम्किबासबाट नारायणगढतर्फ जाँदै गरेको ना ४३ प १०१७ नम्बरको स्कुटर र बाटो क्रस गर्दै गरेको ग.प्र.०४–००१ ह ०१७७ नम्बरको अटो एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक सरकार क्षेत्री (३३ वर्ष), चितवन महानगरपालिका–१३ र पछाडि सवार निता थापा बरुवाल (३२ वर्ष), माडी नगरपालिका–५ घाइते भएका छन्। दुवैजनाको दाहिने हात, खुट्टा, औंला, घुँडा तथा छातीमा चोट लागेको र उनीहरूलाई उपचारका लागि कालिगण्डकी अस्पताल कावासोतीमा भर्ना गरिएको …

पिठौलिको ऐतिहासिक हरिबोधनी मेलामा चर्चित कलाकारहरुको प्रस्तुती रहने ।

विजय ढकाल, कावासोती : पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १२ पिठौलीको नारायणी नदी किनारमा अवस्थित पिठौली चौरमा यो वर्ष पनि ऐतिहासिक हरिबोधनी एकादशी मेला तथा विविध सांस्कृतिक कार्यक्रमहरू भव्य रूपमा आयोजना हुँदैछ।
बर्सेनि लाग्ने यो मेलाले स्थानीय तथा आसपासका जिल्लाबाट हजारौं भक्तजन र पर्यटकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ।
पिठौली हरिबोधनी एकादशी मेला लामो समयदेखिको धार्मिक–सांस्कृतिक परम्परा हो। नारायणी नदीको पवित्र किनारमा दशकौंदेखि मनाइने यो मेला भगवान विष्णुको चार महिनाको योगनिद्राबाट जागरणको प्रतीक हो।
स्थानीय विश्वासअनुसार, नारायणी स्नानले पापमोचन र मोक्ष प्राप्त हुन्छ। विगतका वर्षहरूमा पनि यो मेलामा नारायणी घाटहरू (पिठौली, शिख्रौली, घुमारी, गुन्द्रही …

मोडल सजिना लामिछाने टिमकाे फरक धारमा देउसी भैलो “जेन्जी तिहार” बजारमा

कावासाेती— नेपाली महान चाढ तिहार २०८२ लक्षित तिहार गीतको भिडियो सार्वजनिक भएको छ ।  गत भदौ २३ र २४ मा जेन्जी पुस्ताले गरेको प्रदर्शन र राज्यको दमनलाई लक्षित गरेर गीतको निर्माण गरिएको निर्माण पक्षकाे दावि छ ।
तुलसी बाँस्कोटा र सजिना लामिछानेले तयार पारेको शब्दमा स्वयम् बाँस्कोटा र चलचित्र निर्देशक आरबी खत्री शरदले संगीत गरेका छन् भने राजिव शाहले संगीत संयोजन, रेकर्डिङ एवम् मास्टरिङ गरेका छन् ।
उक्त गीतमा आरबी खत्री शरद्, श्रद्धा दियाली, रमेश मैनाली, राजिव शाह र निर्मला कार्कीको स्वर रहेको छ ।
भिडियोमा आरबी खत्री शरद्, लक्ष्मीनाथ तिमल्सिना, सरिता भण्डारी, …

नवलपुर प्रहरीको पेट्रोल पम्प सञ्चालनमा

कात्तिक २ गते । नेपाल प्रहरीले नवलपुरको कावासोतीमा निर्माण गरेको अत्याधुनिक सुविधा युक्त प्रहरी कल्याण कोष नमुना पेट्रोल पम्प आजदेखि सञ्चालनमा आएको छ ।
 

आज एक कार्यक्रमका बिच प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पेट्रोल पम्प उद्घाटन गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्गले शिलालेख अनावरण तथा रिबन काटेर उद्घाटन गरे लगत्तै उपभोक्ताले पम्पमा सेवा लिएका छन् ।
कावासोती –२ स्थित जिल्ला प्रहरी कार्यालयको नाममा रहेको खूल्ला मैदानका नामले परिचित ठाउँमा एक बिगाहा २ कठ्ठा १७ धुर जग्गामा पेट्रोल पम्प निर्माण गरिएको हो ।
 
उद्घाटनपछि सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरीले प्रहरीले सञ्चालन गर्ने पेट्रोल …

विपिन जोशीको मृत्यु पुष्टि, हमासले शव इजरायललाई बुझाउँदै

प्यालेस्टिनी सशस्त्र समूह हमासले करिब दुई वर्षदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ।
७३८ दिनदेखि बन्धक बनाइएका जोशीको शव हमासले आजै (सोमबार) इजरायललाई हस्तान्तरण गर्ने जनाएको छ। यसअघि उनको अवस्था अज्ञात मानिँदै आएको थियो।
संघर्षविराम सम्झौता अन्तर्गत २० जना जीवित बन्धकलाई सोमबार मुक्त गरिसकेपछि हमासको सैन्य शाखाले जोशीसहित चार जनाको शव हस्तान्तरण गर्न लागेको हो।
हमासले सार्वजनिक गरेको सूचीमा विपिन जोशीसँगै इजरायली नागरिक गाइ इलोज, योसी शराबी र सैनिक अधिकारी क्याप्टेन डेनियल पेरेजको नाम छ।
हमासले सार्वजनिक गरेको सूची।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायली सेनाले हस्तान्तरण गर्न लागिएका …

“भविष्यलाई दिशा दिने तालिम” सम्पन्न

एन. सन्चार । कावासाेतीकाे वाइज भिजन विद्यालयमा “करिअर परामर्श तथा व्यक्तित्व विकास तालिम” सम्पन्न भएकाे छ । सरल नेपाल नवलपुरद्वारा आयोजित कार्यक्रम  समिर लामिछानेको अध्यक्षतामा तथा कावासोती नगरपालिका–११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
कावासाेती १२ पिठाैलीमा सन्चालित वाईज भिजन वाेर्डङ्ग स्कुलमा  पिठौलीका विद्यार्थीहरूका लागि आयोजना गरिएको उक्त तालिमले विद्यार्थीहरूमा जीवन मूल्य, करिअर योजना तथा व्यक्तित्व विकासप्रतिको चेतना अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा वडा कार्यसमिति सदस्य केवल चौधरी, विद्यालयका प्रधानाध्यापक तिलक चन सापकोटा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सागर गुरुङ लगाएत सहभागी थिए । प्रमुख प्रशिक्षकको …

बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति

१९ असोज, काठमाडौं। असोज १७ र १८ गते आएको बाढीले विभिन्न स्थानमा नदी नियन्त्रणका लागि बनाइएको १ हजार ५०० मिटर तटबन्ध कटान भएको छ । यसबाट करिब १० करोड क्षति भएको प्रारम्भिक अनुमान छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार कन्काई नदीले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरेको छ ।
यसबाट होकलबारी गाउँको करिब १ सय १४ घरबारी डुबानमा परेको छ भने ५०० हेक्टर धान खेतमा क्षति भएको छ ।
साथै झापा गाउँपालिका– २ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode