भद्रपुर विमानस्थलमा बुद्ध एयर दुर्घटनाका सबै यात्रु सुरक्षित
१८ पुस, काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट दुर्घटनामा परेको एयरको विमानमा सवार सबै सकुशल रहेका छन् ।
९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए ।
उनीहरू सबै सकुशल रहेको र विमानबाट उद्धार भइसकेको छ ।
बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार, अवतरणका क्रममा धावनमार्गबाट जहाज चिप्लिएको हो । प्राविधिकसहितको टोली अहिले काठमाडौंबाट भद्रपुरतर्फ आजै पठाउन लागेको पनि उनले जानकारी दिए ।
पछिल्लाे समय जेनजी पुस्तामा लोकप्रिय ‘प्रिन्सेस ट्रिटमेन्ट’ के हो ?
सामाजिक सञ्जालमा अनेकन् कुराहरूको ट्रेन्ड आइरहन्छ । ती मध्येले ठूलो जनसंख्यालाई प्रभाव पार्छ । यसमध्ये कति केही बेरमै हराएर जान्छ । त्यस्तै ट्रेन्डहरूमध्ये हालै चर्चा रहेको ट्रेन्ड हो-प्रिन्सेस ट्रिटमेन्ट ।
यो प्रेम सम्बन्धसँग सम्बन्धित छ । जोडीहरूसँग सम्बन्धित छ ।
सामान्यतया: यो नाम महिलाहरूसँग सम्बन्धित छ । उनीहरूलाई सामान्य भन्दा बढी प्राथमिकता दिइनु, हेरचाह गर्नु प्रिन्सेस ट्रिटमेन्टको आधारभूत कुरा हुन् । खासमा यो एउटा रोमान्टिक सम्बन्धलाई बुझाउने शब्द हो । एउटा पक्षलाई अर्को पक्ष (खासमा पुरुषले महिलालाई)ले राजपरिवारको सदस्य जसरी व्यवहार गर्नु नै प्रिन्सेस ट्रिटमेन्ट हो ।
अर्को शब्दमा भन्नुपर्दा, पार्टनरले सम्बन्ध टिकाउन …
मुखको ब्याक्टेरियाले अल्जाइमरबाट बचाउन सक्छ ?
मुखको ब्याक्टेरियाले मस्तिष्कमा हुने समस्या अल्जाइमरबाट बचाउन सक्छन् । यस्तै, दावी गर्छन, विज्ञ ।
अल्जाइमर रोग एक ‘न्यूरोडिजेनेरेटिभ’अवस्था हो। जसमा मस्तिष्कका कोषिकाहरुमा ह्रास हुन थाल्छन् । यसले स्मृति, सोच्ने क्षमता र दैनिक क्रियाकलापहरूमा कठिनाइ ल्याउँछ।
एक्सेस्टर विश्वविद्यालयका विज्ञका अनुसार मानिसको मुखमा यस्ता केही ब्याक्टेरिया छन् जो बढ्दो उमेरसँगै मस्तिष्कमा भईरहेको परिवर्तनको कारक बन्न सक्छन् ।
अध्ययनकर्ता डा. जोआना एल ह्युरेक्स भन्छिन्, ‘एक्सेस्टर विश्वविद्यालयले गरेको एक शोधका क्रममा यस्तो प्रकारका ब्याक्टेरिया पत्ता लागेका छन्, जसको सम्बन्ध उत्कृष्ट स्मरणशक्ति र चेतनासँग रहन्छ, जबकि धेरै अरु ब्याक्टेरियाहरु कमजोर मस्तिष्क तथा अल्जाइमर रोगसँग सम्बन्धित हुन्छन् । अल्जाइमर जिनका …
मस्तिष्कको कार्य-क्षमता बढाउने पाँच कुरा
कुनै कुरा स्मरण गर्न गाह्रो हुनु, जरुरी कुराहरु पनि छिटै बिर्सनु जस्ता कुरा सामान्य लाग्छ । तर, यो क्रम जति बढ्दै जान्छ हाम्रो दिनचर्या नै प्रभावित हुन थाल्छ । मस्तिष्कले आफ्नो कार्यक्षमता गुमाउँदै गएपछि यस्तो समस्या हुनसक्छ । जब हामी बुढ्यौलीतर्फ ढल्कन थाल्छौं, मस्तिष्कको अवस्था उस्तै रहँदैन ।
जबकि यो समस्या बालबालिका, किशोर वा युवा उमेरमा पनि देखिन सक्छ । र, यो उमेर चरणमा मस्तिष्कको कार्य क्षमता कमजोर भएमा त्यसले उनीहरुको काम, पढाई, करियर जस्ता धेरै कुरामा प्रत्यक्ष असर गर्न थाल्छ ।
यसबाट कसरी जोगिने त ? वा कसरी मस्तिष्कको कार्य क्षमता …
चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत
कात्तिक २५, कावासोती । चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत भएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले ‘केबल–स्टेड’ डिजाइनमा निर्माण हुने उक्त पुलको डिजाइनलाई स्वीकृति दिएको छ । २०० वर्षसम्म टिक्ने र ठुलो बाढी तथा पानीजहाज सञ्चालनलाई समेत ध्यानमा राखेर डिजाइन गरिएको यो पुलको निर्माण मंसिरदेखि सुरु हुनेछ ।
महाशाखाका इन्जिनियर अमितकुमार बर्माका अनुसार असोज अन्त्यतिर पुलको डिजाइन स्वीकृत भएको थियो । डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य अघि बढाउने तयारी भइरहेको छ ।
२०८० जेठ १९ गते तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड ७६ …
कावासोतीमा स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते
नवलपुर , कात्तिक १७ – कावासोती नगरपालिका–३ सभापतीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज साँझ स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते भएका छन्।
दुम्किबासबाट नारायणगढतर्फ जाँदै गरेको ना ४३ प १०१७ नम्बरको स्कुटर र बाटो क्रस गर्दै गरेको ग.प्र.०४–००१ ह ०१७७ नम्बरको अटो एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक सरकार क्षेत्री (३३ वर्ष), चितवन महानगरपालिका–१३ र पछाडि सवार निता थापा बरुवाल (३२ वर्ष), माडी नगरपालिका–५ घाइते भएका छन्। दुवैजनाको दाहिने हात, खुट्टा, औंला, घुँडा तथा छातीमा चोट लागेको र उनीहरूलाई उपचारका लागि कालिगण्डकी अस्पताल कावासोतीमा भर्ना गरिएको …
पिठौलिको ऐतिहासिक हरिबोधनी मेलामा चर्चित कलाकारहरुको प्रस्तुती रहने ।
विजय ढकाल, कावासोती : पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १२ पिठौलीको नारायणी नदी किनारमा अवस्थित पिठौली चौरमा यो वर्ष पनि ऐतिहासिक हरिबोधनी एकादशी मेला तथा विविध सांस्कृतिक कार्यक्रमहरू भव्य रूपमा आयोजना हुँदैछ।
बर्सेनि लाग्ने यो मेलाले स्थानीय तथा आसपासका जिल्लाबाट हजारौं भक्तजन र पर्यटकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ।
पिठौली हरिबोधनी एकादशी मेला लामो समयदेखिको धार्मिक–सांस्कृतिक परम्परा हो। नारायणी नदीको पवित्र किनारमा दशकौंदेखि मनाइने यो मेला भगवान विष्णुको चार महिनाको योगनिद्राबाट जागरणको प्रतीक हो।
स्थानीय विश्वासअनुसार, नारायणी स्नानले पापमोचन र मोक्ष प्राप्त हुन्छ। विगतका वर्षहरूमा पनि यो मेलामा नारायणी घाटहरू (पिठौली, शिख्रौली, घुमारी, गुन्द्रही …
मोडल सजिना लामिछाने टिमकाे फरक धारमा देउसी भैलो “जेन्जी तिहार” बजारमा
कावासाेती— नेपाली महान चाढ तिहार २०८२ लक्षित तिहार गीतको भिडियो सार्वजनिक भएको छ । गत भदौ २३ र २४ मा जेन्जी पुस्ताले गरेको प्रदर्शन र राज्यको दमनलाई लक्षित गरेर गीतको निर्माण गरिएको निर्माण पक्षकाे दावि छ ।
तुलसी बाँस्कोटा र सजिना लामिछानेले तयार पारेको शब्दमा स्वयम् बाँस्कोटा र चलचित्र निर्देशक आरबी खत्री शरदले संगीत गरेका छन् भने राजिव शाहले संगीत संयोजन, रेकर्डिङ एवम् मास्टरिङ गरेका छन् ।
उक्त गीतमा आरबी खत्री शरद्, श्रद्धा दियाली, रमेश मैनाली, राजिव शाह र निर्मला कार्कीको स्वर रहेको छ ।
भिडियोमा आरबी खत्री शरद्, लक्ष्मीनाथ तिमल्सिना, सरिता भण्डारी, …
नवलपुर प्रहरीको पेट्रोल पम्प सञ्चालनमा
कात्तिक २ गते । नेपाल प्रहरीले नवलपुरको कावासोतीमा निर्माण गरेको अत्याधुनिक सुविधा युक्त प्रहरी कल्याण कोष नमुना पेट्रोल पम्प आजदेखि सञ्चालनमा आएको छ ।
आज एक कार्यक्रमका बिच प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पेट्रोल पम्प उद्घाटन गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्गले शिलालेख अनावरण तथा रिबन काटेर उद्घाटन गरे लगत्तै उपभोक्ताले पम्पमा सेवा लिएका छन् ।
कावासोती –२ स्थित जिल्ला प्रहरी कार्यालयको नाममा रहेको खूल्ला मैदानका नामले परिचित ठाउँमा एक बिगाहा २ कठ्ठा १७ धुर जग्गामा पेट्रोल पम्प निर्माण गरिएको हो ।
उद्घाटनपछि सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरीले प्रहरीले सञ्चालन गर्ने पेट्रोल …
विपिन जोशीको मृत्यु पुष्टि, हमासले शव इजरायललाई बुझाउँदै
प्यालेस्टिनी सशस्त्र समूह हमासले करिब दुई वर्षदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ।
७३८ दिनदेखि बन्धक बनाइएका जोशीको शव हमासले आजै (सोमबार) इजरायललाई हस्तान्तरण गर्ने जनाएको छ। यसअघि उनको अवस्था अज्ञात मानिँदै आएको थियो।
संघर्षविराम सम्झौता अन्तर्गत २० जना जीवित बन्धकलाई सोमबार मुक्त गरिसकेपछि हमासको सैन्य शाखाले जोशीसहित चार जनाको शव हस्तान्तरण गर्न लागेको हो।
हमासले सार्वजनिक गरेको सूचीमा विपिन जोशीसँगै इजरायली नागरिक गाइ इलोज, योसी शराबी र सैनिक अधिकारी क्याप्टेन डेनियल पेरेजको नाम छ।
हमासले सार्वजनिक गरेको सूची।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायली सेनाले हस्तान्तरण गर्न लागिएका …
“भविष्यलाई दिशा दिने तालिम” सम्पन्न
एन. सन्चार । कावासाेतीकाे वाइज भिजन विद्यालयमा “करिअर परामर्श तथा व्यक्तित्व विकास तालिम” सम्पन्न भएकाे छ । सरल नेपाल नवलपुरद्वारा आयोजित कार्यक्रम समिर लामिछानेको अध्यक्षतामा तथा कावासोती नगरपालिका–११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
कावासाेती १२ पिठाैलीमा सन्चालित वाईज भिजन वाेर्डङ्ग स्कुलमा पिठौलीका विद्यार्थीहरूका लागि आयोजना गरिएको उक्त तालिमले विद्यार्थीहरूमा जीवन मूल्य, करिअर योजना तथा व्यक्तित्व विकासप्रतिको चेतना अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा वडा कार्यसमिति सदस्य केवल चौधरी, विद्यालयका प्रधानाध्यापक तिलक चन सापकोटा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सागर गुरुङ लगाएत सहभागी थिए । प्रमुख प्रशिक्षकको …
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
१९ असोज, काठमाडौं। असोज १७ र १८ गते आएको बाढीले विभिन्न स्थानमा नदी नियन्त्रणका लागि बनाइएको १ हजार ५०० मिटर तटबन्ध कटान भएको छ । यसबाट करिब १० करोड क्षति भएको प्रारम्भिक अनुमान छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार कन्काई नदीले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरेको छ ।
यसबाट होकलबारी गाउँको करिब १ सय १४ घरबारी डुबानमा परेको छ भने ५०० हेक्टर धान खेतमा क्षति भएको छ ।
साथै झापा गाउँपालिका– २ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ …
बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना,७ जना बेपत्ता
१९ असोज, काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।
नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ ।
जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । प्रहरीका अनुसार, इलाममा १ …
मस्कको कम्पनीलाई पछि पार्दै ओपन एआई बन्यो संसारकै मूल्यवान कम्पनी
१८ असोज । च्याटजीपीटी लगायत कृत्रिम बौद्धिकता प्रविधिको विकासमा अग्रणी कम्पनी ओपनएआई हालैको शेयर बिक्रीपश्चात संसारकै सबैभन्दा मूल्यवान निजी कम्पनी बनेको छ ।
ब्लुमबर्गमा प्रकाशित समाचार अनुसार, कम्पनीको पछिल्लो मूल्यांकन ५०० अर्ब अमेरिकी डलर पुगेको छ, जसले एलन मस्कको कम्पनी स्पेसएक्सलाई समेत पछाडि पारेको छ । स्पेसएक्सको पछिल्लो मूल्यांकन ३ सय ५० अर्ब अमेरिकी डलर छ ।
यो मूल्यांकन सेकेन्डरी स्टक सेलमार्फत भएको हो, जसमा कम्पनीका वर्तमान र पूर्व कर्मचारीहरूले करिब ६ दशमलव ६ अर्ब डलर बराबरको शेयर बिक्री गरेका थिए ।
यस शेयर खरिदमा सहभागी प्रमुख लगानीकर्ताहरूमा थ्राइभ क्यापिटल, सफ्टबैंक, एमजीएक्स अबुधावी …
धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा बिहान ६ बजेदेखि गाडी चलाउन रोक
कावासाेती। पानी परिरहेकाले यात्रामा जोखिमयुक्त धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको छ ।
धादिङमा बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडक बन्द छ । मुग्लिन–नारायणगढ सडकखण्ड भने अहिले खुला छ । तर यात्रामा जोखिम भएको भन्दै सवारी साधन चलाउन रोक लगाइएको छ ।
मुग्लिन–नारायणगढको तुइन खोलामा सानो पहिरो खसेको थियो । अहिले भने बाटो दुईतर्फी नै खुला रहेको प्रहरीले जनाएको छ । तर ढुङ्गा खस्ने क्रम जारी छ । यात्रामा जोखिम रहेकाले सवारी आवागमन रोकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले …
दसैँ वा बडा दसैँ : नेपाल लगायत विश्वभरका हिन्दुहरुको आस्था महत्व र विशेषता
दसैँ, बडा दसैँ
(अन्य नाम: दसहरा, विजया दशमी, नौरथा, नवरात्रि, आयुध-पूजा) नेपालीहरूको प्रमुख चाड हो। राष्ट्रिय चाड समेत मनिने दसैँ (नौरथा) हिन्दु धर्मवलम्बीहरूले असोज महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नौरथाभर) शक्तिको आराधना गरी दसौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन्।
असोज शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नौरथा विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ। प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ।
विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य्य र खुसीयालीमा नवदुर्गा भवानीको …
जेनजी आन्दोलनमा तोडफोड गर्नेलाई कारवाही नगरे प्रहरी प्रशासनलाई असहयोग गर्ने नवलपुरका जनप्रतिनिधिको चेतावनी
बोमलाल गिरी : नवलपुर, असोज ११ गते । नवलपुरका सम्पूर्ण जनप्रतिनिधिले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा व्यक्तिका नीजि घर तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कारवाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले शनिवार प्रजिअ भविश्वर पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै तत्काल दोषीलाई पक्राउ गरी कारवाही नगरे सम्पूर्ण जनप्रतिनिधिले प्रहरी प्रशासनलाई असहयोग गर्ने चेतावनी पनि दिएका छन् ।
गण्डकी प्रदेशका मन्त्री, पूर्व मुख्यमन्त्री, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, विभिन्न पालिका प्रमुखहरु, उपप्रमुखहरु र वडाध्यक्षसहित जिल्ला प्रशास कार्यालय पुगेर उनीहरुले जेनजी आन्दोलनका नाममा आतंककारी …
कावासाेतीमा चक्कु प्रहार गरी श्रीमतीकाे हत्या
कावासाेती। नवलपुरको कावासोतीमा आज साँझ श्रीमानले आफ्नी श्रीमतीको चक्कु प्रहार गरी हत्या गरेका छन्।
कावासोती–८ बस्ने ४५ वर्षीय सूर्य पाण्डेले आफ्नी श्रीमती ३८ वर्षीया सगींता पाण्डेमाथि घरायसी बिबादका कारण धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्या गरेलगत्तै अभियुक्त पाण्डे जिल्ला प्रहरी कार्यालय नवलपुरमै पुगेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियाे ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्याङ्गजा अर्जुनचौपारी नवलपुर सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा चौथो बार्षिक साधारण सभा सम्पन्न
एन. सन्चार, कावासाेती । स्याङ्गजा अर्जुनचौपारी नवलपुर सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा चौथो बार्षिक साधारण सभा सम्पन्न भयको छ । कावासोती २ मा अवस्थित नर्मद्देश्वर शिवालय मन्दिरको जेष्ठ नागरिक सभाहल मा सो कार्यक्रम सम्पन्न भयको हो ।
सस्थाका अध्यक्ष आत्माराम चापागाइको अध्यक्षतामा आयोजित कार्यक्रम मा सस्थाका जेस्ठ नागरिक ९८ बर्शिय टिकाराम गोतामे प्रमुख अतिथि रहनुभयको थियो ।
विशिष्ठ अतिथीकाे रूपमा रहनुभएका कावासाेती १२ का निवर्तमान वडाध्यक्ष खेम प्रसाद काफ्लेले व्यानर बाचन गरि कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे थियाे । वरिष्ठ उपाध्यक्ष शसिधर चापागाइकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे सन्चालन सचिव वेद प्रकास काफ्लेले गर्नुभएकाे थियाे …
नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा
कावासोती । नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, सेती, हेमवती वा शैलपुत्री नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन शैलपुत्रीको पूजा तथा आराधना गर्ने प्रचलन छ ।
कथाअनुसार दक्ष प्रजापतिले आयोजना गरेको विशाल यज्ञमा भगवान् शंकर र शतिदेवीलाई निमन्त्रणा दिइएन । बाबुले गरेको यज्ञमा सहभागी हुन चाहनुभएकी शतिदेवीलाई श्रीमहादेवले रोके पनि उनी आफ्ना आमा र बहिनीहरूसँग भेट गर्न भन्दै यज्ञस्थल पुगेकी थिइन् । त्यहाँ उनलाई अपमान गरिएको र …
