+
+
-- Sponsored Ad --

जंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी, आठजना गम्भीर ।

788 पटक हेरिएको
Clock २०७८ जेष्ठ ९, आईतवार १३:५८
-- Sponsored --

संखुवासभा : सिलिचोङ गाउँपालिका–५ याफुमा जंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन्। गत शुक्रबार जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु गम्भीर बिरामी भएको वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए।

बिरामीमध्ये आठजनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताए। बुद्धबहादुर राई र उनकी श्रीमती बुद्धिमाया राईसहित परिवारका नौजना बिरामी परेको वडाध्यक्ष कुलुङले जनाए। 

 

त्यस्तै, उनीहरुका छोरा महेन्द्र, वीरेन्द्र, शहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नाति बिरामी भएका हुन्। उनीहरुलाई शनिबार उपचारका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको थियो। च्याउ खाएर सुतेपछि मध्यरातदेखि परिवारका सबैलाई बान्ता हुन थालेपछि शनिबार बिहान याफु आधारभूत स्वास्थ्य सेवा एकाइमा भर्ना गरिएको वडाध्यक्ष कुलुङले बताए। त्यहाँबाट जिल्ला अस्पताल रिफर गरिएको थियो। 

च्याउ खाने सबै जनाको मिर्गौला र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक सुन्दरश्याम जानकारी दिए।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
🎡 Spin & Win