कावासोतीमा स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते
नवलपुर , कात्तिक १७ – कावासोती नगरपालिका–३ सभापतीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज साँझ स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते भएका छन्।
दुम्किबासबाट नारायणगढतर्फ जाँदै गरेको ना ४३ प १०१७ नम्बरको स्कुटर र बाटो क्रस गर्दै गरेको ग.प्र.०४–००१ ह ०१७७ नम्बरको अटो एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक सरकार क्षेत्री (३३ वर्ष), चितवन महानगरपालिका–१३ र पछाडि सवार निता थापा बरुवाल (३२ वर्ष), माडी नगरपालिका–५ घाइते भएका छन्। दुवैजनाको दाहिने हात, खुट्टा, औंला, घुँडा तथा छातीमा चोट लागेको र उनीहरूलाई उपचारका लागि कालिगण्डकी अस्पताल कावासोतीमा भर्ना गरिएको …
पिठौलिको ऐतिहासिक हरिबोधनी मेलामा चर्चित कलाकारहरुको प्रस्तुती रहने ।
विजय ढकाल, कावासोती : पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १२ पिठौलीको नारायणी नदी किनारमा अवस्थित पिठौली चौरमा यो वर्ष पनि ऐतिहासिक हरिबोधनी एकादशी मेला तथा विविध सांस्कृतिक कार्यक्रमहरू भव्य रूपमा आयोजना हुँदैछ।
बर्सेनि लाग्ने यो मेलाले स्थानीय तथा आसपासका जिल्लाबाट हजारौं भक्तजन र पर्यटकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ।
पिठौली हरिबोधनी एकादशी मेला लामो समयदेखिको धार्मिक–सांस्कृतिक परम्परा हो। नारायणी नदीको पवित्र किनारमा दशकौंदेखि मनाइने यो मेला भगवान विष्णुको चार महिनाको योगनिद्राबाट जागरणको प्रतीक हो।
स्थानीय विश्वासअनुसार, नारायणी स्नानले पापमोचन र मोक्ष प्राप्त हुन्छ। विगतका वर्षहरूमा पनि यो मेलामा नारायणी घाटहरू (पिठौली, शिख्रौली, घुमारी, गुन्द्रही …
नवलपुर प्रहरीको पेट्रोल पम्प सञ्चालनमा
कात्तिक २ गते । नेपाल प्रहरीले नवलपुरको कावासोतीमा निर्माण गरेको अत्याधुनिक सुविधा युक्त प्रहरी कल्याण कोष नमुना पेट्रोल पम्प आजदेखि सञ्चालनमा आएको छ ।
आज एक कार्यक्रमका बिच प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पेट्रोल पम्प उद्घाटन गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्गले शिलालेख अनावरण तथा रिबन काटेर उद्घाटन गरे लगत्तै उपभोक्ताले पम्पमा सेवा लिएका छन् ।
कावासोती –२ स्थित जिल्ला प्रहरी कार्यालयको नाममा रहेको खूल्ला मैदानका नामले परिचित ठाउँमा एक बिगाहा २ कठ्ठा १७ धुर जग्गामा पेट्रोल पम्प निर्माण गरिएको हो ।
उद्घाटनपछि सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरीले प्रहरीले सञ्चालन गर्ने पेट्रोल …
“भविष्यलाई दिशा दिने तालिम” सम्पन्न
एन. सन्चार । कावासाेतीकाे वाइज भिजन विद्यालयमा “करिअर परामर्श तथा व्यक्तित्व विकास तालिम” सम्पन्न भएकाे छ । सरल नेपाल नवलपुरद्वारा आयोजित कार्यक्रम समिर लामिछानेको अध्यक्षतामा तथा कावासोती नगरपालिका–११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
कावासाेती १२ पिठाैलीमा सन्चालित वाईज भिजन वाेर्डङ्ग स्कुलमा पिठौलीका विद्यार्थीहरूका लागि आयोजना गरिएको उक्त तालिमले विद्यार्थीहरूमा जीवन मूल्य, करिअर योजना तथा व्यक्तित्व विकासप्रतिको चेतना अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा वडा कार्यसमिति सदस्य केवल चौधरी, विद्यालयका प्रधानाध्यापक तिलक चन सापकोटा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सागर गुरुङ लगाएत सहभागी थिए । प्रमुख प्रशिक्षकको …
जेनजी आन्दोलनमा तोडफोड गर्नेलाई कारवाही नगरे प्रहरी प्रशासनलाई असहयोग गर्ने नवलपुरका जनप्रतिनिधिको चेतावनी
बोमलाल गिरी : नवलपुर, असोज ११ गते । नवलपुरका सम्पूर्ण जनप्रतिनिधिले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा व्यक्तिका नीजि घर तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कारवाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले शनिवार प्रजिअ भविश्वर पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै तत्काल दोषीलाई पक्राउ गरी कारवाही नगरे सम्पूर्ण जनप्रतिनिधिले प्रहरी प्रशासनलाई असहयोग गर्ने चेतावनी पनि दिएका छन् ।
गण्डकी प्रदेशका मन्त्री, पूर्व मुख्यमन्त्री, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, विभिन्न पालिका प्रमुखहरु, उपप्रमुखहरु र वडाध्यक्षसहित जिल्ला प्रशास कार्यालय पुगेर उनीहरुले जेनजी आन्दोलनका नाममा आतंककारी …
स्याङ्गजा अर्जुनचौपारी नवलपुर सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा चौथो बार्षिक साधारण सभा सम्पन्न
एन. सन्चार, कावासाेती । स्याङ्गजा अर्जुनचौपारी नवलपुर सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा चौथो बार्षिक साधारण सभा सम्पन्न भयको छ । कावासोती २ मा अवस्थित नर्मद्देश्वर शिवालय मन्दिरको जेष्ठ नागरिक सभाहल मा सो कार्यक्रम सम्पन्न भयको हो ।
सस्थाका अध्यक्ष आत्माराम चापागाइको अध्यक्षतामा आयोजित कार्यक्रम मा सस्थाका जेस्ठ नागरिक ९८ बर्शिय टिकाराम गोतामे प्रमुख अतिथि रहनुभयको थियो ।
विशिष्ठ अतिथीकाे रूपमा रहनुभएका कावासाेती १२ का निवर्तमान वडाध्यक्ष खेम प्रसाद काफ्लेले व्यानर बाचन गरि कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे थियाे । वरिष्ठ उपाध्यक्ष शसिधर चापागाइकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे सन्चालन सचिव वेद प्रकास काफ्लेले गर्नुभएकाे थियाे …
जिल्ला बाल क्लव नवलपरासी पूर्वले बाल दिवस विशेष कार्यक्रम नगर्ने ।
एन. सन्चार, कावासाेती । जिल्ला बाल क्लव नवलपरासी वर्दघाट सुस्तापूर्व ले एक विज्ञप्ती जारी गर्दै प्रत्येक वर्ष भाद्र २९ गतेका दिन राष्ट्रिय वाल दिवसको अवसर पारी गरिने कनै पनि वाल दिवसका औपचारीक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
वालवालिकाको अधिकार र उज्ज्वल भविष्यप्रति संकल्पवद्ध हुने दिनमै देशभर गुञ्जिरहेको Gen-Z आन्दोलनमा सहभागी भएका विद्यार्थी जीवनको असामयिक निधनले हामीलाइ गहिरो पीडा दिएको छ उक्त आन्दोलमा ज्यान गुमाउनुहुनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौ, विज्ञप्तीमा भनिएको छ ।
बाकी विज्ञप्ती जस्ताकाे त्यस्तैः
नियन्त्रण हुन सकेन नवलपुरका खोला–नदीबाट अबैधरूपमा ढुंगा, गिटी-बालुवा चोरी
दीपक भट्टराई। नवलपुर जिल्लाका विभिन्न खोला–नदीबाट खुलेआम ढुंगा, गिटी–बालुवा चोरी निकासी भइरहे पनि नियन्त्रणका लागि जिम्मेवार निकाय मौन देखिएका छन्।
कावासोती नगरपालिकाको केरुङ्गे खोला, हुप्सेकोट गाउँपालिका स्थित गिरीबारी खोला, बिनयी त्रिबेणीको बिनयी खोला र बुलिङटारको कालीगण्डकी नदीमा दैनिक रूपमा ठेक्का वा अनुमति विना नै ट्र्याक्टरमार्फत ढुङ्गा, बालुवा–गिटीको चोरी निकासी भइरहेको स्थानीयवासीले बताएका छन्।
स्थानीयवासीका अनुसार विगत लामो समयदेखि खोला उत्खनन अवैध रूपमा भइरहेको छ। बिहान सबेरैदेखि रातिसम्म ट्र्याक्टर खोला किनारमा पुग्ने गरेको देखिन्छ। यसरी चोरीतस्करी हुने गिटी–बालुवा बजारमा महँगो मूल्यमा बिक्री हुने गरेको भए पनि राज्यलाई भने राजस्व शून्य छ।
“दैनिक सयौँ ट्याक्टर …
नारायणी नदि पुलमा दुर्घटना : एक जनाको मृत्यु
कावासोती । नवलपुरको गैँडाकोटमा रहेको नारायणी नदि पुलमा आईतबार दिउसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आईतबार साँझ ५:४० को समयमा भएको दुर्घटनामा गैंडाको-४ का २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको हो ।
नारायणी पुलमा गैंडाकोट बाट नारायणगढ तर्फ जादै गरेको ना१क ५१९९ नं.को अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ट्रकले सोही दिशातर्फ जादै गरेको ना४३प ८७ नम्बरको मोटरसाइकललाई ओभरट्रयाक गर्ने क्रम ठक्कर दिएको थियो ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिदां घाईते भएका मोटरसाइकल चालक दाहालको नयाँ मेडिकल कलेज चितवन पुर्याउन साथ चिकित्सकले मृतक घोषणा गरेका नवलपुर प्रहरीले जनाएको छ । मोटरसाइकलमा …
देवचुलीमा ट्रमा सेन्टरको निर्माण सुरु, निर्माण पक्ष भन्छ १८ महिना भित्र सम्पन्न गर्छाै ।
सन्जय भट्टराई, कावासोती । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरि देवचुली-१७ मा ट्रमा सेन्टरको निर्माणको काम सुरु भएको छ । जग्गाको भोगाधिकार प्राप्त भएको १ वर्ष पछि ट्रमा सेन्टरको निर्माणको काम सुरु भएको हो ।
मन्त्री परिषदको २०८१साउन १४ गते बसेको बैंठकले देवचुली नगरपालिका वडा नं १७ मा रहेको झराही सामुदायिक वनको २ हेक्टर जग्गामा ट्रमा सेन्टर बनाउन दिने गरि मन्त्री परिषदले भोगाधिकार दिने निर्णय गरको एक वर्ष पछि सघन सहरी विकास तथा भवन निर्माण आयोजना भरतपुरले ठेक्का आवह्वान गरेको थियो ।
ठेक्का प्रक्रियाबाट भरतपुरको बिबिएस जेभिले निर्माणको जिम्मा पाएको सघन सहरी …
गरीबीले धेरै कुरा खोस्यो, तर पढ्ने इच्छा खोस्न सकेनः नवलपुरकी चादनीको संघर्ष र आशाको कथा ।
दिपक भट्टराइ, नवलपुर । कावासोती नगरपालिका–१२ पिठौलीस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको कक्षा १० को कोठामा विद्यार्थीहरू आफ्नो पाठ्यपुस्तक पल्टाउँदै छन्। कोही साथीहरूसँग कुरा गर्दै छन्, कोही नोटबुकमा लेखिरहेका छन्। तर त्यही भीडमा एउटा अनुहारले सबैभन्दा बढी ध्यान खिच्छ- त्यो अनुहार हो १५ वर्षीया चादनी गोसाईको । जसको अनुहारमा पढ्ने जिज्ञासा, आँखामा सपनाको चमक र हृदयमा परिवारको भारी जिम्मेवारी स्पष्ट देखिन्छ।
चादनीको जीवन अभाव र संघर्षको कथा हो। घर सामान्य टहरो मात्र – छानोमा जिर्ण टिन, भित्तामा माटो र बाँस। भित्र छिर्दा चुलोमा धुवाँ मात्र निस्किन्छ, भाँडामा अन्न हुँदैन। घरमा न खानेपानी …
ठेकेदारको लापरबाहीले कावासोतीमा करोडौँ लगानीकाे खानेपानी आयोजना अलपत्र
दिपक भट्टराइ, कावासोती । नवलपुरको कावासोती नगरपालिका–१३ का स्थानीय बासिन्दा वर्षौंदेखि खानेपानी अभावमा पिडित भइरहेका छन्।
करिब चार हजार घरधुरीलाई लक्षित गरी निर्माण सुरु गरिएको करोडौँ रुपैयाँ लागतको खानेपानी आयोजना ठेकेदारको लापरबाहीका कारण वर्षौँदेखि अधुरै छाडिएको छ। ओभरहेड ट्यांकी, पाइपलाइन र संरचना निर्माण अलपत्र अवस्थामा हुँदा स्थानीयले आजसम्म शुद्ध खानेपानीकाे सुविधा पाउन सकेका छैनन्।
कावासोती नगरपालिका–१३ का स्थानीय बासिन्दा वर्षौंदेखि खानेपानी अभावमा पिडित छन्। घर आँगनमा धारा नआउँदा स्थानिय खानेपानीबाट समेत बन्चित हुनु परेकाे छ । करिब पाँच वर्षअघि सुरु गरिएको खानेपानी आयोजना आजसम्म अलपत्र छाडिँदा स्थानीय पिडित बनेका हुन
२०७७ साल असार …
नक्साविनै धमाधम नमूना सदरमुकाम
बोमलाल गिरी । नवलपुर, भदौ ६ गते । नवलपुरको कावासोतीमा एक सय ८६ विघा क्षेत्रफलमा नमुना सदरमुकाम निर्माणको काम धमाधम चलिरहेको छ । यहाँ २ पटक गरी लागेको ठेक्कबाट ९ वटा कार्यालय भवन तथा सभाहल, गेट, पर्खाल, केरुङ्गे खोलामा तटबन्धन र सडक कालोपत्रे लगायतका काम भइरहेका छन् ।
दुईवटा निर्माण कम्पनीले काम थालेको हालको आयोजनाको लागत ५ अर्ब २१ करोड रहेको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । नमुना सदरमुकामको डिपिआर बमोजिम सबै काम सक्न कुल १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रुैपयाँ लाग्ने अनुमान गरिएको …
गण्डकीमा अब घरेलु मदिरालाई वैधानिकता
कावासोती । गण्डकी प्रदेशमा घरेलु मदिरा उत्पादन र बिक्रीलाई वैधानिकता दिने विधेयक प्रदेश सभाबाट पारित भएको छ ।
मंगलबारको प्रदेश सभा बैठकबाट गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशन भएपछि प्रदेशमा घरेलु मदिराले वैधानिकता पाउनेछ । यसका लागि बढीमा एक महिना समय लाग्नेछ ।
विधेयकले घरेलु मदिरा उत्पादन र बिक्री गर्न उद्योग तथा वाणिज्य हेर्ने जिल्लास्थित कार्यालयमा दर्ता भई इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । धर्म, संस्कृति र घरायसी प्रयोजनका लागि वार्षिक ६० लिटरसम्म मदिरा उत्पादनका लागि …
भदौ १३ गते प्रचण्ड नवलपुर आउदै ।।
कावासोती । नवलपुरको कावासोतीमा जिल्ला स्तरीय खुल्ला भोदी खेल प्रतियोगिता हुने भएको छ ।
कावासोती नगरपालिका १६ डण्डामा रहेको थारु राष्ट्रिय संग्राहलय डण्डाको आयोजनामा संग्राहालयको मैदानमा भदौ १३ गते सम्पन्न हुने जिल्ला स्तरीय खुल्ला पुरुष तथा महिला भोदी खेलकुद प्रतियोगिता नेकपा माओबादि केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुस्प कमल दहाल प्रचण्ड उदघाटनका लागि नवलपुर आउने भयका हुन ।
थारु संग्राहालयमा आयोजित पत्रकार सम्मेलनमा थारु संग्राहलयका अध्यक्ष फनसराम महताले दिएको जानकारी अनुसार प्रतियोगितामा महिला र पुरुषका छुट्टाछुट्टै गरी ८० भन्दा बढी समूहको सहभागिता रहने छ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले …
“पत्रकारहरु पार्टिको मुख पत्र जस्तो बन्नु भएनः” प्रदेश सासंद पौडेल
भदौ ४, कावासोती । गण्डकी प्रदेश सासंद विन्दु पौडेलले पत्रकारहरु पार्टिको मुख पत्र जस्तो बन्नु नहुने बताउनुभएको छ ।
नेपाली हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अवसर पारि आज नेपाल पत्रकार महासंघ नवलपुरले कावासोती ३ मा अवस्थित महासंघ भवनमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आँफु पनि राजनितिमा लाग्नु भन्दा अगाडि पत्रकारीता नै गरेको अनुभव सुनाउँदै हजार नेताले बोलेको भन्दा एउटा पत्रकारले लेखेको कुराले ठूलो प्रभाव पार्न सक्ने हुँदा पत्रकारहरुले स्वतन्त्रता पूर्वक कलम चलाउनुपर्ने बताउनुभएको हो ।
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रिराम सिग्देलको सभापतित्वमा भएको कार्यक्रमको …
कावासाेतीमा विद्युत अवराेध, समस्या पहिल्याउनै प्राधिकरण शाखालाइ लाग्याे ३ घण्टा ।
भदौ २, कावासोती । नवलपुरको कावासोती सहित यसआसपासको क्षेत्रमा आज विहानैदेखि विद्युत्त सेवा अवरुद्ध भएको छ ।
प्रगतिनगर सव् स्टेशन बाट कावासोती आउने ३३ केभिको फिडरमा प्रगतिनगर नजिकैको जङ्गल क्षेत्रमा तार चुडिएर समस्या भएको पत्ता लगाउनै ३ घण्टा भन्दा बढि समय लागेको नेपाल विद्युत्त प्राधिकरण कावासोतीले जनाएको छ ।
कार्यालयका प्रमुख सुर्य नारायण मण्डलसँग विहान साढे सात बजे भएको कुराकानिमा प्रगतिनगर सबस्टेशनको ३३ केभि फिडरमा समस्या देखिएको तर समस्या कहाँनिर भएको हो भन्ने पत्ता लगाउन नसकिएकाे वताए ।
नवलपुरको सदरमुकाम समेत रहेको कावासोती नगरपालिका सहित यस आसपासमा गएराति पनि पटक पटक विद्युत्त आपुर्तिमा …
रेडियाे कावासाेतीले नगर स्तरिय अन्तर विद्यालय शिक्षक तिज गित प्रतियोगिता एवं दर खाने कार्यक्रम गर्ने ।
भदौ १, कावासोती । कावासोतीमा आउँदो भदौ ७ गते जिल्लामै फरक र नविन तिज विषेश कार्यक्रम हुने भएको छ ।
नेपाली सनातन हिन्दु धर्मावलम्बि महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु भैरहेको सन्दर्भमा कावासोतीमा भने अन्यत्र भन्दा भिन्न प्रकारले विद्यालय शिक्षकहरुको तिज गित प्रतियोगिता आयोजना हुने भएको हो ।
नवलपुरको कावासोती नगरपालिका वडा नं. ३ मा अवस्थित रेडियो कावासोती १०२.६ मेगाहर्ज र सिद्धार्थ आवासिय मा.वि. कावासोतीको संयुक्त आयोजनामा “नगर स्तरिय अन्तर विद्यालय शिक्षक तिज गित प्रतियोगिता एवं दर खाने कार्यक्रम २०८२” आयोजन गर्न लागिएको रेडियोका प्रबन्ध सञ्चालक भोजराज दाहालले …
कावासोतीमा मोटरसाइकल ठक्कर, पैदलयात्रीको मृत्यु
कावासोती । नवलपुरको कावासोती नगरपालिका–१६ कुमारी टोलमा शुक्रबार साँझ मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कुमारी टोलबाट सातघरेतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री ५५ वर्षीया रुकमान परियारलाई ठक्कर दिएको हो।
टाउको, घाँटी र खुट्टामा गम्भीर चोट लागेकी परियारलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्याइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेका छन्। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
हुप्सेकोट र बौदीकालीका नौ सय कृषकलाई फलफूलका बिरुवा वितरण
विष्णु गौडेल, कावासोती : नवलपुरकाे हुप्सेकोट गाउँपालिकामा अदुवामा आधारित कृषि वन प्रणाली विकास गर्ने उद्देश्यले किसानहरूलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको छ ।
सिआरएस( CRS ) नेपालको आर्थिक साझेदारीमा हिकोडेफको आयोजना एवं हुप्सेकोट गाउँपालिकाको समन्वयमा स्थानीय ४५० जना कृषकहरूलाई फलफूलका बिरुवा वितरण गरिएको हो । हुप्सेकोट गाउँपालिकाको वडा नं.२,४,५ र ६ का चार सय ५० घरपरिवारलाई एक हजार नौ सय कफी, तीन हजार कागती र एक सय ५० वटा सुन्तलाको बिरुवा वितरण गरिएको परियोजना संयोजक प्रशान्त रिजालले बताए ।
मध्य पहाडी क्षेत्रमा क्षयग्रस्त भू–परिवेशमा दिगो तथा सुधारिएको कृषि प्रणाली विकास गर्दै जैविक …
