हुप्सेकोट गाउँपालिकाद्धारा एकैदिन २ सय ५० कुकुरहरुलाई रेविज विरुद्धको खोप

दीपेन्द्र रेग्मि, माघ २०, कावासोती ।

नवलपुरको हुप्सेकोट गाउँपालिकाले एकैदिन २ सय ५० कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाएको छ । सामुदायिक छाडा कुकुरहरुलाई रेविज विरुद्धको खोप अभियान २०८२ अन्तर्गत मंगलबार एकैदिन घर पालुवा र छाडा छोडिएका गरि २५० कुकुरलाई खोप लगाईएको हुप्सेकोट गाउँपालिका पशु सेवा साखा प्रमुख बुद्धि बहादुर देउजाले जानकारी दिनुभएको हो । रोग लागिसकेपछि उपचार खोज्नु भन्दा रोग लाग्नै नदिनु उपयुक्त हुन्छ भन्ने यथार्थतालाई आत्मसाथ गरि, समुदायमा बढ्दै गएको छाडा कुकुरको संख्या न्युनिकरणका लागि गत वर्ष कुकुर बन्ध्याकरणको अभियान चलाएको गाउँपालिकाले यसवर्ष रेविज विरुद्धको खोप अभियान सञ्चालनमा ल्याएको हो …

हुप्सेकोट गाउँपालिकामा उत्कृष्ट १० उद्यमलाई रु एक लाख नगद सहित सम्मान

माघ १५, कावासोती ।
हुप्सेकोट गाउँपालिकाका हजारौँ उद्यम मध्य उत्कृष्ट १० उद्यमलाई रु एक लाख नगद सहित सम्मान गरिएको छ । विभिन्न विधाका उत्कृष्ट ९८ उद्यम मध्यबाट पनि सर्वोत्कृष्ट बन्न सफल उद्यमहरुलाई नवलपुरको हुप्सेकोट गाउँपालिकामा बुधबार भएको “उत्कृष्ट १० उद्यम घोषणा कार्यक्रम” मार्फत सम्मान गरिएको हो । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, हुप्सेकोट गाउँपालिका र दायित्व संस्था विच त्रिपक्षिय साझेदारिमा सञ्चालन भैरहेको वृद्धिमुखि उद्यमशिलता तथा रोजगारि प्रवर्धन अन्तर्गत “उत्कृष्ट १० उद्यम घोषणा कार्यक्रम” गरिएको दायित्व संस्थाका फिल्ड अधिकृत लक्ष्मण ठाडाले जानकारी बताउनुभयो ।
गाउँपालिकामा आँफुलाई उत्कृष्ट दावि गर्दै परेका फरक फरक …

हुप्सेकोट र बौदीकालीका नौ सय कृषकलाई फलफूलका बिरुवा वितरण

विष्णु गौडेल, कावासोती : नवलपुरकाे हुप्सेकोट गाउँपालिकामा अदुवामा आधारित कृषि वन प्रणाली विकास गर्ने उद्देश्यले किसानहरूलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको छ ।
सिआरएस( CRS ) नेपालको आर्थिक साझेदारीमा हिकोडेफको आयोजना एवं हुप्सेकोट गाउँपालिकाको समन्वयमा स्थानीय ४५० जना कृषकहरूलाई फलफूलका बिरुवा वितरण गरिएको हो ।  हुप्सेकोट गाउँपालिकाको वडा नं.२,४,५ र ६ का चार सय ५० घरपरिवारलाई एक हजार नौ सय कफी, तीन हजार कागती र एक सय ५० वटा सुन्तलाको बिरुवा वितरण गरिएको परियोजना संयोजक प्रशान्त रिजालले बताए ।
मध्य पहाडी क्षेत्रमा क्षयग्रस्त भू–परिवेशमा दिगो तथा सुधारिएको कृषि प्रणाली विकास गर्दै जैविक …

६ सय किलोमिटर यात्रा तय गर्दै लम्कीचुहा पुग्यो कावासोतीको गिद्ध

कावासोती । आहाराको खोजीमा नवलपुरको जटायु रेष्टुरेन्टबाट हिडेको सानो खैरो गिद्ध भारतको उत्तर प्रदेशको केही भुभाग हुदैँ पश्चिम नेपालको लम्कीचुहा पुगेको छ ।
स्याटेलाइट ट्याग लगाइएको गिद्धको अनुगमन गर्दा कावासोती–१३को नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेन्टबाट उडेर कैलालीको लम्कीचुहा पुगेको नेपाल पंक्षी संरक्षण संघका फिल्ड अफिसर ईश्वरी चौधरीले बताए ।
कावासोतीबाट उडेको गिद्ध पहिलो दिनमै जटायु रेष्टुरेन्टबाट रूपन्देहीको गैडहवा ताल नजिक गिद्ध रेस्टुरेन्ट पुगेको थियो । गैडहवा ताल नजिक गिद्ध रेस्टुरेन्टमा केहि दिन बसेर यो गिद्ध भारतको उत्तर प्रदेश हुदैँ कैलालीको लम्कीचुहा पुगेको हो । रुपन्देहीको रूपन्देहीको गैडहवा ताल नजिक गिद्ध …

कृषि पेसालाई प्रविधिमैत्री बनाउनुपर्छ – कृषि मन्त्री जिसी

असार १६ः कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कृषि पेसालाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनुभएको छ । कृषि ज्ञान केन्द्र र देवचुली नगरपालिकाको आयोजनामा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०८२ को अवसर पारेर कुजौलीमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री जिसीले सो कुरा बताउनुभएको हो ।

 
उहाँले भन्नुभयो – ‘अबको युग प्रविधिको युग हो, त्यसैले अब कृषिमा प्रविधिको प्रयोग गरेर लागत घटाउने र उत्पादन बढाउने कार्यमा हामी लाग्नुपर्छ ।’ मन्त्री जिसीले कृषि प्रधान देश भनेर नारा लगाउने तर कृषि क्षेत्रको विकासका लागि काम गर्न नसके …

हुप्सेकोटको कृषक तिवारी ‘राष्ट्रिय उत्कृष्ट कृषक’ पुरस्कारबाट सम्मानित

दिपेन्द्र रेग्मी, असार ११, कावासोती । “मिहिनेत गर्ने हातहरुलाई राष्ट्रले पनि सम्मान गर्दो रहेछ”, यो भनाई हो हुप्सेकोटका कृषक बाटुलि तिवारीको ।
नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं.४ मा रहेको मित्र वाटिका कृषि फर्मका सञ्चालक बाटुलि तिवारी राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
 
कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा राष्ट्रपति भवन शितल निवासमा असार १० गते आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जना किसानलाई यो पुरस्कार प्रदान गर्नुभएको थियो ।
 
देशभरका उत्कृष्ट १४ कृषक मध्य हुप्सेकोट ४ शंखदेवकि कृषक तिवारीपनि पर्न सफल हुनुभएको हो । कृषि …

निकुञ्जका नियमावली संशोधन हुँदै, संरक्षण र स्थानीय मैत्री नियमावली आउने

कावासोती । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ को संशोधन प्रक्रिया अगाडी बढाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०३० र यसमा आधारित भएर बनेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ का कारण निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्र भित्रका बासिन्दा तथा यस क्षेत्रको विकास निर्माण देखि आय आर्जनका गतिविधिमा समेत अवरोध आएको भन्दै संसद देखि सडक सम्म आवाज उठदै गए पछि वन तथा वातावरण मन्त्रालयले सुरुमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण …

उन्नत तरकारी खेति प्रविधि सम्बन्धी तालिम कावासोतीमा सुरु

जेठ २३ गते :  उन्नत तरकारी खेति प्रविधि सम्बन्धी जिल्ला स्तरीय अगुवा कृषक तालिम नवलपुरको कावासोतीमा आजबाट सुरु उन्नत तरकारी खेति प्रविधि सम्बन्धी जिल्ला स्तरीय अगुवा कृषक तालिम नवलपुरको कावासोतीमा आजबाट सुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपुरको आयोजनामा तालिम सुरु भएको हो । आजबाट सुरु भएको तालिम भोलीसम्म सञ्चालन हुनेछ । परियोजनाले सञ्चालन गरेको तरकारी सुपर जोनमा आबद्ध रहेका किसानहरूका लागि तालिम प्रदान गरिएको हो ।
 
तालिममा तरकारी खेतिमा देखिने शत्रु जीव र मित्र जीवका बारेमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्रा। डा। सुन्दर तिवारी …

सकियो गैँडाको आन्तरिक स्थानान्तरण

कावासोती । शनिबारदेखि चितवन राष्ट्रिय निकुञ्जले सुरु गरेको गैँडाको आन्तरिक स्थानान्तरण सकिएको छ ।
निकुञ्ज पश्चिम सेक्टरको गुन्द्रही ढकाहा वनबाट १५ र १६ वर्षको पोथी, नमूना मध्यवर्ती सामुदायिक वनबाट १८ वर्षको भाले र १४ वर्षको पोथीलाई स्थानान्तरण गरेर निकुञ्जको पुर्वी सेक्टरमा खगेन्द्रमल्ली र प्यारी ढाप क्षेत्रमा पठाईएको हो ।
सन २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो । वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा …

जलवायु परिवर्तनको प्रभाव सुन्तला खेतीमा

१५ माघ, डुम्रे (तनहुँ) । म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तला खेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको गुञ्जारका सुन्तला किसान निरे विक बताउँछन् ।
उनले भने, ‘दुई/तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो । अहिले के भयोभयो, फल नै लाग्दैन, सुन्तलाको बोटमा विभिन्न रोग देखापर्ने समस्या आएको छ ।’
आम्दानीको स्रोत यही भएका हामीजस्ता किसान मारमा परेका उनले उल्लेख गरे । ‘पहिले समयमा आकाशे पानी पथ्र्यो, अहिले सुन्तलाले फूल खेल्ने …

पूर्वी चितवनका सिमसार क्षेत्रमा ५५ प्रजातिका चरा भेटिए ।

काठमाडौं । पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटी र नेपाल पन्छीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।
गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन् । गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपालि पनि भेटिएको उनले  बताए । गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए । 
यस वर्ष …

जलबायु परिवर्तनले निम्त्याएको असर: किन खलबलिँदैछ हिउँदमा पानी पर्ने नियमित चक्र ?

काठमाडौं । सामान्यतः हिउँदमा पानी पर्नु नियमित चक्र नै हो। तर पछिल्ला केही वर्षयता त्यो चक्रमा खलबलिएको छ। खासगरी यसरी पर्ने आकाशेपानी तोरी, गहँ, मकै, तरकारी बालीका लागि लाभदायक मानिन्छ।
जानकारहरू यस पटक पनि हिउँदमा लामो समयसम्म आकाशेपानी नपर्दा तराई तथा पहाडमा लगाइएका हिउँदे बालीका लागि प्रतिकूल अवस्था रहेको बताउँछन् । हिमाली क्षेत्रमा भने यस अवधिमा दुई पटकसम्म हिमपात हुँदा केही राहत भएको छ। यसले हिमाली क्षेत्रमा उत्पादन हुने आलुखेतीका लागि फाइदा पुगेको बालीविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागले पनि यस पटक पनि औसतभन्दा कम पानी पर्ने आकलन गरेको छ …

पाटेबाघ मार्ने उद्योगमा विनयी त्रिवेणीका २० वर्षीय युवक पक्राउ

सन्जय भट्टराई, कावासोती । पाटेबाघ मार्ने उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेर आईतबार सार्वजनिक गरेको छ ।
निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन आयोजना गरेर पाटेबाघ मार्ने उद्योगमा पक्राउ परेका २० वर्षीय युवकलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौं अल्झेको जस्तो देखिने …

चितवन राष्ट्रिय निकुञ्जमा मंसिर महिनामा मात्रै २ वटा गैँडा र एउटा बाघको मृत्यु

सन्जय भट्टराई, कावसोती । चितवन राष्ट्रिय निकुञ्जमा मंसिर महिनामा मात्रै २ वटा गैँडा एउटा बाघको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार २०८१ मंसिर महिनामा मात्रै २ वटा गैँडा र एउटा ६ वर्षको व्यसक बाघको मृत्यु भएको हो ।
थापाका अनुसार मंसिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक बनको क्षेत्रभित्र नारायणी नदीको दोस्रो भंगालोमा अन्दाजी ३१ वर्षको पोथी गैडा पानीमा डुबेर र मंसिर १३ गते राष्ट्रिय निकुञ्जको धुर्वे पोष्ट नजिक करिब ३५ वर्षको पोथी गैडा कालगतिले मरेको थियो । त्यसै गरि मंसिर १६ गते अमलटारी …

एक वर्षमा २१ गैँडा मरे

कावासोती ।चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा २१वटा गैँडा मरेका छ्न ।
एक वर्षको अवधिमा १८ वटा गैँडा चोरी प्राकृतिक कारणबाट र २ वटा चोरी शिकारीको कारण बाट मरेका हुन भने एउटा गैँडाको मृत्युको कारण पत्ता नलागेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए ।
सोही अवधिमा निकुञ्जमा ८ वटा बाघ समेत प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए । उनका अनुसार एक वर्षको अवधिमा १५ प्रजातीका ७६ जनावर मरेका हुन । यो अवधिमा २४ चित्तल, ६ वटा रतुवा,५ वटा हात्ती, ४ वटा जरायो , २ वटा घडियाल गोहि, २ वटा मगर …

पूर्वपश्चिम लोकमार्गमा किसानहरुद्धारा दुध पोखेर एकघण्टा चक्काजाम, अर्थमन्त्रीलाई ज्ञापनपत्र

दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे मागराखि आन्दोलित भएका दुग्ध उत्पादक किसानहरुले बिहिबार १ घण्टा भन्दा बढि समय पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । नवलपरासि वर्दघाट सुस्ता पूर्व (नवलपुर)का किसानहरुले कावासोती नगरपालिका स्थित फलफुल चोकमा दुध पोखेर १ घण्टा चक्काजाम गरेका हुन् ।

किसानहरुले विविध समस्याका वावजुत उत्पादन गरेको दुधको भुक्तानि नपाएको र कृषकका समस्याप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै आन्दोलित किसानहरुले कृषिमन्त्रिको राजिनामा समेत माग गरेका छन् । निकम्मा कृषिमन्त्री राजीनामा दे, किसानमारा सरकार मुर्दावाद, मिल्क होलि डे बन्द गर, दुधको आयात बन्द गर, जस्ता प्लेकार्ड बोेकेका किसानहरुले …

१ किलोकै ४० हजार देखि ६४ हजार मूल्य पर्ने भेनिलाको खेती (Vanilla Farming) बारे बुझौ।

तपाई हामीलाई थाहा छ केही फहरुको मूल्य सुन चाँदीको भन्दापनि महंगो हुन्छ । यति महंगो फलको खेती किन नगर्ने ?

गर्मीको मौसम सुरु हुने बित्तिकै हाम्रो दिमागमा सबैभन्दा पहिले आइसक्रिमको नाम आउँछ। हामी विभिन्न किसिमका आइसक्रिम खाने बारे सोच्ने गर्छौं तर के तपाईलाई थाहा छ आइसक्रिममा प्रयोग हुने भेनिलाको पनि खेती गरिन्छ ।
यो चीजले आइसक्रिमलाई अझ राम्रो बनाउँछ। यो विश्वको उत्कृष्ट स्वाद हो । यो एक फल हो । यदि तपाई पनि कृषक हुनुहुन्छ भनेभेनिला खेती गर्नुहोस्, यसले तपाईलाई धेरै फाइदा पुर्‍याउँछ।
यसको सबैभन्दा ठूलो कारण यो हो कि यो भेनिला आइसक्रिम …

धानको गाँज कुहिन थालेपछि किसान चिन्तित

भदौ ८, गलकोट : खुमलचार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् ।
बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक वर्षमा अनुदानमा वितरण गरेको खुमलचार जातको धानको बीउ लगाएका किसान अहिले समस्यामा परेका छन् । बडिगाड गाउँपालिकाले रु दुई लाख २० हजार लागतमा खुमलचार, खुमलआठ, खुमलदश र पोख्रेली जेठोबुढोको जातको चार हजार एक सय केजीको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । तर, खुमलचार जातको धानको बीउ लगाएका किसानको खेतमा धानको गाँज मर्न थालेको छ …

सात लाख ६८ हजार पशुमा लम्पी स्किनको सङक्रमण निको भैसक्यो

साउन १०, काठमाण्डौ : पशुचौपायमा फैलिएको लम्पी स्किन रोगको सङक्रमण निको हुने दर बढ्दै गएको छ । अहिलेसम्म देशभरका गरी १० लाख ५४ हजार पशु सङक्रमित भएको पशु सेवा विभागको तथ्याङ्क छ ।
तीमध्ये सात लाख ६८ हजार पशुमा सङक्रमण निको भैसकेको छ । अहिले सक्रिय अवस्थाका सङक्रमित पशुको संख्या २ लाख ६८ हजार छ ।
लम्पी स्किनकै कारण बितेका ५ महिनामा ४८ हजारभन्दा धेरै गाई–भैँसी मरेका छन् ।
यो रोगको सङक्रमण सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा धेरै छ । यो रोगविरुद्धको खोप एलएसपी लगाइएका गाई–भैँसीको संख्या तीन लाख एक हजार भन्दा धेरै रहेको पशु …

वर्षाले कावासोति बजार अस्तव्यस्त : गण्डकीका धेरै स्थानमा रोपाइँ हुनै बाँकि

एन सञ्चार अनलाईन संवाददाता, साउन ९, कावासोति : यसअगाडि असारको अन्त्यसम्ममा ९० प्रतिशत भन्दा धेरै जमिनमा रोपाई भै सक्ने गण्डकी प्रदेशमा यसपालि भने अहिलेसम्म करिब ७५ प्रतिशत मात्रै रोपाई सकिएको छ ।
अधिकांश खेत वर्षामा निर्भर रहेको गण्डकी प्रदेशमा हालसम्म ७५ प्रतिशत रोपाइँ पूरा भएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले एनसञ्चार अनलाईनलाई बताएका छन् । उनका अनुसार असार १५ गतेसम्म १८ प्रतिशत मात्रै रोपाई भएको भए पनि वर्षाको क्रम बढेपछि असार १५ यता रोपाई बढेको हो ।
११ जिल्लाहरू रहेको गण्डकी प्रदेशका नौ वटा जिल्लाहरूमा मात्रै धान खेती हुने …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode