उन्नत तरकारी खेति प्रविधि सम्बन्धी तालिम कावासोतीमा सुरु

जेठ २३ गते :  उन्नत तरकारी खेति प्रविधि सम्बन्धी जिल्ला स्तरीय अगुवा कृषक तालिम नवलपुरको कावासोतीमा आजबाट सुरु उन्नत तरकारी खेति प्रविधि सम्बन्धी जिल्ला स्तरीय अगुवा कृषक तालिम नवलपुरको कावासोतीमा आजबाट सुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपुरको आयोजनामा तालिम सुरु भएको हो । आजबाट सुरु भएको तालिम भोलीसम्म सञ्चालन हुनेछ । परियोजनाले सञ्चालन गरेको तरकारी सुपर जोनमा आबद्ध रहेका किसानहरूका लागि तालिम प्रदान गरिएको हो ।
 
तालिममा तरकारी खेतिमा देखिने शत्रु जीव र मित्र जीवका बारेमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्रा। डा। सुन्दर तिवारी …

सकियो गैँडाको आन्तरिक स्थानान्तरण

कावासोती । शनिबारदेखि चितवन राष्ट्रिय निकुञ्जले सुरु गरेको गैँडाको आन्तरिक स्थानान्तरण सकिएको छ ।
निकुञ्ज पश्चिम सेक्टरको गुन्द्रही ढकाहा वनबाट १५ र १६ वर्षको पोथी, नमूना मध्यवर्ती सामुदायिक वनबाट १८ वर्षको भाले र १४ वर्षको पोथीलाई स्थानान्तरण गरेर निकुञ्जको पुर्वी सेक्टरमा खगेन्द्रमल्ली र प्यारी ढाप क्षेत्रमा पठाईएको हो ।
सन २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो । वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा …

जलवायु परिवर्तनको प्रभाव सुन्तला खेतीमा

१५ माघ, डुम्रे (तनहुँ) । म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तला खेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको गुञ्जारका सुन्तला किसान निरे विक बताउँछन् ।
उनले भने, ‘दुई/तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो । अहिले के भयोभयो, फल नै लाग्दैन, सुन्तलाको बोटमा विभिन्न रोग देखापर्ने समस्या आएको छ ।’
आम्दानीको स्रोत यही भएका हामीजस्ता किसान मारमा परेका उनले उल्लेख गरे । ‘पहिले समयमा आकाशे पानी पथ्र्यो, अहिले सुन्तलाले फूल खेल्ने …

पूर्वी चितवनका सिमसार क्षेत्रमा ५५ प्रजातिका चरा भेटिए ।

काठमाडौं । पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटी र नेपाल पन्छीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।
गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन् । गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपालि पनि भेटिएको उनले  बताए । गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए । 
यस वर्ष …

जलबायु परिवर्तनले निम्त्याएको असर: किन खलबलिँदैछ हिउँदमा पानी पर्ने नियमित चक्र ?

काठमाडौं । सामान्यतः हिउँदमा पानी पर्नु नियमित चक्र नै हो। तर पछिल्ला केही वर्षयता त्यो चक्रमा खलबलिएको छ। खासगरी यसरी पर्ने आकाशेपानी तोरी, गहँ, मकै, तरकारी बालीका लागि लाभदायक मानिन्छ।
जानकारहरू यस पटक पनि हिउँदमा लामो समयसम्म आकाशेपानी नपर्दा तराई तथा पहाडमा लगाइएका हिउँदे बालीका लागि प्रतिकूल अवस्था रहेको बताउँछन् । हिमाली क्षेत्रमा भने यस अवधिमा दुई पटकसम्म हिमपात हुँदा केही राहत भएको छ। यसले हिमाली क्षेत्रमा उत्पादन हुने आलुखेतीका लागि फाइदा पुगेको बालीविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागले पनि यस पटक पनि औसतभन्दा कम पानी पर्ने आकलन गरेको छ …

पाटेबाघ मार्ने उद्योगमा विनयी त्रिवेणीका २० वर्षीय युवक पक्राउ

सन्जय भट्टराई, कावासोती । पाटेबाघ मार्ने उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेर आईतबार सार्वजनिक गरेको छ ।
निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन आयोजना गरेर पाटेबाघ मार्ने उद्योगमा पक्राउ परेका २० वर्षीय युवकलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौं अल्झेको जस्तो देखिने …

चितवन राष्ट्रिय निकुञ्जमा मंसिर महिनामा मात्रै २ वटा गैँडा र एउटा बाघको मृत्यु

सन्जय भट्टराई, कावसोती । चितवन राष्ट्रिय निकुञ्जमा मंसिर महिनामा मात्रै २ वटा गैँडा एउटा बाघको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार २०८१ मंसिर महिनामा मात्रै २ वटा गैँडा र एउटा ६ वर्षको व्यसक बाघको मृत्यु भएको हो ।
थापाका अनुसार मंसिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक बनको क्षेत्रभित्र नारायणी नदीको दोस्रो भंगालोमा अन्दाजी ३१ वर्षको पोथी गैडा पानीमा डुबेर र मंसिर १३ गते राष्ट्रिय निकुञ्जको धुर्वे पोष्ट नजिक करिब ३५ वर्षको पोथी गैडा कालगतिले मरेको थियो । त्यसै गरि मंसिर १६ गते अमलटारी …

एक वर्षमा २१ गैँडा मरे

कावासोती ।चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा २१वटा गैँडा मरेका छ्न ।
एक वर्षको अवधिमा १८ वटा गैँडा चोरी प्राकृतिक कारणबाट र २ वटा चोरी शिकारीको कारण बाट मरेका हुन भने एउटा गैँडाको मृत्युको कारण पत्ता नलागेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए ।
सोही अवधिमा निकुञ्जमा ८ वटा बाघ समेत प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए । उनका अनुसार एक वर्षको अवधिमा १५ प्रजातीका ७६ जनावर मरेका हुन । यो अवधिमा २४ चित्तल, ६ वटा रतुवा,५ वटा हात्ती, ४ वटा जरायो , २ वटा घडियाल गोहि, २ वटा मगर …

पूर्वपश्चिम लोकमार्गमा किसानहरुद्धारा दुध पोखेर एकघण्टा चक्काजाम, अर्थमन्त्रीलाई ज्ञापनपत्र

दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे मागराखि आन्दोलित भएका दुग्ध उत्पादक किसानहरुले बिहिबार १ घण्टा भन्दा बढि समय पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । नवलपरासि वर्दघाट सुस्ता पूर्व (नवलपुर)का किसानहरुले कावासोती नगरपालिका स्थित फलफुल चोकमा दुध पोखेर १ घण्टा चक्काजाम गरेका हुन् ।

किसानहरुले विविध समस्याका वावजुत उत्पादन गरेको दुधको भुक्तानि नपाएको र कृषकका समस्याप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै आन्दोलित किसानहरुले कृषिमन्त्रिको राजिनामा समेत माग गरेका छन् । निकम्मा कृषिमन्त्री राजीनामा दे, किसानमारा सरकार मुर्दावाद, मिल्क होलि डे बन्द गर, दुधको आयात बन्द गर, जस्ता प्लेकार्ड बोेकेका किसानहरुले …

१ किलोकै ४० हजार देखि ६४ हजार मूल्य पर्ने भेनिलाको खेती (Vanilla Farming) बारे बुझौ।

तपाई हामीलाई थाहा छ केही फहरुको मूल्य सुन चाँदीको भन्दापनि महंगो हुन्छ । यति महंगो फलको खेती किन नगर्ने ?

गर्मीको मौसम सुरु हुने बित्तिकै हाम्रो दिमागमा सबैभन्दा पहिले आइसक्रिमको नाम आउँछ। हामी विभिन्न किसिमका आइसक्रिम खाने बारे सोच्ने गर्छौं तर के तपाईलाई थाहा छ आइसक्रिममा प्रयोग हुने भेनिलाको पनि खेती गरिन्छ ।
यो चीजले आइसक्रिमलाई अझ राम्रो बनाउँछ। यो विश्वको उत्कृष्ट स्वाद हो । यो एक फल हो । यदि तपाई पनि कृषक हुनुहुन्छ भनेभेनिला खेती गर्नुहोस्, यसले तपाईलाई धेरै फाइदा पुर्‍याउँछ।
यसको सबैभन्दा ठूलो कारण यो हो कि यो भेनिला आइसक्रिम …

धानको गाँज कुहिन थालेपछि किसान चिन्तित

भदौ ८, गलकोट : खुमलचार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् ।
बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक वर्षमा अनुदानमा वितरण गरेको खुमलचार जातको धानको बीउ लगाएका किसान अहिले समस्यामा परेका छन् । बडिगाड गाउँपालिकाले रु दुई लाख २० हजार लागतमा खुमलचार, खुमलआठ, खुमलदश र पोख्रेली जेठोबुढोको जातको चार हजार एक सय केजीको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । तर, खुमलचार जातको धानको बीउ लगाएका किसानको खेतमा धानको गाँज मर्न थालेको छ …

सात लाख ६८ हजार पशुमा लम्पी स्किनको सङक्रमण निको भैसक्यो

साउन १०, काठमाण्डौ : पशुचौपायमा फैलिएको लम्पी स्किन रोगको सङक्रमण निको हुने दर बढ्दै गएको छ । अहिलेसम्म देशभरका गरी १० लाख ५४ हजार पशु सङक्रमित भएको पशु सेवा विभागको तथ्याङ्क छ ।
तीमध्ये सात लाख ६८ हजार पशुमा सङक्रमण निको भैसकेको छ । अहिले सक्रिय अवस्थाका सङक्रमित पशुको संख्या २ लाख ६८ हजार छ ।
लम्पी स्किनकै कारण बितेका ५ महिनामा ४८ हजारभन्दा धेरै गाई–भैँसी मरेका छन् ।
यो रोगको सङक्रमण सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा धेरै छ । यो रोगविरुद्धको खोप एलएसपी लगाइएका गाई–भैँसीको संख्या तीन लाख एक हजार भन्दा धेरै रहेको पशु …

वर्षाले कावासोति बजार अस्तव्यस्त : गण्डकीका धेरै स्थानमा रोपाइँ हुनै बाँकि

एन सञ्चार अनलाईन संवाददाता, साउन ९, कावासोति : यसअगाडि असारको अन्त्यसम्ममा ९० प्रतिशत भन्दा धेरै जमिनमा रोपाई भै सक्ने गण्डकी प्रदेशमा यसपालि भने अहिलेसम्म करिब ७५ प्रतिशत मात्रै रोपाई सकिएको छ ।
अधिकांश खेत वर्षामा निर्भर रहेको गण्डकी प्रदेशमा हालसम्म ७५ प्रतिशत रोपाइँ पूरा भएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले एनसञ्चार अनलाईनलाई बताएका छन् । उनका अनुसार असार १५ गतेसम्म १८ प्रतिशत मात्रै रोपाई भएको भए पनि वर्षाको क्रम बढेपछि असार १५ यता रोपाई बढेको हो ।
११ जिल्लाहरू रहेको गण्डकी प्रदेशका नौ वटा जिल्लाहरूमा मात्रै धान खेती हुने …

धान खेतीमा रोगब्याधि नलागोस् भनि थारु समुदायले हरेरी पूजा गर्दै

रासस
साउन ८, काठमाण्डौ: थारु समुदायका अगुवा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनी’ हरेरी पूजा गर्नमा व्यस्त छन्। रोपिएको धान सप्रियोस् भनेर थारु समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ। अहिले अधिकांस थारुबस्तीमा हरेरी पूजा गर्न थालिएको छ। पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पूजा गर्ने गर्छन्।

हरेरी पूजा असारदेखि भदौ महिनामा सामूहिकरुपमा गर्ने गरिन्छ। विशेष गरी थारु गाउँमा यो पूजा गरेपछि खेतीबारीमा कुनै किसिमका खेतीमा रोग नलाग्ने जनविश्वास रहेको टीकापुरको नुक्लीपुरका बर्का गुरुवा फुलराम थारुले बताए।

‘धान खेती नै मुख्य अन्नबाली रहेकाले हामी उब्जनी बढाउन परम्परागतदेखि …

काठमाडौंको ६ हजार ५ सय टन फोहोर सडकमै : फोहोर फाल्न स्थानियको अवरोध

साउन ५, नुवाकोट : ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाका फोहोर आज पनि विसर्जन हुन सकेन।
काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो।यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन।
बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीयसँग वार्ता पनि भएको थियो। बुधबारको समझदारीअनुरूप अहिले बञ्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको फोहोर पुर्ने काम भइरहेको काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले …

किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य बढ्याे ।

२८ असार, काठमाडौं । सरकारले किसानले बिक्री गर्ने धानको मूल्य बढाएर नयाँ न्यूनतम मूल्य तोकेको छ ।
२६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषि र उद्योग मन्त्रालयको सिफारिसमा मोटा धानको मूल्य ३ हजार १९८ र मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ३६२ रुपैयाँ तोकेको हो ।

नयाँ मूल्यअनुसार मोटा धान प्रतिक्विन्टलमा ३३० रुपैयाँ र मध्यम धानको मूल्य २३४ रुपैयाँले बढेको छ ।

गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार …

जनमतका मन्त्री, सांसदसहित नेताकार्यकर्ताले रोपिदिए किसानको धान

२८ असार, जनकपुरधाम । जनमत पार्टीका मन्त्रीसहित नेताकार्यकर्ताले एक जना किसानको एक विघा जमिनमा धान रोपिदिएका छन् ।
महोत्तरी गाउँपालिका वार्ड-५ का कृष्ण साहको एक विघा जमिनमा जनमत पार्टीका नेता कार्यकर्ताको सामूहिक श्रमदानमा धान रोपिएको हो ।
मजदुर अभावका कारण रोपाइँको हुन नसकेको जानकारी प्राप्त भएपछि नेताकार्यकर्ता पुगेर धान रोपिदिएको जनमतका केन्द्रीय उपाध्यक्ष समेत रहेका मधेशका विना विभागीय मन्त्री वसन्त कुशवाहाले बताए ।
पूर्व कृषि मन्त्री समेत रहेका कुशवाहा, प्रतिनिधि सभा सदस्य अनिता साह, केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह, संजय स्वराजी, एनआरएमए महासचिव डॉ. श्याम महतो लगायतले धान रोपेका हुन् ।
उनीहरुलाई खेतमा खाजा …

भेडाबन सामुदायिक बनको अधिबेशनमा ढिलासुस्ती ,आर्थिक अनियमिततामाथी आशंका

कावासोती – नवलपुरको विनयी त्रिवेणी वडा नम्बर १ स्थित सिसेनीमा रहेको भेडावन सामुदायिक वन समितिको कार्यसमितिको म्याद सकिएको ९ महिना पुगिसक्दा पनि साधरण सभा तथा अधिवेशन हुन सकेको छैन ।
सामुदायिक वनको कार्य समितिले आन्तरिक रुपमा वनको हिसाब किताब मिलाउने काम गर्न नसक्दा अधिवेशन हुन नसकेको हो । वनमा आर्थिक अनियमितता भएको र समिति भित्रै आर्थिक हिसाब किताब मिलान गर्न समस्या आएकाले समितिले नयाँ साधारण सभा र अधिवेशन गर्न नसकेको सामुदायिक वनका एक जना उपभोक्ताले नाम नबताउने सर्तमा बताए ।
“वन समितिले आर्थिक अनियमितता गरेको छ, अवलोकन भ्रमणमा ५ लाख भन्दा धेरै …

यस वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले यस वर्ष धानका लागि आवश्यक पर्ने रासायनिक मल अभाव नहुने बताउनुभएको हो । हाल देशभरका कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको उहाँले जानकारी दिनुभयो ।
 
मन्त्री भुसालले असार महिनाको अन्त्य सम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने पनि बताउनुभयो । मन्त्री भुसालले आगामी …

नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन : जनार्दन शर्मा

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता नभएको बताउनु भएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो दाबी गर्नुभएको हो ।
उपमहासचिव शर्माले अर्गानिक मल कारखानाको भने अवश्यक्ता रहेको औंल्याउनुभयो । हामीसँग भएका स्रोत र साधनलाई परिचालन गरेर अर्गानिक मल कारखाना भने नेपालले बनाउन सक्ने उहाँको भनाई थियो ।
उपमहासचिव शर्माले कृषिमा आधारित उद्योग स्थापनाका लागि संघीय …

You Missed

उन्नत तरकारी खेति प्रविधि सम्बन्धी तालिम कावासोतीमा सुरु
अध्यात्मः सुख शान्ति र आनन्दको पुर्ण रुप ।
याद गर्नुस १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई यि १२ कुरा अनिवार्य सिकाउनैपर्छ ।
युवतीहरूमा बढ्दो ‘नो म्यारिज ट्रेन्ड’ यि र यस्ता कारण हुन सक्छन ।
मानव सेवा फाउण्डेशनद्वारा आयोजित श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ मा विविध कार्यक्रमहरू गरिने ।
मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्‍याली आयोजना हुँदै

आज लोकतन्त्र दिवस ।।

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:४३
  • 0 views
आज लोकतन्त्र दिवस ।।

Primary Color

Secondary Color

Layout Mode