युनाईटेड गोल्डकपको उदघाटन खेलमा चोरमारा बिजयी,शनिवार वातासिनो कावासोती र रजहर आमनेसामने

  • खेलकुद
  • २०८१ भाद्र १५, शनिबार १४:४७

कावासोती । हुप्सेकोटको गिरुवारीमा शुक्रवारबाट सुरु भएको ३८ औं युनाईटेड गोल्ड कपमा चोरमारा युवा क्लब चोरमारा बिजयी भएको छ । बसन्तपुर फार्मेसीलाई ४ का विरुद्ध ५ गोलले पराजित गर्दै चोरमारा युवा क्लब बिजयी भएको हो ।

निर्धारित समयमा दुबै टिमबाट बराबरी १/१ गोल भएपछी खेल ट्राईबेकरमा परिणत भएको थियो । शनिबारको खेल वातासिनो कावासोती र हरियाली युवा क्लब रजहर बिच हुने आयोजकले बताएको छ । युनाईटेड युवा क्लबको आयोजनामा संचालित युनाईटेड गोल्ड कपको ३८ औं संस्करणमा १६ क्लब सहभागी छन ।


प्रतियोगिताको विजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार ५ सय ५५ नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार ५ सय ५५ रुपैयाँ हात पार्नेछन । उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

 

खेलाडी कल्याण कोषको गृहकार्य सुरु : भट्टराई

युनाइटेड गोल्ड कपको उदघाटन गर्न आएका प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा भट्टराईले खेलाडी कल्याण कोषको ब्यवस्थाका लागि गृहकार्य भईरहेको बताएका छन ।

अन्तर्राष्ट्रिय स्तरमा देशको गौरब बढाउने खेलाडीको सबै खाले सुरक्षाका लागि कल्याण कोषको ब्यवस्था गर्नुपर्ने जिकिर गर्दै गण्डकी प्रदेशमा त्यसको गृहकार्य भईरहेको जानकारी दिए ।


आफ्नो खेल जिवनको सुरुवात भएको खेल मैदानमा आएर गोल्डकपको उदघाटन गर्न पाँउदा हर्ष बिभोर भएको बताएका भट्टराईले बिरेन्द्र शिल जितेर आफ्नो खेल जीवन सुरुवात भएको स्मरण गरेका थिए ।

गोल्डकपको हरेक संस्करण सरस्वती माबि गिरुवारीको खेल मैदानमा संचालन हुँदै आएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 54 views
    खो खो खेलको उपलब्धि : नेपाली खेलकुद क्षेत्रमा नयाँ स्वाद

    ७ माघ, काठमाडौं । एक साताअघिसम्म खो खो खेलको बारेमा धेरै नेपाली खेलप्रेमी तथा खेल समर्थकहरू अनविज्ञ नै थिए । एक सातामा नेपाली खो खो खेलले व्यापक चर्चा कमाउन सफल…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 59 views
    नेपाल कबड्डी लिगमा जनकपुर नाइट्सको लगातार दोस्रो जित

    ७ माघ, काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगबार भएको एक मात्र खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *