+
+
-- Sponsored Ad --

जिल्ला प्रहरी कार्यालय सेरोफेरोमै श्रृङ्खलावद्द चोरीका घटना, के भन्छ प्रहरी प्रशासन ?

184 पटक हेरिएको
Clock २०८१ माघ २, बुधबार १९:०८
-- Sponsored --

कावासोती ।  जिल्ला सदरमुकाम कावासोतीमा चोरीका घटना बढ्न थालेपछि नवलपुर उघोग बाणिज्य संघले प्रहरीको ध्यानाकर्षण गराएको छ ।

नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकाललाई भेटेर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको हो ।

सदरमुकाम क्षेत्र विशेष गरि ५०० मिटर भित्र एक महिनाको अवधिमा चारवटा ठूला चोरीका घटना भएको भन्दै उद्योगी व्यापारीलाई व्यवसाय गर्न भय भएकोले शान्ति सुरक्षाको प्रत्याभूति दिने गरि सुरक्षा व्यवस्था मिलाउनु पर्ने, रात्रिकालिन गस्ति बढाउन माग गरेको संघका महासचिव सागर पोख्रेलले जानकारी दिए ।

जवाफमा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख ढकालले मार्टहरुमा भएका चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि सकिएको र सोमबार राति मोवाईल पसल चोरीको घटनामा सम्लग्न व्यक्तिलाई पनि छिट्टै पक्राउ गरि कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको महासचिव पोख्रेलले बताए ।

कावासोतीमा जिल्ला प्रहरी कार्यालयबाट ३ सय मिटर बि पी चोकमा रहेको विशाल मोबाइल पसलबाट सोमबार राति करिब २० लाख मूल्यबराबरको मोबाइल चोरी भएको सञ्चालक विशाल तिवारीले बताएका छन् । राति पसलको सटर फोरेर सोकेस रित्तै बनाएको उनले सुनाए । यो पसल जिल्ला प्रहरी कार्यालयबाट एक सय मिटर पनि टाढा छैन ।

पसलको च्यानलगेट र सटरसमेत फोरेर पसल चोरी भएको हो । बि पी चोकमा रहेको यो पसलबाट ६ सय मिटर दूरीमा रहेका दुईवटा मार्टमा एक महिनाअघि चोरी भएको थियो । कावासोती-३ को फेमिली मार्टमा सीसीटीभी फुटाएर दुई पटकसम्म चोरी भएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
🎡 Spin & Win