रविकाे जित सुनिस्चित सगै कांग्रेस उम्मेदवार जीतनारायणले रविलाई दिए बधाई
१२ वैशाख, चितवन । चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई बधाई दिएका छन् ।
३७ हजारबढी मतान्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ ।
मतगणनास्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापतिसमेत रहेका रविलाई बधाई दिए । रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले प्रतिस्पर्धीका रुपमा रविको रचनात्मक काममा सहयोग गर्ने बताए ।
उनले भने, ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रुपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ ।’
जनताले परिर्वतन खोजेको र परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्ने बताए ।
रास्वपा सभापति रविले पनि सबैसँग सहकार्य गर्ने भन्दै रचनात्मक सहयोगको …
चितवन-२ मा रवि लामिछानेको अग्रता काममै
काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता कायमै रहेको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत गणनाको परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले १२ हजार ५४० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले ३ हजार ५७३ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ३ हजार ५५५ मत प्राप्त गर्नुभएको छ ।
अहिले मतगणना जारी छ ।
तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले विजयी
१२ वैशाख, तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले …
उपनिर्वाचन : बारा–२ मा शिवचन्द्र कुशवाहकाे अग्रता कायमै
काठमाडौं । बारा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहकाे अग्रता कायमै रहेकाे छ ।
सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार कुशवाहले १ हजार १४६ मत पाउनु भएकाे छ ।
त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १ हजार ११७ मत पाउनु भएको छ ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा आइतबार मतदान भएको थियो । मतगणना भने सोमबारबाट सुरु भएको हो ।
गत वर्ष मंसिर ४ मा भएको आम निर्वाचनमा सो क्षेत्रबाट जसपाका रामसहाय प्रसाद यादव विजयी हुनुभएको थियो । चैत …
तनहुँ १ मा रास्वपाका उम्मेदवार वाग्लेकाे अग्रता ह्वात्तै बढ्याे
तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेकाे अग्रता ह्वात्तै बढेकाे छ ।
पछिल्लो विवरणअनुसार वाग्लेले १५ हजार मत कटाएका छन् । वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत प्राप्त गरेका छन् ।
अहिले भट्टराई र वाग्लेबीचको मतान्तर ६४०४ रहेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३९५ मत प्राप्त गरेका छन् । अहिलेसम्म २९ हजार ८०२ मतकाे गणना सकिएको छ ।
बारा २ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता
११ वैशाख, बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् ।
सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा यादवले २२४ मतसहित अग्रता लिएका छन् ।
त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।