भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने तयारी
काठमाडौं । नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथिकाे अनुसन्धान प्रतिवेदन आज बुझाइँदैछ ।
जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।
सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व मन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिना देखि जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ । हिजै बुझाउने भनिए पनि कागजातका अपुग भए पछि आज बुझाउन …