कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव
दीपक भट्टराई, कावासोती । तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।
मध्यविन्दु उद्योग वाणिज्य संघले मंगलबार अरुणखोलामा पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा कृषि, व्यापार, पर्यटन तथा स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरण कुमार क्षेष्ठले जानकारी दिए । करिब २ सय वटा स्टल रहने महोत्सवमा स्थानीय कृषिजन्य उत्पादन, घरेलु सामग्री, हस्तकला, व्यवसायिक उत्पादन तथा विविध सांस्कृतिक प्रदर्शनी समेटिने पत्रकार सम्मेलनमा …