सुदर्शनलाई भेट्न नख्खु कारागार पुगे विप्लव

२२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नख्खु कारगार पुगेर हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका छन् ।
सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएको थियो । त्यसको भोलिपल्ट विप्लव, वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने ओलीलाई भेट्न नख्खु कारागार पुगेका हुन् ।
उनीहरुले कारागारमा रहेका समूहका अन्य कार्यकर्ताहरुसँग पनि भेट गरेका छन् । २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन् ।
 

सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ?

२१ फागुन, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्र
१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
२ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा …

लामो समय भुमिगत अवस्थामा रहेका विप्लव नवलपरासीको अमरापुरीवाट सार्वजानीक : प्रहरी स्कटिङ्गमा काठमाण्डौ जादै ।

२१ फागुन, काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई प्रहरीको स्कर्टिङमा आज दिउँसो काठमाडौं ल्याइँदै छ । उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ गर्दै काठमाडौं ल्याउन लागिएको हो ।
विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए । विप्लव विगतदेखि नै बेलबहादुरको घरमा बस्ने, नेताहरुसँग वार्ता गर्ने गर्दथे ।
उनी अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट गरी शुक्रबार बिहानै काठमाडौंका लागि प्रस्थान गरेका हुन् । ‘गोप्य रुपमा कसैलाई थाहा नदिई काठमाडौं जाने भन्ने तयारी थियो, तर प्रहरीले थाहा पाएर …

प्रधानमन्त्री ओली र विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्दै : कतिको प्रगाढ रहला ओली विप्लव सम्वन्ध ?

काठमाडौं :  सरकार र प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। हिजो भएको सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको वार्ता सफल भएको छ। 
 
 
दुई पक्षबीच तीन बुँदे सहमति भएको छ। विस्तृत सहमति आज नै प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सार्वजनिक गर्नेछन्।  औपचारिक वार्ता शुरु भएको दोस्रो दिनमै सरकार र विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीबीच सहमति भएको हो। तीन बुँदे सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट खड्कबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन्।। 
सरकारले …

प्रतिवन्धित विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्दै सरकार :

२० फागुन, काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।
‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’
 

प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।
फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।
सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।
बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । …

You Missed

चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत
कावासोतीमा स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते
पिठौलिको ऐतिहासिक हरिबोधनी मेलामा चर्चित कलाकारहरुको प्रस्तुती रहने ।
मोडल सजिना लामिछाने टिमकाे फरक धारमा देउसी भैलो “जेन्जी तिहार” बजारमा
नवलपुर प्रहरीको पेट्रोल पम्प सञ्चालनमा
विपिन जोशीको मृत्यु पुष्टि, हमासले शव इजरायललाई बुझाउँदै
“भविष्यलाई दिशा दिने तालिम” सम्पन्न

Primary Color

Secondary Color

Layout Mode