एमसीसीकाे भुमरीः हार्न तयार छैनन देउवा ,प्राथमिकतामा गठबन्धन र एमसीसी अनुमोदन
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रतिनिधिसभामा छलफल थाल्नुअघि सत्तारुढ नेपाली कांग्रेसका नेताहरुको दौडधुप बढेको छ ।
बिहीबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) माथि सामान्य छलफल गर्ने सम्भावित कार्यसूची छ । केही दिनको छलफलपछि एमसीसी अनुमोदन गर्ने वा नगर्ने निर्णय हुनेछ । तर एमसीसी अनुमोदन हुनेमा ढुक्क नदेखिएकाले कांग्रेस नेताहरुले सत्तारुढ गठबन्धन र प्रमुख विपक्षी नेकपा एमालेसँग समानान्तर सम्वाद गरिरहेका छन् ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चार तथा …
कांग्रेसको सरकार आएपछि प्रहरीलाई ठेगान लगाउछु : देउवा
सुनसरी । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिन थालेको आरोप लगाउनुभएको छ ।
मंगलबार सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै देउवाले देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै खुलेरै विरोध गर्नुभयो ।
देशभरका जनता कांग्रेस हुने क्रम दैनिक बढिरहेको अवस्थामा प्रहरीले कांग्रेसमा प्रवेश गरेकालाई अनाहकमा पक्राउ गरी हिरासतमा राखेको आरोप लगाउँदै देउवाले प्रहरीले आचरण सुधार्नुपर्नेमा जोड दिनुभयो ।
अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपछि ठेगान लगाउने चेतावनी देउवाको छ । देउवाले कांग्रेस कार्यकर्तालाई अनावश्यक …