तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले विजयी

१२ वैशाख, तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले …

तनहुँ १ मा रास्वपाका उम्मेदवार वाग्लेकाे अग्रता ह्वात्तै बढ्याे

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेकाे अग्रता ह्वात्तै बढेकाे छ ।
पछिल्लो विवरणअनुसार वाग्लेले १५ हजार मत कटाएका छन् । वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत प्राप्त गरेका छन् ।
अहिले भट्टराई र वाग्लेबीचको मतान्तर ६४०४ रहेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३९५ मत प्राप्त गरेका छन् । अहिलेसम्म २९ हजार ८०२ मतकाे गणना सकिएको छ ।

You Missed

भद्रपुर विमानस्थलमा बुद्ध एयर दुर्घटनाका सबै यात्रु सुरक्षित
“क्यामेरा मेन”
समानुपातिक उम्मेदवार सुचिमा नवलपुर : कांग्रेसबाट १, एमालेको ४० आकांक्षि अन्यौलमै, रास्वपाबाट शुन्य
“कानुनले न्याय दिलाउँछ, तर स्वास्थ्यले जीवन बचाउँछ” : महतो(भिडियो सहित)
“जेन्जि आन्दोलनले अरबौँ सम्पत्ति जलाउनु भन्दा अर्को उपलब्धि हुन सकेन” : विष्लेशक(भिडियो सहित)
गुलियो चिया पिउनेहरुलाई तितो कफि पिउन सिकाएका मदनको कथा(भिडियो सहित)
पछिल्लाे समय जेनजी पुस्तामा लोकप्रिय ‘प्रिन्सेस ट्रिटमेन्ट’ के हो ?

Primary Color

Secondary Color

Layout Mode