बेहाल आकस्मिक कक्ष, जहाँ उपचार कुर्दाकुर्दै प्राण जान्छ
२४ असोज, काठमाडौं । असोज २ गते, दिउँसो ३ बजे । कान्ति बाल अस्पतालको आकस्मिक कक्ष भरिभराउ छ । एम्बुलेन्सको आउजाउ बाक्लो छ । बालबालिका पीडाले छट्पटाइरहेका छन् ।
आकस्मिक कक्षको गेट बाहिर दुई नर्सलाई ट्रियाज स्टिम (कुन बिरामीलाई कति प्राथमिकता दिएर उपचार गर्ने भनेर निर्धारण गर्ने प्रक्रिया) अनुसार भित्र लैजाने व्यवस्था मिलाउन हम्मेहम्मे परिरहेको छ ।
गेट बाहिर भएका बिरामीलाई सुरक्षाकर्मीले टिकट नम्बर अनुसार बोलाइरहेका छन् । भित्र दुई जना चिकित्सक बिरामी बालबालिकालाई एक–एक गरी हेरिरहेका छन् । आकस्मिक कक्षमा बेड खाली छैन । एउटा बेडमा तीन जनासम्म बालबालिका सुताइएको छ …