+
+
-- Sponsored Ad --

थप १५ जनामा कोरोना संक्रमण, २४९ जना सक्रिय संक्रमित

560 पटक हेरिएको
Clock २०७९ बैशाख १५, बिहीबार १९:१०
-- Sponsored --

१५ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १५ जना र ९९३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २४५ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

विहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार 981 पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win