+
+
-- Sponsored Ad --

कांग्रेसको एकलौटी सरकार होइन, चाहे अनुसार काम गर्न सक्ने अवस्था छैन् : प्रधानमन्त्री देउवा

449 पटक हेरिएको
Clock २०७९ जेष्ठ २९, आईतवार १७:०९
-- Sponsored --

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताउनुभएको छ ।

नेपाल टे«ड युनियन कांग्रेसको आइतबारबाट काठमाडौं सुरु राष्ट्रिय सम्मेलनमा उहाँले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालको संविधान र कानूनले श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गरेको भन्दै त्यसलाई कार्यान्वयन गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

रुस–युक्रेन युद्धले श्रम बजार प्रभावित भइरहेकाले श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले विपन्न र अनौंपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढि श्रमिकहरुलाई नै लाभान्वित हुने विश्वास आफुले लिएको उहाँले बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win