0 प्रतिक्रिया
सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ, सबैभन्दा बढी बैतडीमा
१५ असार, धनगढी । आज असार १५ गते । सुदूरपश्चिम प्रदेशमा पनि धान रोपेर किसानले राष्ट्रिय धान दिवस मनाइरहेका छन् ।
प्रदेशमा रहेका कृषि ज्ञान केन्द्रहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गरेर धान दिवस मनाइरहेका छन् । तर सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म करिब ४५ प्रतिशत मात्रै रोपाइँ भएको छ । जबकि गत वर्ष यो अवधिमा ५० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।
उनका अनुसार अन्न भण्डारका रुपमा चिनिने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरको तुलनामा पहाडी जिल्लामा भने बढी क्षेत्रफलमा धान रोपिकएको छ ।
उनका अनुसार ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिंदै आएको कैलालीमा ३० प्रतिशत, ४८ हजार हेक्टर क्षेत्रफलको कञ्चनपुरमा ३६ प्रतिशत, ६१ हजार हेक्टर क्षेत्रफल भएको डडेल्धुरामा ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
कैलाली र कञ्चनपुर बाहेक पहाडी जिल्लामा छिटफुट रुपमा वर्षा भएको, किसानले बीउ चाडो राखेको, धान खेती योग्य क्षेत्रफल कम भएको लगायतका कारणले बढी प्रगती देखिएको कृषि निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरपछि अछाममा सबैभन्दा धेरै १६ हजार पाँच सय ९० हेक्टर र बझाङमा १२ हजार सात सय हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको छ ।
सबैभन्दा कम दार्चुलामा चार हजार चार सय हेक्टर र डडेल्धुरामा छ हजार एक सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
डोटीमा छ हजार चार सय र बाजुरामा छ हजार नौं सय हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।



