+
+
-- Sponsored Ad --

स्वर्गीय राजा बीरेन्द्र र रानी ऐश्वर्यले प्रयोग गरेका निजी विमानहरु सर्वसाधारणको अवलोकनका लागि खुला

237 पटक हेरिएको
Clock २०८० असार २८, बिहीबार १७:५९
-- Sponsored --

काठमाडौं । नारायणहिटी संग्रहालयमा रहेको रानी ऐश्वर्यको निजी बगैंचा र राजारानीले प्रयोग गर्ने निजी बिमानहरु विहिवार बाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ ।

नारायणहिटी संग्रहालयले एक कार्यक्रमको आयोजना गरी बगैंचा, राजारानीको निजी हेलिकोप्टर र विमानहरु सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले बगैचा र निजी हेलिकोप्टर तथा विमानको उद्घाटन गर्दै संग्रहालयमा नयाँ आयाम थपेको र निकट भविष्यमा पनि थप स्थलहरु अवलोकनका लागि राख्ने जानकारी दिनुभयो ।

नारायणहिटी संग्रहालयका प्रमुख सुरेश सुरेस श्रेष्ठले संग्रहालयमा रहेका इतिहास झल्कने स्थलहरुका बारेका सर्वसाधारणको जिज्ञासा मेट्ने प्रेरणा मिलेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली सेनाका हवाई सेवा विभाग प्रमुख पाइलट आशिष नरसिंह राणाले नारायणहिटी संग्रहायलाई हेलिकप्टर, बिमान र केही हतियारहरु हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

नेपाली सेनाले यसअघि राजारानीले प्रयोग गर्ने गरेका बिमान र हेलिकोप्टर संग्रहालय परिसरमा राखेपनि हस्तान्तरण भने गरेको थिएन ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win