+
+
-- Sponsored Ad --

भारतमा हुन लागेको मिस वर्ल्डको फिनालेमा नेपालकि प्रियंकारानीसँगै ८० देश सहभागि हुने

307 पटक हेरिएको
Clock २०८० श्रावण ४, बिहीबार १४:३३
Priyanka-Rani-Joshi mmm
-- Sponsored --

साउन ४, काठमाण्डौ : भारतमा आयोजना हुन लागेको ७१ औं विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड २०२३ को फिनालेको मिति घोषणा भएको छ । विश्व सौन्दर्य प्रतियोगितामा सबैभन्दा प्रतिष्ठित मानिने स्पर्धा अब नेपाली क्यालेन्डरअनुसार मंसिर २३ गते अर्थात डिसेम्बर ९ मा हुनेछ ।

फिनालेमा भाग लिन मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी एक महिनाअघि नै मुम्बई प्रस्थान गर्ने तय भएको छ । फिनालेको भोलिपल्ट उनी स्वदेश फर्कनेछिन् । ‘सबै मिति तय भएपछि अब हामी प्रतिस्पर्धाको लागि तयारी अवस्थामा छौं,’ मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले भने ।

प्रियंका पनि यतिबेला फिनालेलाई लक्षित गर्दै आवश्यक तयारी गरिरहेकी छन् । मिस वर्ल्डका शीर्ष पाँच ‘फास्ट ट्रयाक’ विधामा जित हात पार्ने नेपालको तयारी हुनेछ । यसका लागि प्रियंकाले ब्युटी विथ पर्पस, मल्टिमिडिया अवार्ड, मोडल वाच, वर्ल्ड डिजाइनर, स्पोर्ट्स इभेन्टको तयारी गरिरहेकी छन् ।

फिनालेको मिति घोषणा हुने बित्तिकै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मिस वर्ल्ड २०२३ को मिति आइपुगेको छ । आफूलाई शान्त राख्न सकिरहेको छैन ।’ उनको यो इन्स्टाग्राम स्टोरीले उनी फिनालेको तयारीका लागि दत्तचित्त भएर लागेको अनुमान गर्न सकिन्छ । प्रियंकालाई यसपटक ब्युटी विथ पर्पस विधा जित्ने आशा छ । केही वर्षयता मिस वर्ल्डमा नेपाल यो विधाको प्रबल दाबेदार पनि हो ।

यी ‘फास्ट ट्रयाक’ विधा जित्न सकिए सोझै अन्तिम १५ र २० मा पुग्न सकिने भएकाले प्रियंकाको नजर यसतर्फ सोझिएको हो ।

पहिलोपटक नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा हुन लागेको फिनालेमा ८० मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्नेछन् । छिमेकी देशमा हुने भएपछि तयारीका लागि नेपाललाई सजिलो पनि भएको छ । फिनाले समारोहमा सहभागी हुन हिडन ट्रेजरसहितको जम्बो टोली भारत जाने तयारीमा छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win