+
+
-- Sponsored Ad --

लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद

73 पटक हेरिएको
Clock २०८२ भाद्र २५, बुधबार ११:२८
-- Sponsored --

काठमाडौं : नेपाली सेनाले अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। बुधबार विहान १० बजेको अपडेटमा नेपाली सेनाले २७ जना पक्राउ गरेको जानकारी दिएको हो।

पक्राउ पर्नेहरू विषम परिस्थितिको अनुचित फाइदा उठाइ लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उशृंखल गतिविधिमा संलग्न रहेको सेनाले जनाएको छ।

त्यस्तै उनीहरूको साथबाट ३३ लाख ७० हजार रुपैयाँ बरामदसमेत गरिएको सेनाले जनाएको छ। काठमाडौंको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट उक्त रकम बरामद गरिएको हो।

त्यस्तै काठमाडौंको विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरू पनि बरामद गरिएको सेनाले जनाएको छ। त्यस्तै २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको सेनाले जनाएको छ। 

त्यस्तै ३ वटा वारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको सेनाले जनाएको छ। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win