+
+
-- Sponsored Ad --

नेपाली लोकभाका र संस्कारमा धनी छ: जिल्ला अधिकारी पंगेनी

365 पटक हेरिएको
Clock २०७८ आश्विन २३, शनिबार २२:३५
-- Sponsored --

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान–नेपाल नवलपुरले २० औं वार्षिक साधारणसभा एवं विजया दशमी, शुभ दिपावली, छठको पावन अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष गंगा बहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछानेले गीत संगीतको उत्थानका लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान–नेपालका केन्द्रीय संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङले पछिल्लो समय देखिएको विकृति कम गर्दै लोक भाकामा जोड दिन आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले नेपाली लोकभाका गीत संगीत र संस्कारमा धनी रहेको बताउँदै यसले नेपालीलाई आत्मियता प्रदान गर्न भूमिका खेलेको बताउनभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरिक्षक प्रकाश मल्ल, कार्यक्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जापान साकाका प्रवक्ता केशव पौडेल, मध्यविन्दु हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तेज बहादुर के.सी, गैँडाकोट नगरपालिका वडा न ५ का वडा अध्यक्ष नवराज कंडेल, लायन्सकर्मी कृष्ण पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

साधारणसभामा प्रतिष्ठानका सचिव झविन्द्र रानाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राशि रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win