कात्तिक १७, चितवन ।। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भगवान रामको जन्मभूमिको माडीको अयोध्यापुरी नै रहेको दाबी गरेका छन्।
चितवनको माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजाअर्चनापछि मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामको जन्मभूमि माडीकै अयोध्यापुरी रहेको दाबी गरेका हुन्।
गत वर्षको भानुभक्त जयन्तीका दिन माडीकै अयोध्यापुरीमा राम जन्मिएको अभिव्यक्ति दिएर विवादमा तानिएका ओलीले फेरि सोही अभिव्यक्ति दोहोर्याएर दाबी गरेका हुन्।
रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापुरी नै भएको भन्दै ओलीले भारतमा भएको अयोध्यापुरीको वास्तविक नाम फैजावाद भएको जिकीर गरे।
माडी नै राम जन्मभूमी भएको भनेर पुष्टि हुने वाल्मीकि आश्रम, देवघाट र त्रिवेणी रहेको दलील गर्दै उनले आफूले अध्ययन गरेर नै यहाँकोबारेमा बताएको जानकारी दिए।

