0 प्रतिक्रिया
पल शाहविरुद्ध नवलपुर अदालतमा बलात्कार मुद्दा दर्ता
३ चैत, काठमाडौं । अभिनेता पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ ।
१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो ।
शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।
नवलपरासी पूर्वको एक रिसोर्टमा ७ चैत २०७७ मा आफूमाथि बलात्कार भएको दावी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।
हाल शाह जिल्ला प्रहरी कार्यालय तनहुँकै हिरासतमा छन् । तनहुँमा भने प्रहरी अनुसन्धानकै क्रममा छ । अदालतमा मुद्दा परिसकेको छैन ।



