देउवाको आरोपः सरकारले न विगतका गल्तीबाट सिक्छ, न सल्लाह आत्मसात गर्छ ।

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमितहरुले उपचार नपाउने अवस्था आएको बताएका छन् ।

शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गरी देउवाले संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संस्थाले धान्नै नसक्ने स्थिति बनेको र आईसीयू बेड, भेन्टिलेटर, अक्सिजनको अभाव हुन थालेको बताएका हुन् ।

‘यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदशीलता र अकर्मण्यता जिम्मेवार छ’ उनले भनेका छन्, ‘सररकार न विगतको गल्तीहरुबाट सिक्छ, न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडकभडकमा मग्न भएको र संक्रमण रोक्न कुनै ठोस काम नगरेका कारण फेरि लकडाउन गर्ने स्थितिमा पुगेको उनको दाबी छ ।

 

सरकारले लकडाउन गर्ने निर्णय गरेपछि पनि परीक्षण नगरी उपत्यका छाड्न दिँदा लाखौं मानिस जिल्ला जिल्ला पुगेको र यसले संक्रमण व्यापक बन्नसक्ने उनले बताएका छन् । कांग्रेस सभापति देउवाले संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न तथा अस्पतालका बेडलगायतका पूर्वाधार व्यवस्था गर्न माग गरेका छन् ।

कट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितको पीसीआर परीक्षण व्यापक बनाउन तथा सीमा नाकामा अनिर्वाय पीसीआर गर्न र रिपोर्ट नआउँदासम्म होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन पनि उनले माग गरेका छन् ।

कांग्रेसले स्वास्थ्य मापदण्ड पालनाका लागि देशभर सचेतना अभियान चलाउने प्रतिवद्धतासमेत जनाएको छ । उपचारको पहुँचमा पुग्न समस्या भएका संक्रमितलाई सहयोग गर्ने तथा लकडाउनका कारण आर्थिक सामाजिक समस्या परेकाहरुलाई सहयोग अभियान चलाउने पनि देउवाले बताएका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २८, आईतवार २२:०८
    • 15 views
    अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

    काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

    विस्तृत.....

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 17 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *