+
+
-- Sponsored Ad --

महिना भन्दा बढि समय पछि आज गण्डकी प्रदेशसभा बैठक बस्दै, संसदीय समिति गठनको कार्यसूची

274 पटक हेरिएको
Clock २०८० श्रावण २५, बिहीबार १२:०४
Gandaki-pradesh-sabha
-- Sponsored --

बिहीबार बस्ने बैठकमा संसदीय समितिको गठनको कार्यसूची हुन सक्ने सभामुख कृष्णप्रसाद धितालले एनसञ्चारलाई जानकारी दिए । ‘संसदीय समिति गठन गर्न बिहीबार बिहान कार्यव्यवस्था समितिको बैठक बस्दै छ । त्यसमा समितिको बारेमा छलफल हुन्छ, माननीयहरु समय माग्नुभयो भने केही दिनपछि हुन सक्छ, कुरा मिल्यो भने आजनै समिति गठन हुन्छन्’, उनले भने ।

 

एनसञ्चार संवाददाता, साउन २४, नवलपुर : गण्डकी प्रदेशसभाको बैठक एक महिनापछि बिहीबार (आज) बस्दैछ । पोखरा नदिपुरको प्रदेश सभा भवनमा बिहीबार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेश सभाले जनाएको हो । यसअघि असार २२ गते पछिल्लो पटक प्रदेश सभा बैठक बसेको थियो । गत असार २२ गतेको बैठकमा आर्थिक वर्षको बजेट पारित भएसँगै प्रदेश सभा बैठक बस्न सकेको थिएन ।

चालु आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख बजेट ल्याएको थियो । जसमध्ये चालूतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात ३८।१ प्रतिशत र पूँजीगततर्फ २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत छ ।

३३ दिनपछि गण्डकी प्रदेश सभाको बैठक बिहीबार बस्न लागेको हो । बिहीबार बस्ने बैठकमा संसदीय समितिको गठनको कार्यसूची हुन सक्ने सभामुख कृष्णप्रसाद धितालले एनसञ्चारलाई जानकारी दिए । ‘संसदीय समिति गठन गर्न बिहीबार बिहान कार्यव्यवस्था समितिको बैठक बस्दै छ । त्यसमा समितिको बारेमा छलफल हुन्छ, माननीयहरु समय माग्नुभयो भने केही दिनपछि हुन सक्छ, कुरा मिल्यो भने आजनै समिति गठन हुन्छन्’, उनले भने ।

दलहरुबीच भागबन्डा नमिल्दा प्रदेशसभाका संसदीय समिति गठन हुन नसकेको हो । कांग्रेस र एमालेले दुई,दुई समितिको नेतृत्व दाबी गरेका छन् । माओवादी केन्द्रले पनि कम्तिमा एउटा समितिको नेतृत्व पाउनुपर्ने पक्षमा छ । सदस्यमा विमति नभए पनि दलहरुबीच धेरै समितिको सभापति लिने होडबाजी चलेको छ । ३ वटा समितिमा ७ र एउटा समितिमा ६ सदस्य रहने गरी संख्या तोकिएको छ ।

अहिले समितिहरु नहुँदा सरकारले बनाएका विधेयक सीधै सदनमा प्रस्तुत भई पारित गर्नुपर्ने अवस्था छ । समिति नबन्दा विधेयकमाथि सांसदले एकातिर राम्ररी छलफल गर्न पाएका छैनन् भने अर्कोतिर मन्त्रालयका काम, कारबाहीबारे सांसदले निगरानी गर्न पनि कठिन भएको छ ।

‘मिनी ससंद्’ले चिनिने विषयगत समिति गठनमा ढिलाइ हुँदा सरकारले ल्याउने विधयक दोहोरो बहस र छलफलबिनै सोझै प्रदेशसभा बैठकबाट पारित हुँदै आएको छ । प्रदेशसभा सदस्यहरू नै कानुन निर्माणका अभ्यासमा भाग लिन पाएका थिएनन् ।

वनसम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा दर्ता

गण्डकी प्रदेशभित्रको वनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । सरकारले उक्त विधेयक बुधबार प्रदेश सभा सचिवालयमा दर्ता गरेको हो । उक्त विधेयक ३ दिनपछि प्रदेश सभामा पेस हुनेछ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
🎡 Spin & Win