नेपालीको महान् पर्व बडादसैँ सुरु
कावासोती । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने …
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २२८ पुग्यो
१६ असोज,काठमाडौं । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुगेको छ । २५ जना अझै बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।
प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।
सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।
इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण
१६ असोज, काठमाडौं । इरानले इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरेको छ ।
धेरै मिसाइललाई इजरायलले आकाशमै निष्कृय पारे पनि केही मिसाइल भने इजरायली भूमिमा खसेका छन् । तर आक्रमणबाट इजरायलमा कति क्षति भयो भन्ने खुलेको छैन ।
इजरायली सेनाका अधिकारीहरुका अनुसार इरानको आक्रमण अहिले भने रोकिएको छ ।
इजरायलको विदेश मन्त्रालयले ट्वीट गरेर मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल आक्रमण गरेको जनाएको छ । इजरायलका अनुसार यो आक्रमण वेष्टब्यांक क्षेत्रमा भएको एक आक्रमणबाट सडकमा हिँडिरहेका एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको छ । इजरायलले यसको भिडियो नै सार्वजनिक गरेको छ ।
इजरायलमा यसै …
विपद् प्राधिकरण भन्छ : शुक्रबारसम्मै भारी वर्षाको सम्भावना छ, यात्रामा सावधानी अपनाउनुस्
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बुधबारदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले शुक्रबारसम्म नै भारी वर्षाको सम्भावना कायम रहेको भन्दै सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले सूचनामा भनेको छ ।
प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर …
दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन, मर्मतका लागी राती सडक बन्द गरिने
१५ असाेज, ०८१, कावासोती । सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक दुईतर्फी सञ्चालनमा आएको छ । बर्दघाट–४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
रातभर डाइभर्सन बनाइएर यातायात सञ्चालन गरिएको हो । बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक केही केहीबेर अगाडिदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक खुलेपछि हिजोदेखि अलपत्र परेका सवारी गन्तव्यतर्फ लागेका छ्न् ।
यसै बिच सडक दुईतर्फी सञ्चालनमा आएको भए पनि थप मर्मतका लागी भन्दै मंगलवार राति १० बजे देखि बिहान ५ बजे सम्म राजमार्ग बन्द हुने जिल्ला …
कावासोतीको कुमारी निजी गुठी सार्वजनिक शैक्षिक गुठीमा परिणत ।
असाेज १५, ०८१, कावासोती– ४, हसौरामा रहेको निजी कुमारी गुठी सार्वजानिक गुठीमा परिणत भएको छ । निजी शैक्षिक गुठीबाट सञ्चालित विद्यालय र निजी शैक्षिक गुठीलाई कावासोती नगरपालिकाले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को खण्ड (२) अनुसार मगंलवार अर्थात आजकै दिनवाट सार्वजनिक गुठीको हैसियतबाट कुमारी सार्वजनिक शैक्षिक गुठी र कुमारी प्राथमिक विद्यालय संचालन गर्नका लागि अनुमति प्रदान गरेको छ ।
कुमारी गुठी संचालनका लागि कुमारी सार्वजनिक शैक्षिक गुठीको विधान २०८० नगरपालिकाबाट स्विकृत भएको छ । जस अनुसार अब नौ सदस्यिय समिति गठन हुनेछ । कुमारी गुठीले अनाथ, असाहय, सिमान्तकृत …
३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा कावासोतीमा एक शताब्दी पुगेका ज्येष्ठ नागरिकलाई सम्मान
नवलपुर । ३४ ओैँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस कावासोतीमा एक शताब्दी पूरा गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
नगरपालिकामा कार्यक्रमको आयोजना गरि नगर भित्र एक शताब्दी पूरा गरेका नागरिकलाई सम्मान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा महिला विकास अधिकृत शुभद्रा शर्माले बताउनुभयो ।
नगरपालिका भित्रका विभिन्न वडाका एक सय वर्ष पुुरा गरेका दस जना ज्येष्ठ नागरिकलाई सम्मान पत्र, दोसल्ला र थर्मस सहित सम्मान गरिएको थियो। कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालको अध्यक्षता तथा एक सय ५ वर्षीय विष्णुकुमारी गौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
उक्त क्रममा बोल्दै नगर प्रमुख विष्णुप्रसाद …
नवलपुरमा डेंगु संक्रमण बढदो, सबै भन्दा धेरै गैँडाकोटमा
कावासोती । नवलपुरमा डेंगुको संक्रमण दिनदिनै बढ्दो छ । हालसम्म जिल्लामा डेंगुबाट एकसय ५८ जना संक्रमित भएका र एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयले दिएको तथ्यांकअनुसार ७४ जना महिला र ८४ जना पुरुषमा डेंगु संक्रमण देखिएको हो । संक्रमितमध्ये सबैभन्दा धेरै गैंडाकोट नगरपालिकामा ४३ जना रहेका छन् ।
त्यस्तै, देवचुली नगरपालिकामा ३२, जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा २९ जना, मध्यविन्दु नगरपालिकामा २०, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा १६–१६ जना र बुलिङटार गाउँपालिकामा २ जनामा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो …
मङ्गलबार देखि कावासोतीमा प्रथम विष्णुनगर दशैँ मेला सुरु ।
असाेज १५, कावासाेती : नवलपुरको कावासोतीमा आज देखि दशैँ मेला सुरु भएको छ । कावासोती नगरपालिका ६, विष्णुनगर खेलमैदानमा दशै मेला शुरु भएको हो। मेला असोज २५ गते सम्म चल्नेछ । मेलामा विभिन्न व्यापारीक स्टल , बाल उधान लगायत विविध मनोरञ्जनात्मक गतिविधी रहने अध्यक्ष सोवित कुमार रानाले बताउनुभयो ।
मेलामा प्रत्येक दिन राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति समेत रहने मेला संयोजक झविन्द्र प्रसाद काफ्लेले बताउनुभयो । मेलामा पचास हजार दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले बताएको छ। प्रथम विष्णुनगर दशैँ मेलाबाट ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको प्रर्वद्धन, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग …
१३२ केभी प्रसारण लाइनको टावर ढल्दा होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द
१५, असाेज, २०८१, कावासोती । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको छ। होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो।
उद्योगले ३१ मेगावाटको विद्युत भार (लोड) स्वीकृत लिएको छ। त्यसमध्ये अहिले दैनिक रुपमा १० मेगावाट …
बस दुर्घटनामा मृत्यु भएका ७ मध्ये ६ जनाको सनाखत (अपडेट)
भदौ २३, दाङ : बर्दियाबाट भ्रमणमा हिंडेको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्किएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चालक, सहचालकसहित ७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । छ जनाको सनाखत भएपनि एकजनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ९ बेतहनीको सामुदायिक वन समुहको टोली लिएर दाङ गएको बस फर्कने क्रममा ट्रकसँग ठोक्किएको हो । दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस …
हङकङमा शुक्रबार भएको वर्षा १ सय ४० वर्षयताकै ठूलो
भदौ २३, एजेन्सी : हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षा भएको छ। सन् १९५२ मा शुरु भएको रेकर्डपछि चीनको प्रविधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन्। वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसन पानीमा डुबेका छन्। विद्यालय बन्द भएका छन्।
जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको विज्ञले बताएका छन्। अधिक वर्षा र तीव्र हावाहुरीका कारण आकस्मिक बाढी र तटीय क्षेत्रमा क्षति भएको छ। अधिकारीका अनुसार हङकङमा बिहीबारदेखि भारी वर्षा भएको थियो र मध्यरातसम्म, शहरको मौसम विज्ञान कार्यालयले यसको मुख्यालयमा प्रति घण्टा १५८।१ मिलिमिटर वर्षा …
शनिबार (आज)को मौसम पूर्वानुमान
भदौ २३, काठमाण्डौ : कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरीको पनि सम्भावना छ।
राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश, …
भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता
भदौ २३, एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी–२० शिखर सम्मेलनका क्रममा गएराति उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री मोदीले आफूहरूबीच आर्थिक तथा जनसम्बन्धबारे कुराकानी भएको बताएका छन्। उनले बाइडेनसँगको वार्ता अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।
यस्तै भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्यता दिन अमेरिकाले समर्थन जनाएको छ। भेटपछि जारी संयुक्त सन्देशमा अमेरिका–भारत रणनीतिक साझेदारी कायम राख्ने सहमति भएको जनाइएको छ।
गएराति ट्रकमा बस ठोक्किँदा सातजनाको मृत्यु, ३० घाइते
भदौ २३, दाङ : बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सातजनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन् । दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार बेलुकी करिब ९ बजे ठोक्किएको हो ।
बिग्रिएर सडक छेउमा राखिएको सो ट्रकसँग बस ठोक्किँदा बसका चालक जुकबहादुर चन्दसहित सात जनाको जनाको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। यस्तै बसमा सवार ठाकुरबाबा–९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारुको पनि मृत्यु भएको छ। …
युनाइटेड गोल्ड कपको उद्घाटन खेलमा चोरमारालाई हराउँदै आयोजक विजयी
भदौ २२, कावासोती : युनाईटेड युवा क्लब हुप्सेकोटद्वारा आयोजित ३७ औं युनाइटेड गोल्डकपको उदघाटन खेलमा आयोजक क्लब विजयी भएको छ । चोरमारा युवा क्लब चोरमारालाई आयोजक युनाईटेड युवा कलबले ३ का विरुद्ध ४ गोलले पराजित गरेको हो ।
सरस्वती मा.बी. गिरुवारिको खेल मैदानमा संचालन भएको प्रतियोगिताको उदघाटन हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पुर्ण सिंह रानाले गरेका थिए । रानाले खेलाडीहरुमा खेल कौशल सङ्गै अनुशासनको आवश्यकता रहेको बताए ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीको आयोजनामा शुुरु भएको युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७ औं संस्करणमा २० …
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस
भदौ २२, काठमाडौँ : आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ । यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान विद्यार्थी भर्नादर र साक्षरताका प्रगति विवरण प्रकाशन गरेको छ ।
नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत छ । पन्ध्रदेखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ । नेपाल सरकारले एक दशकअघि …
अमेरिकी डलरले बनायो नयाँ रेकर्ड
भदौ २२, काठमाडौं : अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य शुक्रबार हालसम्मकै उच्च भएको हो । शुक्रबार एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ३४ पैसा पुगेको छ ।
२१ भदौ बिहीबार डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो । यस्तै २० भदौ बुधबार खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा थियो । लामो समयदेखि १३२ रुपैयाँकै वरीपरि रहेको अमेरिकी डलरको …
आज न्वागी पर्व मनाउँदै चेपाङ समुदाय, तीन जिल्लामा सार्वजनिक बिदा
भदौ २२, चितवन : आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बाग्मती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी)का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।
हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । प्रदेशका चितवन, मकवानपुर र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
यस वर्ष पनि चेपाङ …
स्थानिय तहमा कार्यरत कर्मचारीको बहिष्कार पछि निजामती सेवा दिवस विवादित
भदौ २२, काठमाण्डौ : २०औँ निजामती सेवा दिवस २०८० विवादित भएको छ । निजामती सेवा विधेयकको विषयलाई लिएर स्थानीय तहमा कार्यरत कर्मचारीले दिवस बहिष्कार गरेपछि विवादित भएको हो । निजामती विधेयकले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको बताएका छन् । उनीहरूले उक्त विभेदविरुद्ध दिवस बहिष्कार गरेका हुन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई जानकारी गराएर नै स्थानीय तहका कर्मचारीले दिवस बहिष्कार गरेका हुन् ।
संघीय सरकारले काठमाडौंको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारमा भव्य रूपमा निजामती सेवा दिवस मनाइरहँदा स्थानीय तहका कर्मचारी विरोधमा उभिएका हुन् । यसले निजामती सेवा उच्चपदस्थ कर्मचारीमाथि प्रश्न उठेको …