+
+
-- Sponsored Ad --

हुम्लामा हवाई उडान बन्द, खाद्यान्न अभाव

281 पटक हेरिएको
Clock २०७९ असार १४, मंगलवार ११:२८
-- Sponsored --

१४ असार, हुम्ला । हुम्लामा नियमित हवाई उठान हुन नसक्दा समस्या भएको छ । जिल्लामा लगातार वर्षाका कारणले गर्दा नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका हुन् ।

मुख्य यातायात मार्ग नै नियमित नभएपछि जिल्ला सदरमुकाम सिमकोटका पसलहरुमा महङ्गी भई उपभोग्य सामानहरुको मूल्य वृद्धि भएको छ ।

विकास निर्माणहरु पाइप, सिमेन्ट, सरिया जस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा निर्माण कार्य पनि ठप्प भएको छ । स्थानीय बासिन्दा महङ्गीमा परेको कृषक परेकबहादुर रोकायाले बताए ।

उनले हुम्ला जिल्लामा खाद्यान्नको समस्या रहेको समेत जानकारी दिए ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win