+
+
-- Sponsored Ad --

“जनैपूर्णिमा भोलि” :- पञ्चाङ्ग निर्णायक समिति

267 पटक हेरिएको
Clock २०८० भाद्र १३, बुधबार ०७:५०
janai
-- Sponsored --

भदौ १३, काठमाण्डौ :नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो जनैपूर्णिमा वा रक्षाबन्धन पर्व बिहीबार नै भएको प्रष्ट पारेको छ। बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो।

बिहीबार पूर्णिमा तिथि थोरै मात्र रहेको भन्दै कतिपयले अघिल्लै दिन बुधबार मनाउनुपर्ने बताएपछि समितिले जनमानसमा भ्रम परेको भन्दै विज्ञप्ति निकालेर यसबारे प्रष्ट पारेको हो। धर्मशास्त्रको परम्पराअनुसार उदयव्यापिनी (सूर्य उदय भएको) तिथिलाई आधार मान्नुपर्ने भन्दै समितिले बिहीबार नै मनाउनुपर्ने जनाएको छ।

बुधबार ११.२८ घडी अर्थात् १०ः१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चाङ्गमा उल्लेख छ। बिहीबार ५.१८ घडी मात्रै पूर्णिमा रहेको बताइएको छ। यसैकारण काठमाडौं उपत्यकामै कतिपय समुदायले बुधबार नै रक्षाबन्धन गर्ने तयारी गरेका छन्।

यो वर्षको जस्तो अवस्था १९९४, २०२४, २०३१, २०५५, २०६१, २०७१ र २०७९ मा पनि परेको समितिले जनाएको छ। ​उदय पूर्णिमा १ घडीमात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ।

‘भदौ १४ गते बिहीबार पर्ने ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन हाम्रो धर्म संस्कृति र परम्परा अनुकुल रहेको छ। अघिल्लो दिन पूर्णिमासँगै भद्रा रहेकाले १३ गते रात्रिमा ९ बजेर ३ मिनेटमा मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न मिल्दैन’, समितिले भनेको छ, ‘रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भोलिपल्ट नै गर्नुपर्ने देखिन्छ। हालसम्म रक्षाबन्धन र जनैपूर्णिमालाई अलग–अलग गर्ने परम्परा छैन।’ यद्यपि आफ्नो शाखासूत्र परम्पराअनुसार पर्व मनाउन सबैलाई छुट रहेको पनि समितिले बताएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
🎡 Spin & Win