+
+
-- Sponsored Ad --

कांग्रेस पदाधिकारी बैठक सकियो, क्रियाशील सदस्यता छानविनको काम अन्तिम चरणमा

676 पटक हेरिएको
Clock २०७८ श्रावण १, शुक्रबार २२:२५
-- Sponsored --

साउन १ । कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले ७५ जिल्लाको सदस्यता छानविन गरिसकेको जनाएको छ ।

समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता छानविनको काम अन्तिम चरणमा पुगेको भन्दै अब बारा र सप्तरीको कागजात हेर्न बाँकी रहेको बताउनुभयो ।

शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरवहादुर देउवाको सरकारी निवास बालुबाटारमा बसेको पूर्व पदाधिकारी सहित पदाधिकारीहरुको बैठक पश्चात् सञ्चारकर्मीहरुसँग कुरागर्दै संयोजक लेखकले प्रतिवेदन बुझाउनका लागि प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवासँग समय मागेको बताउनुभयो । बैठकले केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकाको मस्यौदामाथि छलफल गरी अन्तिम रुप दिन सहमहामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई जिम्मेवारी दिएको छ ।

बैठकमा वडादेखि केन्द्रसम्मको निर्वाचन गराउने जिम्मेवारी लिएको निर्वाचन समितिका अन्य तयारीका विषयमा समेत छलफल भएको जनाइएको छ । समिति संयोजक लेखकका अनुसार अहिलेसम्म आठ लाख ५२ हजार क्रियाशील सदस्य सूचीकृत भएको तथा क्रियाशील सदस्यको संख्या जनसम्पर्क समितिसहित ९ लाख हाराहारी पुर्‍याउने तयारी छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win