कांग्रेस पदाधिकारी बैठक सकियो, क्रियाशील सदस्यता छानविनको काम अन्तिम चरणमा

साउन १ । कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले ७५ जिल्लाको सदस्यता छानविन गरिसकेको जनाएको छ ।

समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता छानविनको काम अन्तिम चरणमा पुगेको भन्दै अब बारा र सप्तरीको कागजात हेर्न बाँकी रहेको बताउनुभयो ।

शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरवहादुर देउवाको सरकारी निवास बालुबाटारमा बसेको पूर्व पदाधिकारी सहित पदाधिकारीहरुको बैठक पश्चात् सञ्चारकर्मीहरुसँग कुरागर्दै संयोजक लेखकले प्रतिवेदन बुझाउनका लागि प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवासँग समय मागेको बताउनुभयो । बैठकले केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकाको मस्यौदामाथि छलफल गरी अन्तिम रुप दिन सहमहामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई जिम्मेवारी दिएको छ ।

बैठकमा वडादेखि केन्द्रसम्मको निर्वाचन गराउने जिम्मेवारी लिएको निर्वाचन समितिका अन्य तयारीका विषयमा समेत छलफल भएको जनाइएको छ । समिति संयोजक लेखकका अनुसार अहिलेसम्म आठ लाख ५२ हजार क्रियाशील सदस्य सूचीकृत भएको तथा क्रियाशील सदस्यको संख्या जनसम्पर्क समितिसहित ९ लाख हाराहारी पुर्‍याउने तयारी छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:५२
    • 9 views
    अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

    ७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 9 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *