0 प्रतिक्रिया
टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए
१४ असार, काठमाडौं । अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।
स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ ।
सामाजिक सन्जालमा शेयर गरिएको घटनास्थलको तस्वीरमा प्रहरीसहित लरी वरपर आपतकालीन सेवाका सदस्यहरु देखिन्छन् । सो लरीका चालक फेला परेका छैन् । न्यूयोर्क टाइम्सका अनुसार प्रहरीले चालकको खोजी गरिरहेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



