अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान, एकैदिन झण्डै साढे पाँच सय जना पक्राउ
कावासाेती । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान शुरू गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगेको ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीवार मात्रै पाँच सय ३८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताएकाे समाचारसंस्था एएफपीले जनाएको छ ।
इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको उन्ले सामाजिक सञ्जाल एक्समा लेखेका छन । ट्रम्पले चुनावी अभियानका क्रममै अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने बताएका थिए ।
आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी …