अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान, एकैदिन झण्डै साढे पाँच सय जना पक्राउ

कावासाेती । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान शुरू गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगेको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीवार मात्रै पाँच सय ३८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताएकाे समाचारसंस्था एएफपीले जनाएको छ ।

इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको उन्ले सामाजिक सञ्जाल एक्समा लेखेका छन । ट्रम्पले चुनावी अभियानका क्रममै अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने बताएका थिए ।

आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा ‘राष्ट्रिय आपतकालीन अवस्था’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका थिए । उन्ले आप्रवासीलाई ‘आपराधिक एलियन’ को संज्ञा दिँदै उनीहरूलाई देश निकाला गर्ने घोषणा गरेका छन ।

अमेरिकामा झण्डै एक करोड १० लाख गैरकानुनी आप्रवासी रहेका अनुमान गरिएको छ । 

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ १६, बुधबार १४:४९
  • 152 views
अमेरिकी सरकारको आप्रवासन नितिको प्रभाब: १,३६५ जना नेपाली नेपाल फर्कदै ।।

काठमाडौँ – डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेको छ। यसैक्रममा, अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको…

विस्तृत.....

  • २०८१ माघ १५, मंगलवार १२:१८
  • 40 views
अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने

१४ माघ, काठमाडौं । तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *