शीतलहरबाट पूर्वी तराईको जनजीवन प्रभावित
१५ माघ। पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ । महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ।
पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ ।
चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी …
अत्याधिक चिसो बढेसँगै नवलपुरका २६ सार्वजनिक स्थानहरुमा आगो ताप्ने व्यबस्था
गैंडाकोट– नवलपुरका २६ सार्वजनिक स्थानहरुमा आगो ताप्ने व्यबस्था गरिएको छ।
हिजो साँझ देखि परेको शितलहर र हुस्सुका कारण चिसो बढेसँगै नवलपुर जिल्लाका ६ स्थानीय तहका २६ स्थानहरूमा आगो ताप्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो।
कोहि पनि प्रभावित नहुने उदेश्यले सडक तथा बिभिन्न स्थानहरुमा हिडडुल गरी बस्ने व्यक्तिहरुलाई न्यानोको लागि प्रहरीको सक्रियतामा स्थानिय जनप्रतिनिधीहरु तथा सामुदायीक बनसँग समन्वय गरि आगो ताप्ने व्यबस्था मिलाईएको शाहले बताउनुभयो।
आगो ताप्ने व्यवस्था मिलाईएका स्थानहरू:
सि.न. प्रहरी ईकाई आगो ताप्ने व्यवस्था मिलाएको स्थानहरु सख्या
१ जि.प्र.का. न.प. पूर्व कावासोती न.पा.८ मिलनचोक,सितलचोक,थकालीचोक,ऐ.७ …