गैंडाकोट– नवलपुरका २६ सार्वजनिक स्थानहरुमा आगो ताप्ने व्यबस्था गरिएको छ।
हिजो साँझ देखि परेको शितलहर र हुस्सुका कारण चिसो बढेसँगै नवलपुर जिल्लाका ६ स्थानीय तहका २६ स्थानहरूमा आगो ताप्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो।
कोहि पनि प्रभावित नहुने उदेश्यले सडक तथा बिभिन्न स्थानहरुमा हिडडुल गरी बस्ने व्यक्तिहरुलाई न्यानोको लागि प्रहरीको सक्रियतामा स्थानिय जनप्रतिनिधीहरु तथा सामुदायीक बनसँग समन्वय गरि आगो ताप्ने व्यबस्था मिलाईएको शाहले बताउनुभयो।
आगो ताप्ने व्यवस्था मिलाईएका स्थानहरू:
सि.न. प्रहरी ईकाई आगो ताप्ने व्यवस्था मिलाएको स्थानहरु सख्या
१ जि.प्र.का. न.प. पूर्व कावासोती न.पा.८ मिलनचोक,सितलचोक,थकालीचोक,ऐ.७ टरुवा,ऐ.३ सिर्जनशिलटोल,अदालचचोक, हेल्थपोष्टचोक ऐ.२ पञ्चकन्याचोक । ८
२ इ.प्र.का.गैडाकोट न.प. पूर्व गैडाकोट न.पा.२ बोटेटोल,सिलन्यासचोक,ऐ.६ टोलटोले,ऐ.७ गैरी ४
३ इ.प्र.का.रजहर न.प. पूर्व देवचुली न.पा.१७ फारमचोक १
४ इ.प्र.का.रुद्रपुर न.प. पूर्व हुप्सेकोट गा.पा.५ धौबादी १
प्र.चौ.अरुणखोला न.प. पूर्व मध्यबिन्दु न.पा.१०, अरूणखोला बजार, भु.पु.चोक,दमारचोक ३
६ अ.प्र.पोष्ट दलदले न.प. पूर्व देवचुली न.पा.१३ दलदले बजार, ऐ.११ धारापानी,कैलाशचोक ३
७ अ.प्र.पोष्ट डण्डा न.प. पूर्व कावासोती न.पा.१६ गैडाचोक, हरवासेचोक २
३ अ.प्र.चौ.सर्दी न.प. पूर्व बिनयी त्रिवेणी गा.पा.४ बगैचा, कोलटाँडी
लगायत अन्य स्थानहरुमा समेत आगो बाल्ने तयारी गरियको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।