+
+
-- Sponsored Ad --

भरतपुर महानगरपालिकामा रेणुको अग्रता कायमै

436 पटक हेरिएको
Clock २०७९ जेष्ठ १, आईतवार १३:३८
-- Sponsored --

काठमाडौं । चितवनकाे भरतपुर महानगरपालिकामा ३ हजार ९ सय ७७ मतगणना हुँदा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राख्नुभएको छ ।

दाहालले १३ सय ७२ मत प्राप्त गर्दा सुवेदीले १३ सय ५ मत प्राप्त गर्नुभएको हो। भुइँकटहर चुनाव चिह्न लिएर उठ्नुभएका कांग्रेसका बागी जगन्नाथ पौडेलले ४ सय ७० मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले भने फराकिलो अग्रता लिनुभएको छ। उहाँले १५ सय ४२ मतका साथ अगाडि बढिरहँदा एमालेको सहयोगमा उठ्नुभएकी राप्रपाकी हिमला गुरुङले १ हजार ३५ मत प्राप्त गर्नुभएको हो । हाल वडा नम्बर २ को ७ सय मत गनेर सकिएको छ ।

भरतपुर महानगरपालिकाकाे वडा नम्बर १ मा भने तीव्र प्रतिस्पर्धाकाबीच नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win