पोखरामा एक बोलेरो जिपमा आगलागी भएको छ । पोखरा -२ अर्चलबोटमा ग २च ९३७५ नम्बरको जिपमा आइतबार बिहान ९:४५ बजे आगलागी भएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुबास हमालले जानकारी दिनुभयो । उत्तम पेट्रोल पम्पमा तेल हालेर निस्कने क्रममा दुध बोक्ने जिपमा अचानक आगलागी भएको डिएसपी हमालले बताउनुभयो । दमकलको सहयोगमा १० जनाको प्रहरी टोलीले ३० मिनेटमा आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । आगलागीबाट जिपको अगाडिको भागमा क्षति पुगेको र मानवीय क्षति भने हुन् नपाएको प्रहरीले जनाएको छ ।
नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु
चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…
विस्तृत.....