+
+
-- Sponsored Ad --

चितवन र नवलपरासी (पुर्व) जोड्ने नारायणी नदीमा सिग्नेचर पुल निर्माण हुने

402 पटक हेरिएको
Clock २०७९ असार ५, आईतवार १३:२७
-- Sponsored --

नवलपुर :  चितवन र नवलपरासी पुर्व जोड्ने नारायणी नदीमा सिग्नेचर पुल निर्माण हुने भएको छ ।
करिव चार सय मिटर लम्वाइको पुल चौडाइ चार लेनको हुने सडक विभागले जानकारी दिएको छ ।
विभागका महानिर्देशक अर्जुनजगं थापाका अनुसार नारायणी नदिमा रहेको पुल ४१ वर्ष परानो र हाल जिर्ण बन्दै गैसकेकोले तत्काल नया पुलको आवस्यक्ता महसुस गरि पुल निर्माण गर्न लागिएको हो । सो कामका लागी ठेक्काको बोलपत्र आव्हान गर्ने तयारी भइरहेको जानकारी दिए ।
विभागका अनुसार नारायणी नदिमा अहिलेको पुलको समानान्तर हुने गरी सिग्नेचर पुल निर्माण गर्न लागिएको हो ।
सो काम डिजाइन एण्ड विल्ड निर्माण प्रणालीको आधारमा बोलपत्र आव्हान गरिने भएको छ । २०३८ सालमा नारायणी नदीमा निर्माण भएको अहिलेको पुलको आयु ७० वर्ष तोकिएको थियो । अब बन्ने पुलको आयु कम्तिमा एक सय वर्ष हुने महानिर्देशक थापाले जानकारी दिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win