+
+
-- Sponsored Ad --

थप २७ जनामा कोरोना संक्रमण

301 पटक हेरिएको
Clock २०७९ असार ११, शनिबार १८:५४
-- Sponsored --

११ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमधेय १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका छन् ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८८ पुगेको छ । जसमध्ये १८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा छन् ।

अस्पतालमा भएमाभध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win