+
+
-- Sponsored Ad --

अष्ट्रेलियामा बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित

282 पटक हेरिएको
Clock २०७९ असार २०, सोमबार ११:०८
-- Sponsored --

काठमाडौं । अष्ट्रेलियामा बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित भएका छन् ।

अष्ट्रेलियामा मुसलधारे वर्षासँगै आएको बाढीका कारण सिडनीका दशौं हजार स्थानीयलाई सुरक्षित स्थानमा जान सरकारले अपील गरेको छ । भारी वर्षाका कारण सडक अवरुद्ध हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको छ । न्यू साउथ वेल्सका आपतकालीन सेवा मन्त्री स्टेफानी कुकले मानिसको ज्यान जोखिममा पर्ने अवस्था आएको भन्दै सचेत रहन आग्रह गरेकाे छन् ।

सोही क्षेत्रमा गत मार्चमा अचानक आएको बाढीका कारण २० जना मानिसको ज्यान गएको थियो । अष्ट्रेलियाको जलवायु विभागका अनुसार केही स्थानमा ३ सय ५० मिलिमिटर वर्षा भएकाले नेपियन नदीमा बाढीको खतरा बढ्नुका साथै सिडनीको प्रमुख बाँध चुहिन थालेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win