+
+
-- Sponsored Ad --

१० विलासी वस्तुमाथिको आयात प्रतिबन्ध लम्बिन सक्छ : वाणिज्य मन्त्रालय

388 पटक हेरिएको
Clock २०७९ असार २०, सोमबार १३:०१
-- Sponsored --

२० असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्ध थप लम्बिन सक्ने संकेत गरेको छ ।

आइतबार मन्त्रालय आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले वैशाख १३ मा राजपत्रमा सूचना निकालेर असार मसान्तसम्मका लागि रोक लगाइएको प्रतिबन्ध आवश्यक परे बढ्ने बताएका हुन् ।

‘गत वैशाखमा आयातमा रोक लागाइएका १० वस्तुहरुको प्रतिबन्ध लम्बिन सक्छ’ सचिव पाण्डेयले भने ‘अर्थतन्त्रको संकटबाट पहिले देश बचाउनु पर्छ त्यो मुख्य कुरा हो ।’

आयात प्रतिवन्धलाई लिएर कुनै अन्तर्राष्ट्रिय दबाव नभएको पनि सचिव पाण्डेयले दाबी गरे । आयात रोकका कारण अर्थतन्त्रमा परेको योगदानबारे अध्ययन भइरहेको पनि उनले बताए । सरकारले गत वैशाख १३ गते १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल गाडी, २५० सिसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायतका खाद्यान्न, हीरा, ६ सय डलरभन्दा महँगा मोबाइल सेटलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै, सबै प्रकारका खेलौनाहरू, खेल्ने तास, ३२ इन्चभन्दा ठूला रंगीन टीभि पनि आयात प्रतिबन्धको सूचीमा छन् ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win