+
+
-- Sponsored Ad --

सिन्धुलीमा मकैको उत्पादन राम्राे हुँदा कृषक खुशी

461 पटक हेरिएको
Clock २०७९ असार २०, सोमबार १३:१९
-- Sponsored --

सिन्धुली । विगतका वर्षहरूको तुलनामा यसवर्ष सिन्धुली जिल्लामा मकैको उत्पादन राम्रो भएकाले आगामी वर्ष सिन्धुली जिल्लाका बासीन्दाहरूले खाद्यानको संकट बेहोर्नु नपर्ने भएको छ ।

सिन्धुली जिल्लाको महाभारत गढतिर र कमलाखोच, मरिण र चदाहा क्षेत्रका किसानहरूले लगाएको मकै बाली उत्पादन राम्रो भएपछि कृषकहरु खुशी भएका छन् । यस वर्ष सिन्धुली जिल्लाको कुल क्षेत्रफल २ हजार ४ सय ७७ वर्ग किलोमिटर मध्ये खेतीयोग्य जमिन कुल ४९ हजार ७ सय ८९ हेक्टर क्षेत्र रहेको छ । जसमध्ये २३ हजार ५ सय ४० हेक्टर क्षेत्रफलमा यसवर्ष मकैखेती गरिएको छ ।

सिन्धुली जिल्लामा मकै खेती कुल ४० प्रतिशत खेती योग्य भू–भागमा गरिएको जिल्ला कृषि विकास कार्यालयको एक तथ्यांकले देखाएको छ । सिन्धुली जिल्लाको खेतीयोग्य भू–भागमा मकै खेतीप्रति हेक्टरमा ३ हजार ३ सय ३० केजीका दरले उत्पादन हुने गर्दछ ।

जिल्लामा प्रायः वंगारे, सेती, सठिया र मुरली जातका मकैको खेती गरिन्छ । यी बाहेक रामपुर, कंपोजिट मनकामना–१ रामपुर पहेलो,अरुण–२ र खुमल पहेलो जातका मकै पनि खेती गरिन्छ । जिल्लामा उत्पादन भएको कुल मकै खेतीको ४९ हजार ९० मेट्रिकटन मध्ये ३५ हजार १ सय ६८ मेट्रिकटन मकै प्रशोधित तथा खानका लागि योग्य मानिन्छ ।

कृषकहरूले समयमै मल र बीउ प्राप्त गर्न नसकेका कारण मकैको उत्पादनमा केही कमी आएतापनि मकै सिन्धुली जिल्लामा यसवर्ष राम्रो उत्पादन भएकोे बताईएको छ । सिन्धुली जिल्लामा मकै खेतीको वर्षेबाली माघ– फागुनमा लगाई जेठ महिनादेखि भाद्र महिनासम्म थन्काउने गरिन्छ । हिउँदेबाली अशोज र कार्तिक महिनामा लगाई फागुन र चैत्र महिनामा थन्कायाउने गरिन्छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win