+
+
-- Sponsored Ad --

धनगढी उपमहानगरको नगरसभामा कुर्सी फालाफाल

301 पटक हेरिएको
Clock २०७९ असार २०, सोमबार १८:३९
-- Sponsored --

कैलाली । धनगढी उपमहानगरको नगरसभामा कुसी फालाफाल भएको छ ।

आठौं नगरसभाको तेस्रो बैठकमा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहविना नै बजेट पुस्तिका प्रकाशित गरेको भन्दै विरोध जनाएपछि नेकपा (एमाले) र नेकपा (मााओवादी केन्द्र)का जनप्रतिनिधिले कुर्सी फालाफाल गरेका हुन् ।

 

बैठकस्थलमा कुर्सी फालाफालसँगै होहल्ला भएपछि बैठक अवरुद्ध भएको थियो । यसबारेमा मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जवाफ दिए पनि आफूलाई चित्त नबुझेको उपमेयर रानाले बताउनुभयो ।

नेपाली कांग्रेसका जनप्रतिनिधिले भने मेयर गोपाल हमालले ल्याएको बजेट पुस्तिको समर्थन गरेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win