+
+
-- Sponsored Ad --

भारतले गर्‍यो पिठो र आँटा निर्यातमा कडाइ

254 पटक हेरिएको
Clock २०७९ असार २३, बिहीबार १७:४९
-- Sponsored --

२३ असार, काठमाडौं । भारतले गहुँ पछि अब गहुँको पिठो र यसका सहउत्पादनहरु निर्यातमा कडाइ थालेको छ । २८ असारदेखि लागू हुनेगरी भारतको विदेश व्यापार महानिर्देशनालयले गहुँका सहउत्पादन निर्यातमा लाइसेन्स अनिवार्य गरेको हो ।

नयाँ नियम पछि अब भारतबाट गहूँका पिठो तथा आँटा निर्यात गर्न व्यापारीले अन्तर मन्त्रालयको समितिबाट अनुमति लिनु पर्नेछ । गत ३० वैशाखमा गहुँको निर्यात रोकेसँगै भारतबाट पिठो र आँटाको निर्यात बढेको निष्कर्ष पछि यस्तो निर्णय लिइएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

पिठो लगायतका वस्तु निर्यातको निर्णय बुधबार गरेको पनि समाचारहरुमा जनाइएको छ । विवरणहरु अनुसार अघिल्लो वर्ष अप्रिलमा २६ हजार टन पिठो निर्यात भएकामा गहुँ निर्यातमा रोक लगाएपछि यस्ता वस्तुको निर्यात एक महनामै ९६ हजार टन पुगेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win